china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    किसान मजदूरमा नजर पुर्‍याउने
    (GMT+08:00) 2009-03-03 13:20:40    

                     किसान मजदूरले ठूल्ठूला भवनहरुको निर्माण गरेको, बाटाहरु तथा पुलहरुको निर्माण गरेको दृश्य मजस्तै शहरमा बस्ने हरेक व्यक्तिले हरेक दिन देख्न सक्ने दृश्य हो। तर मौद्रिक संकटको प्रभावले गर्दा शहरी निर्माण कार्यको क्रममा आवश्यक किसान मजदूरहरुको संख्या पनि हाल घटेको छ। चालूवर्ष चीनमा मनाइने सबभन्दा ठूलो चाड वसन्त चाडपछि प्रशस्त किसान मजदूरहरु घर गएपछि पुनः शहरमा काम गर्न फर्केनन्। प्राप्त तथ्याङ्कअनुसार, चीनभरि बेरोजगार किसान मजदूरको कूल संख्या दुई करोड जति पुगेको छ। यस्तो अवस्था हेरेर मलगायत् सबै चिनियाँहरुलाई चिन्ता लागेको छ। यस्तो रोजगारीको अभाव र दवावमा रहेर घर फर्केका किसान मजदूरहरुलाई केन्द्रीय सरकारको आर्थिक सम्मेलनले तुरुन्तै विशेष पेशागत तालिम दिने, क्षमता वान किसान मजदूरलाई आफ्नो व्यवसाय गर्न प्रोत्साहित गर्नेलगायत्"अझ सकारात्मक रोजगारी नीति"लागू गरेको छ। अर्थतन्त्रको हिउँद ऋतुमा लगातर रुपमा विविध किसिमका नीतिहरु लागू गरेपछि मानिसहरुको मनलाई पनि न्यानो बनाएको देखिन्छ।

                     गत शनिबार दिउँसो, चीनका प्रधानमन्त्री वन च्या पाउले इन्टर्नेटमा दुइ घण्टासम्म इन्टर्नेट प्रयोगकर्ताहरुसँग विचार आदान-प्रदान गर्नुभयो। एकजना इन्टर्नेट प्रयोगकर्ताद्बारा सोधिएको किसानसम्बन्धी प्रश्नको जवाफ दिँदा उहाँले यसरी भन्नुभयोः किसानहरुका लागि थप रकम छुट्याउने निर्णय हामीले गरिसकेका छौं। ती कदमहरु यस प्रकार छन्- हामीले गर्ने भित्री मागलाई विस्तार गर्ने दशवटा कदममध्ये ग्रामीण क्षेत्रको आधारभूत प्रबन्ध तथा किसानहरुको दैनिक जीवनसँग घनिष्ट सम्बन्ध भएका विषयहरुलाई सुधार गर्नुलाई प्राथमिकता दिएका छौं। हरेक गाँउबस्ती जाने बाटोलाई सुधार गर्नेछौँ। दोस्रो कुरा हामीले किसानहरुलाई दिने आर्थिक सहायता थप्ने छौँ। गतवर्ष किसानहरुलाई दिने विविध सहायताको कूल रकम एक खर्ब तीन अर्ब चिनियाँ युआन पुग्यो भने यसै वर्षमा उक्त सहायता एक खर्ब बीस अर्ब चिनियाँ युआनसम्म थप्नेछौं। तेस्रो कुरा, हामीले चालिस अर्ब चिनियाँ युआन लगानी लगाएर घरमा प्रयोग गर्ने विद्युतीय प्रबन्ध, खेतीपातीमा प्रयोग गरिने मेशिनहरु तथा गाडीहरुलाई ग्रामीण क्षेत्रमा पुर्‍याउने छौँ र चौथो कदम चाहिँ अन्नपातको भाउलाई ठूलो मात्रामा उकास्नु रहेको छ। चालू वर्ष हामीले गहुँ तथा चामलको भाउलाई उकास्ने छौं। ती सबै कदमहरुबाट किसानहरुको आम्दानी बढाउन सकिन्छ र उनीहरुको जीवनस्तरलाई उकास्न सकिन्छ।

                     मौद्रिक संकट विश्वमा देखापरेको कुरा केही हदसम्म अमेरिकामा देखापरेको ऋणमोचन गर्न नसकेर उत्पन्न भएको संकट हो। हामी विश्वस्त भयौँ भने वर्तमान समस्याको समाधान गर्ने उपाय तुरुन्तै खोज्न सक्छौँ भन्ने मेरो विश्वास छ। आज चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको उद्धाटन हो। यहाँनिर म यस सम्मेलन तथा आयोजना हुन लागेको चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको सम्मेलन यी दुई महाधिवेशन सफलताका साथ सम्पन्न होऊन् भनी शुभकामना व्यक्त गर्दछु। ती दुई महाधिवेशनबाट चिनियाँहरुको विश्वास बढाउने र वर्तमान समस्याको समाधान गर्ने उपायहरु पत्ता लगाएर राम्रा खबरहरु ल्याउने कुरामा मैले विश्वास गरेकीछु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040