china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दुईवटा अधिवेशनप्रति मेरो अपेक्षा
    (GMT+08:00) 2009-03-03 13:33:05    

                चिनियाँ राष्ट्रिय जन कांग्रेस र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन छुट्टा छुट्टै रुपमा मार्च तीन र पाँच तारिखदेखि पैचिङ्गमा शुरु हुने कार्यक्रम छ। हरेक वर्षको अधिवेशनबाट सारा विश्वको ध्यानाकर्षण जनाइने गरेको छ। हाल सारा विश्वमा फैलिरहेको अन्तर्राष्ट्रिय बैंकिङ संकटको अवधिमा आयोजित यस पटकको यी अधिवेशनमा के के नीति र निर्णय गरिने हुन् भन्ने कुरामा मैले पनि ठूलो महत्व दिएकी छु। र विशेष गरी यस्तो अवस्थामा विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरुको रोजगारीमा मैले सबैभन्दा महत्वपूर्ण दृष्टिकोण पुर्‍याएकी छु।

               लगभग बीस वर्षअघि विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीलाई कति गौरव हुन्थ्यो। तिनीहरु आँफूलाई निकै सौभाग्यशाली भएको पनि ठान्थे। गत केही वर्षयता चीनमा शिक्षाको स्तरमा सुधार हुँदै आएको परिप्रेक्षमा विश्वविद्यालयमा भर्ना गरिने विद्यार्थीहरुको संख्या पनि वर्षैपिच्छे बृद्धि हुँदै आएको छ। यसबाट थुप्रै विद्यार्थी खुशीसाथ आफ्नो उच्च-शिक्षाका लागि विश्वविद्यालयमा प्रवेश गर्न पाएका छन। तर प्रवेश हुने संख्या बढ्नुका साथै स्नातक हुने विद्यार्थीहरुको संख्या पनि बढ्दै आएको छ। अतः तिनीहरुको रोजगारीको समस्या कसरी समाधान गर्ने बिषय हाल चीनका विभिन्न तहका सरकारका महत्वपूर्ण कार्यहरुमध्येको एक बनेको छ।

               हुन त एकातिर ती विद्यार्थीले ठीक धारणा लिएर कुनै पनि काममा समान दृष्टि पुर्‍याउनुपर्दछ। र अर्कातिर सरकार तथा अन्य सम्बन्धित संस्थाले अझ बढी रोजगारीका अवसरहरु पनि सिर्जना गर्नुपर्दछ। तर बैंकिङ संकटको यस परिवेशमा कसरी बढी रोजगारीका अवसरहरु सिर्जना गर्ने ? चिन्ता पनि यथावत रहेको छ।

                यो मेरो मात्र चिन्ता होइन। यी दुईवटा अधिवेशनमा सहभागि प्रतिनिधि र सदस्यहरुले पनि यसमा महत्व दिनुभएको छ। थाहा भएअनुसार धेरै प्रतिनिधि र सदस्यहरुले यस बिषयबारे आ-आफ्नो सुझाव र प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँहरुले चीन राष्ट्रभर फैलिएर रहेका समाजका विभिन्न क्षेत्रसँग विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरुलाई बढी रोजगारीको अवसर उपलव्ध गराउन आव्हान गर्नुका साथै विश्वविद्यालयसमक्ष विद्यार्थीहरुलाई रोजगारीबारे केही तालिमको पनि आयोजना गर्ने सुझाव प्रस्तुत गर्नुभएको छ।

                विश्वका विभिन्न देश, चीनका विभिन्न तहको सरकार तथा सम्बन्धित विभागको सँयुक्त प्रयासमा हामीले वर्तमान कठिनाईलाई अवश्य नै जित्न सक्ने मेरो विश्वास छ। यसका लागि यस पटकका यी दुईवटा अधिवेशनमा ठीक र उपयोगी कदमहरु तय गर्न सकिने विश्वास पनि मैले गरेकी छु।

                अन्तमा यी दुईवटा अधिवेशन पूर्ण सफल होस भन्ने मेरो हार्दिक शुभकामना!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040