china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालकी चर्चित अधिवक्ता प्रधान पुरस्कृत
    (GMT+08:00) 2008-07-15 08:57:49    
            नेपालकी चर्चित अधिवक्ता तथा संविधानसभा सदस्य सपना प्रधान मल्लले महिला समानताको लागि यसवर्षको 'ग्रुबर अन्तर्राष्ट्रिय महिला अधिकार अवार्ड 2008' पुरस्कार प्राप्त गर्नुभएको छ । सो कुरा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त 'ग्रुबर अन्तर्राष्ट्रिय महिला अधिकार अवार्ड ' यस वर्ष तीनजना अन्तर्राष्ट्रिय महिलालाई प्रदान गरिएको र त्यसमध्ये मल्ल एकजना रहनुभएको 'पिटर एन्ड प्याट्रिसिया ग्रुबर फाउन्डेसन' ले जनाएको हो।

              प्रजनन् स्वास्थ्यको अधिकार तथा पैत्रिक सम्पत्तिको अधिकारमा कानुन सुधार गरी महिला अधिकारको संरक्षण गर्नमा विशेष नेतृत्व लिनुभएको र सर्वोच्च अदालतमा वकालत गरी वैवाहिक बलात्कारको कानुनी मान्यता दिलाएको र लैङ्गिक समानतासम्बन्धी कानुन ल्याउनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सो पुरस्कार प्रदान गरिएको महिला, कानुन र विकास मञ्चले जनाएको छ।

             प्राप्त समाचार अनुसार प्रधान महिला, कानुन र विकास मञ्चको पूर्वअध्यक्ष पनि हुनुहुन्छ । पुरस्कारमा सम्मानका साथ स्वर्णतक्मा तथा पाँच लाख अमेरिकी डलर राशि रहेको छ । पाँच लाख डलरको राशि भने तीनजनालाई भाग लगाइनेछ ।यस वर्ष तीनजना व्यक्तिलाई उक्त पुरस्कार दिने निर्णय गरिएको छ ।

            अन्य पुरस्कृतहरूमा इराकको 'अर्गनाइजेसन अफ वुमेन्सुका' सहसंक़स्थापक यानार मुहम्मद र इजरायलमा बसोबास गरिरहनुभएका तथा प्यालेस्टाइनमा घरेलु हिंसा बिरुद्धमा काम गरेबापत डा. नादेरा शाल्हौब केभोरकियान हुनुहुन्छ । नेपालको इतिहासमा यति ठूलो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त तथा राशि भएको पुरस्कार पाउने पहिलो नेपाली हुनुभएको पनि महिला, कानुन र विकास मञ्चले जनाएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040