china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस वर्षका दुई अधिवेशनमा रहेको मेरो अपेक्षा
    (GMT+08:00) 2009-03-03 13:30:12    

                   चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो अधिवेशन गत तीन तारिखका दिन शुरु भएको छ। आज अर्थात् मार्च पाँच तारिखका दिनदेखि एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन पनि पैचिङ्गमा धुमधामसँग शुरु भएको छ।

                  यस वर्षका दुई अधिवेशन सारा विश्वमा बैकिङ्ग संकटको नकारात्मक असर परेको वातावरणमा निर्धारित समयअनुसार आयोजना भएका छन्। यस्तो दृष्टिकोणबाट हेर्दा बैंकिङ्ग संकटको समाधान कसरी गर्ने, बैकिङ्ग संकटबाट व्यवसायहरु अझ विशेष गरी सारा देशका लागि ल्याइने चुनौतिको सामना कसरी गर्ने र बैकिङ्ग संकटको कठिन अवस्थाबाट कसरी पार हुने विषय नै यस वर्षका दुई अधिवेशनमा छलफल गरिने मुख्य विषय बनेका होलान्।

                     अन्तर्राष्ट्रिय बैकिङ्ग संकटबाट चीनमाथि नकारात्मक असर परे तापनि चीन सरकारले अनेकन् सकारात्मक कदम र नीतिहरु पनि प्रस्तुत गरेको छ। मलगायत् एकजना सामान्य नागरिकको दृष्टिबाट हेर्दा विगतमा जस्तै आफ्नो काम राम्रोसँग गर्दैजाने, भविष्यसम्बन्धी आफ्नो सुमधुर लक्ष्य नछोड्ने र मिहिनेतसँग हरेक दिन सामना गर्दैजाने भन्ने कुरा ज्यदै आवश्यक छ। चीनमा एउटा उखान छ: सबैजनाको शक्तिले जति ठूलो डुङ्गा पनि चलाउन सकिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीन सरकारले समस्त चिनियाँ जनतालाई डोर्‍याएर वर्तमानको कठिनाईलाई जितेर अझ उज्ज्वल भविष्यको सिर्जना गर्नसक्ने मेरो विश्वास रहेको छ।

                    यसका अतिरिक्त, यस वर्षका दुई अधिवेशनमा छलफल हुने अर्को विषयप्रति मेरो निकै बढी ध्यान रहेको छ। त्यो वातावरणीय संरक्षण भन्ने रहेको हो।

                   वातावरणीय संरक्षण भन्ने विषय कुनै नयाँ विषय होइन। वातावरणीय संरक्षणलाई मजबुत पार्नका लागि चीन सरकारले बितेका केही वर्षदेखि यता अनेकन् प्रभावकारी कदम चालिसकेको छ। यसबाहेक, चीनका सम्बन्धित विभागहरुले सारा देशका विभिन्न क्षेत्रमा विविध तरिकामार्फत वातावरणीय संरक्षणसम्बन्धी प्रचार-प्रसार गर्दैआएका छन्। जस्तै: गत वर्षको अगष्ट महिना अर्थात् पैचिङ्ग ओलम्पिक खेलकुद अवधिमा पैचिङ्ग सरकारले पैचिङ्गको वातावरण विशेषगरी वायु गुणस्तरलाई माथि उकास्नका लागि अनेकन् प्रभावकारी कदम चालेको थियो। हालसम्म पैचिङ्गको वायुको गुणस्तरमा टड्कारो परिवर्तन देखा पर्दैआएको देखिन्छ। यो परिवर्तन वातावरणीय संरक्षणमा सुधारका लागि पैचिङ्गले चालेका महत्वपूर्ण कदमहरुको प्रतिफल हो।

                    यस वर्षका दुई अधिवेशनमा वातावरणीय संरक्षणलाई अझ सबल कसरी पार्ने, वातारणीय संरक्षण सम्बन्धमा सरकारले के के नयाँ कदम चाल्ने भन्ने विषयबारे सहभागी हुने प्रतिनिधिहरुले के-कस्तो राय-सुझाव प्रस्तुत गर्ने छन् भन्ने प्रतीक्षामा म रहेकी छु। साथै यस वर्षका दुई अधिवेशनमा सर्वसाधारणको साझा चासोका अझ बढी समस्याको समाधान हुनसक्ने पनि मेरो अपेक्षा छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040