china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स्वयम्-सेवकको मुस्कान नै पैचिङको सुन्दर परिचय सम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2008-11-11 20:48:38    

           भर्खरै सम्पन्न भएको पैचिङ्ग ओलम्पिक खेलकुदमा झन्डै 14लाख 70 हजार जना स्वयम-सेवकहरुले ओलम्पिकको संचालन, सुरक्षा, यातायात, प्रेस-माध्यम आदि विभिन्न क्षेत्रमा सेवा दिनुभएको छ। स्वयम-सेवकहरुले दत्तचित्त भएर चौतर्फी रुपमा सेवा गर्नुभएको हुनाले ओलम्पिकमा भाग लिनुभएका विश्वका सबै मानिसहरुले उनीहरुलाई उच्च मुल्यांकन दिनुभयो। त्यसैले पैचिङ्ग ओलम्पिक खेलकुदको समापन समारोहमा पहिलो पटक स्वयम-सेवकहरुका प्रतिनिधिलाई सम्मान दिने कार्यक्रमको आयोजना गरियो। आज मैले तपाईंहरुका लागि पैचिङ्ग ओलम्पिकमा सेवा गर्ने केही स्वयम-सेवकहरुको बारेमा जानकारी दिनेछु।

          तपाईंसँग ओलम्पिक खेलकुदबारे केही प्रश्न छ भने हामीलाई फोन गर्नुहोस्। हाम्रो नं छ, 0086-10-12308 अथवा हाम्रो वेभ-साइटमा हेर्नुहोस् हाम्रो ठेगाना हो, www.2008beijing.cn.

          25 वर्षीय मा सु फन थाइल्याण्डबाट चीन आउनुभएको हो। उहाँ पैचिङ्ग ओलम्पिक खेलकुदको होट-लाइ केन्द्रका स्वयम-सेवक हुनुहुन्छ र एक जना चिनियाँ मूलका थाइ हुनुहुन्छ। अहिले उहाँ पैचिङ्गमा विदेशी भाषा विश्वविद्यालयको डाक्टर हुनुहुन्छ र चिनियाँ र थाइ भाषाको अनुबाद गर्न सम्बन्धित अनुसंधान गर्नुहुन्छ। सन् 2004 मा उहाँले पढ्नका लागि चीनमा आउनुभएको हो। त्यसपछि उहाँले चीनबारे बुझ्न थाल्नुका साथै सन् 2008को पैचिङ्ग ओलम्पिकमा ध्यान दिंदै आउनुभएको छ।

          पैचिङ्ग ओलम्पिक खेलकुदको अवसरमा धरैजसो विदेशी खेलाडी, पत्रकार र पर्यटकहरु पैचिङ्ग आउनुभएको छ। भाषासम्बन्धी समस्या उहाँहरुको पहिलो समस्या हो। पैचिङ्ग ओलम्पिकको आयोजन समितिले उक्त समस्याको समाधान गर्न विभिन्न भाषाका अनुबादकलाई बोलाएको थियो। मा सु फन यहीं स्वयम-सेवकहरुमध्येका एक हुनुहुन्छ। सन् 2008मा पैचिङ्ग ओलम्पिक खेलकुदको स्वयम-सेवक हुनुभएकोले मा सु फनलाई धेरै गौरब लागेको छ। उहाँले भन्नुभयो—

          अहिले मैले पारा ओलम्पिकमा सेवा गर्न आयोजन समितिलाई आफ्नो अनुरोध प्रस्तुत गर्न सोच-विचार गर्दै आएको छु। यदि विश्वविद्यालयले हाम्रो पढाइको शुरु हुने मितिलाई पछि सारेमा म पारा ओलम्पिक खेलकुदमा सेवा गर्न प्रयास गर्नेछु। पैचिङ्ग ओलम्पिक र पारा ओलम्पिकमा सेवा गर्ने अवसर धेरै अमूल्य छ। मैले पैचिङ्गमा पढाइ हासिल गर्नुका साथै विश्वको समारोहमा सेवा गर्ने अवसर पनि हासिल गरें। कति सौभाग्य छ हँ? पैचिङ्ग ओलम्पिक खेलकुदमा सेवा गर्ने इच्छा रहेका धेरैजसो चिनियाँ विद्यार्थीहरुले उक्त मौका पाउनु भएको छैन। यसबाहेक केही विदेशी विद्यार्थीहरुले पैचिङ्ग ओलम्पिक खेलकुदमा सेवा गर्नका लागि पैचिङ्गमा पढ्न आउनुभएको छ, तर मौका पाउनु भएको छैन। त्यसैले मैले उक्त अवसरलाई धेरै माया दिएँ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040