china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेशन पैचिंगमा शुरु
    (GMT+08:00) 2009-03-03 19:55:27    

             चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेशन तीन तारिख पैचिंगमा भव्यताका साथ उद्‍घाटन भयो। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय सम्मेलनका दुइ हजार एक सयजना सदस्यहरुले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिनले एघारौं चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थायी समितिका तर्फबाट दिनुभएको वार्षिक कार्य प्रतिवेदन सुन्नुभयो। सो प्रतिवेदनले अकाट्य अङ्क र प्रशस्त तथ्यहरुद्बारा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनले विगत एक वर्षभित्र सारेको दरो पदचिन्ह कोरिदिएको छ। राजनीतिक परामर्श होस् वा प्रजातान्त्रिक रेखदेख होस् वा सरकारी कामकाज बारे सुझावमा होस्, चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ संस्थाले जहिले पनि सरकारलाई उचित सुझाव दिने र जनताका लागि आजाव उठाउने कुरालाई मनमा राख्दै कार्यान्वयन गर्दै आएको छ।

             चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन स्थायी समितिका अध्यक्ष च्या छिंग लिनले सम्बोधन गर्दै भन्नुभयो-

           "सबै सदस्यहरु , म चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थायी समितिका तर्फबाट यस अधिवेशनसमक्ष वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्दछु। कृपया तपाईंहरु लेखाजोखा गर्नुहोस्"।

             अध्यक्ष च्या छिंग लिनले आफ्नो प्रतिवेदनमा "अति असामान्य र अति असाधारण" भन्ने लबजहरुको प्रयोग गरी चीन वितेको एक वर्षमा गुज्रेको बाटोको वर्णन गर्नुभयो। ती उपलव्धिहरुमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थायी समितिका सदस्यहरुको बुद्धिमता र योगदान समावेश छन। अध्यक्ष च्याले भन्नुभयो-

            "हामीले समाजवादी विकासका विभिन्न क्षेत्रका महत्वपूर्ण समस्याहरुलाई लिएर सक्रियताका साथ सरकारसमक्ष सुझाव र राय विचार प्रस्तुत गरेका थियौं। ती सुझाव र राय विचारहरुले सरकारको सम्बन्धित निर्णायक नीतिको तर्जुमा गर्नका लागि महत्वपूर्ण आधार दिएका छन। हामीले जहिले पनि सर्वसाधारण जनसमूदायको हितसित सम्बन्धित दैनिक जीवनका समस्याहरुमा महत्वपूर्ण दृष्टि पुर्‍याउँदै आएका छौं"।

              थाहा भएअनुसार विगत एक वर्षभित्र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थायी समितिका सदस्यहरुले पच्पन्न थान विशेष विषयवस्तुमा रहेका अनुसन्धानात्मक गतिविधि संचालन गर्नुभएको थियो र दशवटाभन्दा बढी निरीक्षण टोली र जाँचबुझ टोलीको स्थापना गर्नुभयो।ती टोलीहरु चीनका करीब बीसवटा प्रान्त र शहरहरुमा पुगेका थिए। मुद्दा दायर गरेर कारवाई गर्न पेश गरिएका प्रस्तावहरुको संख्या चार हजार सात सय थियो। यसले गर्दा सरकारको ठूल्ठूला कार्यनीति र महत्वपूर्ण समस्याहरु बारे प्रभावकारी परामर्श गरियो, मुलुकको महत्वपूर्ण ऐन कानून र नियमहरुको कार्यान्वयन गर्ने अवस्थामा रेखदेख गरियो साथै सर्वसाधारण जनताका चासोका समस्याहरु बारे जाँचबुझ, अध्ययन, परामर्श र छलफल गरियो।

            चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थायी समितिका अध्यक्ष च्या छिंग लिनले भन्नुहुन्छ-

             "जनताको हितलाई मौलिक स्थानमा राख्ने कुरालाई आफ्नो कार्यकलापका विभिन्न क्षेत्रमा उतार्नुपर्छ। हामीले जहिले पनि जनताको हितलाई प्रधानतामा राख्दै जनताका लागि बढी व्यवहारिक काम गर्नुपर्छ। र चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनले ठोस रुपबाट जनताको सेवा गर्नुपर्छ"।

              वास्तविकतामा पनि चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनले जनताका लागि प्रशस्त व्यवहारिक काम गर्दै आएको छ। जनताको आवाज सुन्नुपर्छ र त्यसलाई व्यवहारमा उतार्नुपर्छ। ती कुराहरु अध्यक्ष च्याले सन 2009 मा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको महत्वपूर्ण कार्य बिन्दुको रुपमा आफ्नो कार्य प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। उहाँले आफ्नो कार्य प्रतिवेदनमा आर्थिक स्थिरतालाई कायम राख्ने र अर्थतन्त्रको छिटो विकास गर्ने कुरालाई चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको प्रधान कार्यभार बनाउनुभयो र सामाजिक मेलमिलाप र स्थिरताको संरक्षण गर्ने कुरालाई चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको महत्वपूर्ण उत्तरदायित्व ठान्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040