थाहा भए अनुसार, पैचिङ पारा ओलम्पिक खेलकुद प्रतियोगिताका लागि बीसवटा रंगशाला तथा तालिमका लागि छ वटा रंगशाला छन्। जसले ग्रीष्मकालीन् ओलम्पिक खेलकुदका रंगशालाहरुको प्रयोग गरेको छ। त्यस अतिरिक्त, पारा ओलम्पिक खेलकुदका लागि चिकित्सा-सेवा उपलव्ध गराउने अस्पतालहरुको संख्या बाइस छन् भने होटेलहरुको संख्या सोह्र छन्। ती अस्पताल तथा होटेलहरुलाई पारा ओलम्पिक खेलकुदको माग बमोजिम अवरोधमुक्त रुपमा सुधार गरिएको छ।
पैचिङ ओलम्पिक खेलकुदको अवधिमा पैचिङको शहर चल्ने अवस्थाको उच्च प्रशंसा विभिन्न पक्षद्वारा गरिएको छ। पारा खेलाडीहरु तथा पारा दर्शकहरुका लागि प्रतियोगिता हेर्ने सुविधा तथा जीवनको सुविधा उपलव्ध गराउनका लागि पैचिङले सार्वजनिक सेवामूलक प्रबन्धहरुमा प्रशस्त काम गरेको छ। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष श्रीमती थांग श्याउ छ्वेन यसबारे जानकारी दिंदै भन्नुहुन्छ,
हामीले महत्वपूर्ण दृश्यावलोकन क्षेत्र, होटेल, बैंक लगायत सार्वजनिक सेवामूलक प्रबन्धहरुको अवरोधमुक्त निर्माण कार्यलाई चौतर्फी रुपमा अघि बढाएका छौं। पारा ओलम्पिक खेलकुद अवधिमा सोह्र वटा सार्वजनिक बसको रुट खोलिने छ भने चार सयवटा अवरोधमुक्त सार्वजनिक बस उपलव्ध गराइनेछ। पैचिङको भूमिगत् रेलका आठ वटा लाइनमा कूल एक सय तेइस वटा रेल स्टेशनमध्ये हरेक स्टेशनमा प्रवेश र प्रस्थान विन्दुमा कम्तीमा एउटा गुड्ने कुर्सी रहनेछ। जसबाट शारीरिक कमजोर भएका यात्रुहरुलाई प्रत्यक्ष सुविधा पुग्ने विश्वास गरिएको छ।
यसका साथै पारा ओलम्पिक खेलकुदका लागि अरु राम्रो सेवा उपलव्ध गराउनका लागि पैचिङले चीनको पहिलो अवरोधमु्क्त ट्याक्सी टोलीको गठन गरेको छ।
त्यसका अतिरिक्त, पैचिङले धेरै ठोस विषयबारे पनि निष्ठापूर्वक सोच-विचार गरेको छ। उदाहरणका लागि, दृष्टिबिहीनलाई मार्गदर्शन गर्ने तालिम प्राप्त कुकुरहरुलाई प्रतियोगिताको रंगशालामा लैजाने अनुमति दिइएको छ। पारा ओलम्पिक खेलकुदको हरेक रंगशालामा ब्रेल लिपिसम्बन्धी यन्त्र लगायत विशेष प्रबन्धहरुको जडान गरिएको छ।
पैचिड ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष श्रीमती थांग श्याउ छ्वेनका अनुसार, पारा ओलम्पिक खेलकुदका करिब छ सय जना कर्मचारी तथा तीस हजार जना स्वयंसेवकले एक सय अठचालीस वटा मुलुक तथा क्षेत्रका चार हजार दुई सय जनाभन्दा बढी पारा खेलाडीहरुका लागि राम्रो सेवा उपलव्ध गराउने छन् भने पैचिङले पारा ओलम्पिक ओलम्पिक खेलकुद जस्तै रोचक हुने प्रत्याभूति दिने प्रयास गर्नेछ।
|