china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनप्रति प्रतीक्षा
    (GMT+08:00) 2009-03-03 19:53:58    

            आज दिउँसो पैचिंगमा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो पूर्णांग बैठक सुरु भएको छ । उक्त बैठक यौटा वार्षिक बैठक भएता पनि राष्ट्र र विश्वभरि आकर्षित रहेको छ । सो बैठकप्रति एक अर्ब तीस करोड चिनियाँ जनता अपेक्षा गरिरहेका छन् ।

              अचेलसम्म चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनले साठी वर्ष पार गरेको छ । यताका साठी वर्षदेखि चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन चीनको राष्ट्रिय मामिला तथा जन दैनिक जीवन सम्बन्धी महत्वपूर्ण विषयबारे छलफल गर्दै , प्रशासनको प्रजातान्त्रिक रुपमा अनुगमन गर्दै र प्रशासनमा संलग्न हुँदै र प्रशासनको मूल्यांकन गर्दै आएको छ । सो सम्मेलन दिन दिनै गहिरो रुपमा राष्ट्रिय राजनैतिक जीवनका विभिन्न क्षेत्रमा संलग्न हुँदै आएको छ । चीनको राजनैतिक जीवनमा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको भूमिका दिनप्रतिदिन स्पष्ट हुँदै आएको देखिन्छ। त्यसले बेहोरेको कार्य पनि बढीभन्दा बढी महत्वपूर्ण हुँदै आएको छ। यसका कारण चालू चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको बैठक वार्षिक बैठक भएतापनि साठीऔं वार्षिकोत्सवको उपलक्ष्यको दृष्टिकोणबाट हेर्दा विश्वव्यापी बैंकिंग संकटको पृष्ठभूमिमा त्यसको विशेष अर्थ रहेको कुरा निसन्देह नै छ ।

            चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनप्रति चिनियाँ जनताले ठूलो अपेक्षा गरेको कारण सो सम्मेलनमा चीनको समुदायका विभिन्न पक्षका दक्ष र गन्यमान्य व्यक्ति केन्द्रीत भएका छन् । चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका दुई हजार एक सयजना सदस्यहरु चीनका आठवटा प्रजातान्त्रिक दल , दलबिहीन व्यक्ति , विभिन्न प्रमुख जन समूह , छपन्नवटा जाति र पाँचवटा धर्म तथा चौंतिसवटा पक्षबाट आएका हुन् । उहाँहरुको हित व्यापक प्रतिनिधित्व रहेको छ ।

              फेब्रुअरी तेइस तारीखका दिन चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको दोस्रो पूर्णांग बैठकका प्रवक्ता चाउ छि चन्‌ले विशेष गरी हंगकंग , मकाउ र थाइवान्‌का सञ्चारकर्मीहरुका लागि एउटा चियापानको आयोजना गर्नुभयो । यस सन्दर्भमा हंग कंगको "वन् व्ही पाउ"नामको समाचार पत्रले जनाएअनुसार बैठक सुरुभन्दा अघि सञ्चार माध्यमसित सम्पर्क राख्नु चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको बैठकको इतिहासमा यो पहिलो पल्ट हो । देशबाहिरका सञ्चारकर्मीहरुका अनुसार यस सम्पर्कबाट चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको दिनप्रतिदिनको खुलापन र लचिलोपन प्रतिबिम्बित रहेको छ । हालको आधुनिक सञ्चार-युगमा नेट-वर्क पनि चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरु प्रशासनमा संलग्न हुने र प्रशासनको मूल्यांकन गर्न नयाँ माध्यम बनेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040