china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ममा ध्यानाकर्षण भएको विषय-आर्थिक विषय
    (GMT+08:00) 2009-03-03 13:36:35    

                  हिजो चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो अधिवेशन शुरु भयो। भोलिदेखि एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन शुरु हुनेछ। वर्तमान अन्तर्राष्ट्रिय बैंकिङ संकटको परिबेशमा आर्थिक विषय नै म जस्तै सर्वसाधारणले सबैभन्दा बढी ध्यान दिएको विषय हो। सम्बन्धित सर्भेक्षणका अनुसार, चिनियाँ जनताले यो दुई अधिवेशनका अवधिमा संकटको सामना गर्ने तथा अर्थतन्त्रको स्थिर बृद्धिलाई कायम राख्ने विषयसम्बन्धी प्रस्तावलाई धेरै महत्व दिनेछन्। तीमध्ये सर्वसाधारणले सबैभन्दा बढी ध्यान दिएको ठोस विषय चाहिँ "जनताको जीवन कसरी सुधार गर्ने", "आर्थिक स्थिरतालाई कसरी कायम राख्ने" र "आन्तरिक माग कसरी अघि बढाउने" हुन्। यस वर्ष यदि म एक पत्रकार भए दुई अधिवेशनमा म उक्त तीन क्षेत्रका केही सवाल उठाउनेछु।

                 जनताको जीवनस्तर पहिलेदेखि दुई अधिवेशनको अवधिमा चिनियाँ जनताले महत्व दिएको विषय हो। मैले सोध्न खोजेका प्रश्नहरु यस्तै छन, यस वर्ष चीनले रोजगारीका लागि कति लगानी गर्नेछ, विश्व विद्यालयबाट स्नातक भएका विद्यार्थीहरुलाई आफ्नो कार्य सिर्जना गर्नका लागि सरकारले के-कस्ता सहुलियत नीति दिएको छ? कम आम्दानी भएका परिवारलाई कस्तो किसिमको भत्ता दिने भएको छ? ग्रामीण क्षेत्रमा उपभोग क्षमता कस्तो छ? घरेलु विद्युत सामग्री ग्रामीण क्षेत्रमा बिक्री गर्ने अवस्था कस्तो छ?

                  बैंकिङ संकटको सामना गर्ने कदमबारे मैले निम्न विषयहरुमा नजर पुर्‍याएको छु। बैंकिङ संकटको परिस्थितिमा जनताको जीवनलाई कसरी प्रत्याभूति दिने ? बजारमुखी अर्थतन्त्रको परिस्थितिमा मालसामान सम्बन्धी सेवा र त्यसको दरभाउबीचको अन्तर्विरोधलाई कसरी समाधान गर्ने? व्यवसायहरुको स्वतन्त्र रुपमा आविस्कार गर्नका लागि चीन सरकारले कुनकुन नीतिको तर्जुमा गरेको छ? यसवर्ष चिनियाँ जन बैंकले संकलन रकमको ब्याज, ऋणलगायत् क्षेत्रमा केही परिवर्तन गर्ने छ कि? हाम्रो देशले लागू गरेको सकारात्मक आर्थिक नीतिमा कुनकुन उपलव्धी हासिल गरिएको छ?

                  आन्तरिक माग बढाउने पक्षमा मैले चीनका दुई वटा अधिवेशनमा त्यस सम्बन्धी ठोस नीति तथा कदमलाई ठूलो ध्यान दिएको छु। ती दुई अधिवेशनका प्रतिनिधिहरु तथा सदस्यहरुले यस विषयबारे कस्तो खालको प्रस्ताव प्रस्तुत गर्नेछन् ?

                दुई अधिवेशनको अवधिमा तर्जुमा गर्ने आर्थिक नीतिले चीनको अर्थतन्त्रलाई अघि बढाउने विश्वास मैले लिएको छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040