china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ विकलाङ्ग कलाकार टोलीबाट ल्याइएको अनुभव 
    (GMT+08:00) 2008-09-09 19:54:39    

          चार वर्षअघि यथेन्स प्यारा ओलम्पिकको समापन समारोहमा चिनियाँ विकलाङ्ग कलाकार टोलीद्बारा प्रदर्शित "हजारौं हाते लोकेश्वर" नामक प्रदर्शनको कारणले उक्त कलाकार टोलीको नाम मानिसहरुको मनमा राखिएको छ र उक्त टोली र प्यारा ओलम्पिकलाई घनिष्ट सम्पर्क राखिएको छ। पैचिङ्ग प्यारा ओलम्पिकको उद्धाटन समारोहमा उक्त कलाकार टोलीका अभिनेता-अभिनेत्रीको प्रदर्शनले दर्शकहरुको मन छोयो। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

             पैचिङ्ग प्यारा ओलम्पिकको उद्धाटन समारोहमा चिनियाँ विकलाङ्ग कलाकार टोलीका अभिनेता-अभिनेत्रीको प्रदर्शनले दर्शकहरुको मनलाई गहन रुपमा छोयो। एक सय नौ जना श्रवणविहिनले स छुवानमा गएको भूकम्पमा बाँचिरहेकी केटी ली येसँगै प्रदर्शन गरेको नाच हेरेपछि पैचिङ्गबासी माउ स्याउ युले आफ्नो भावना व्यक्त गर्दै भन्नुभयोः

            "मेरो मनलाई गहन रुपमा छोयो त्यो कार्यक्रम। विशेष गरी उनीहरुले साङकेतिक भाषाको निर्देशनमा एकै समयमै एउटै चाल गरेको रहेछ। हजारौं हाते लोकेश्वर नामक कार्यक्रम जस्तै। तर यस कार्यक्रम त्योभन्दा हामीलाई झन प्रभावित पारेको छ। हेर्दाखेरी मानिसको निहित शक्ति कति असिमित हुनसक्ने महसुस मैले गरेको छु।"

              प्यारा ओलम्पिकको उद्धाटन समारोहमा चिनियाँ तथा अंग्रेजीमा गीत गाउनुभएको श्रवणविहान गायक याङ हाइ थाउ, चार ऋतु नामक संगीत बजाउनुभएका श्रवणविहान पियानो कलाकार उहाँहरु सबै चिनियाँ विकलाङ्ग कलाकार टोलीका हुनुहुन्छ।

              उक्त टोली गत शताब्दीको असी दशकमा स्थापित भएको हो। हालसम्म चीनका विभिन्न ठाँउबाट गएका उक्त टोलीका एक सय पचास जना अभिनेता-अभिनेत्रीले विदेश गएर त्यहाँका दर्शकहरुलाई आकर्षक रुपमा प्रदर्शन गर्ने गरेका छन। बितेका बीस वर्षमा उक्त कलाकार टोलीले साट्ठी वटा मुलुक तथा क्षेत्रको भ्रमण गरेको छ र गत वर्षमात्रै एक सय पचास वटा प्रदर्शन गर्‍यो।

              यस्तो मिठो संगीत बजाउने व्यक्ति श्रवणविहिनले बजाएको रहेछ। उहाँ चिनियाँ विकलाङ्ग कलाकार टोलीका पियानो कलाकार चिन युआन ह्वै हुनुहुन्छ। उद्धाटन समारोहमा आफ्नो प्रदर्शनको सिंहावलोकन गर्दै उहाँले भन्नुभयोः

            "मैले मेरो मनमा सोचेको तर व्यक्त गर्न नसकिने कृतज्ञतालाई टेलिभिजन अगाडी बसेका दर्शकहरु, मञ्च र मत्र्च वरपर बसेका दर्शकहरु एवम् मलाई सहयोग दिएकाहरुसमक्ष बुझाएको छु।"

              प्यारा ओलम्पिकको उद्धाटन समारोहको शुरुमै गीत गाउनुभएका गायक याङ हाइथाउ सन् 2001मा चिनियाँ विकलाङ्ग कलाकार टोलीमा प्रवेश गर्नुभएको थियो। आफूले गाएको गीतको अंग्रेजी भागबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

            "मलाई अंग्रेजी आउँदैन। त्यसैले मैले आफूले सुनेको शब्दलाई सकेसम्म सही रुपमा उच्चारण गरेको हुँ।"

             श्री याङले कलाकार टोलीमा बिताएको समयले आफ्नो मनलाई खोलेको कुरा व्यक्त गर्नुभयो। कलाकार टोलीमा उहाँले आफ्नो जीवनमा नभइ नहुने चीज अर्थात संगीत पत्ता लगाउनुभयो।

             चिनियाँ विकलाङ्ग कलाकार टोली एउटा ठूलो परिवार जस्तो छ। टोलीमा सबभन्दा जेठो सदस्य चौंतीस वर्षका छन् भने सबभन्दा सानो भनेको दश वर्षका छन्। उक्त टोलीका प्रमुख श्रवणविहिन थाइ ली ह्वाले साङकेतिक भाषामा उनीहरुको इच्छा व्यक्त गर्दै भन्नुभयोः

            "ओलम्पिकको अवधिमा हाम्रो विशेष प्रदर्शनमार्फत सबै विकलाङ्गहरुको मनसाय व्यक्त गर्न चाहन्छौं र दुइवटै ओलम्पिकप्रति सबै विकलाङ्ग केटाकेटीहरुको शुभकामना व्यक्त गर्न चाहन्छौं।"

              गत वर्ष उक्त टोलीले एउटा कोष स्थापना गरी प्रदर्शनबाट पाएको आंशिक आम्दानीलाई आवश्यक पर्ने व्यक्तिहरुलाई सहयोगस्वरुप चन्दा पनि दिएको छ। हालसम्म उक्त टोलीले चिन तथा विदेशमा गरी जम्मा तीन लाख पचास हजार अमेरिकी डलर बराबर चन्दा दिइसकेको छ।

             पैचिङ्ग ओलम्पिक सम्बन्धी तालिमका सल्लाहकार चाउ चीले विकलाङ्गहरुबाट देखाइएको शक्तिबारे चर्चा गर्दै भन्नुभयोः

            "विकलाङ्गहरुले आफ्नो जीवनमा कति धेरै कठिनाइको सामना गर्नुपर्छ। तर उनीहरु निराश नभई आफ्नो सपनाहरुलाई व्यवहारमा उतार्दै आएका छन। म जस्तै स्वयमसेवकहरुले यस्तो अनुभव गरेका छौः हामीले विकलाङ्गहरुलाई सहयोग दिनुका साथै विकलाङ्गहरुले पनि हाम्रो मनलाई शुद्ध पारेका छन।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040