china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रद्वारा तिब्बतको आर्थिक तथा सामाजिक विकासको अवस्थाबारे प्रतिवेदन प्रकाशित
    (GMT+08:00) 2009-03-30 19:19:21    

               चीनको सबैभन्दा आधिकारिक तिब्बती शास्त्र अनुसन्धान संस्था-चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रले आज "तिब्बतको आर्थिक तथा सामाजिक विकाससम्बन्धी प्रतिवेदन" प्रकाशित गरेको छ। यस प्रतिवेदनले सामाजिक व्यवस्था, वातावरणीय संरक्षण, आर्थिक विकासको स्तरलगायत् क्षेत्रहरुबाट तिब्बतको आर्थिक तथा समाजिक विकासको वर्तमान परिस्थिति, हासिल गरिएको उपलव्धि तथा तिब्बतसामु देखापरेको चुनौतिबारे चौतर्फी रुपमा प्रकाश पारी निचोडसमेत निकालेको छ। चीनको केन्द्रीय सरकार तथा अरु प्रान्त तथा शहरको ठूलो समर्थनमा तिब्बतको आर्थिक बृद्धिदर उच्चस्तरमा जारी राखिने ठहर यस प्रतिवेदनमा गरिएको छ। अब यससम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

                 "तिब्बतको आर्थिक तथा सामाजिक विकाससम्बन्धी प्रतिवेदन"का अनुसार, तिब्बतको प्रजातान्त्रिक सुधार भएको पचास वर्षदेखि तिब्बतको विकासले सामाजिक सम्पति संकलन भएको तथा मानव जातिको सरदर आयुमा सुधार भएको तथा मानव जातिको हक-हितको प्रत्याभूति भएको कुरा प्रतिबिम्बित गरेको छ। सन् 1959मा अवलम्बन गरिएको प्रजातान्त्रिक सुधारले सामन्तवादी भूदास व्यवस्थालाई उन्मूलन गरेको थियो। सामन्तवादका उच्च तहको हातमा रहेको जमिनलगायत् महत्वपूर्ण उत्पादन सामग्री व्यापक भूदासहरुलाई वितरण गरिएको थियो। जसबाट उत्पादन शक्तिलाई ठूलो रुपमा मुक्त गरेर तिब्बतको अर्थतन्त्रमा पहिले नभएको तीब्र विकास देखा परेको थियो। तिब्बतका वासिन्दाहरु विशेष गरी तिब्बती जातिका बासिन्दाहरुको औसत गार्हस्थ उत्पादन मात्रा, औसत आयु तथा शिक्षा लिने औसत स्तरलगायत् महत्वपूर्ण सूचीमा ठूलो परिवर्तन भएको छ।

                  चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता चु श्याउ मिङले जानकारी दिंदै भन्नुभयो, हाम्रो जनवादी गणतन्त्र मुलुकको परिधिमा एउटा स्वायत्त प्रदेश तथा प्रान्तको सामाजिक सुधारबारे चर्चा गर्दा तिब्बतको सामाजिक सुधार सबैभन्दा प्रमुख रहेको छ। तिब्बतले सामन्तवादी भूदास व्यवस्थाबाट समाजवादी व्यवस्थामा प्रवेश गरेको छ। यस्तो गहन सुधारको साकार तिब्बत जस्तो जातीय क्षेत्रमा हुन निकै गाह्रो थियो। चीनको केन्द्रीय सरकारले धेरै सहुलियत नीतिको अवलम्बन गरी यस्तो गहन सुधार तिब्बतमा स्थिर रुपमा साकार तुल्याएको छ।

                   यस प्रतिबदेनका अनुसार, छिङ हाई-तिब्बत पठारभूमिमा एशियाका कतिपय नदीका उद्गमस्थल तथा मूल हुनुका साथै एशियाका अर्बौं जनताका लागि "अचल जलाशय" हो। त्यसै कारण त्यसको निकै महत्वपूर्ण वातावरणीय स्थान छ। चीनको अर्थ मन्त्रालय तथा अरु प्रान्त तथा शहरहरुको सहायताले तिब्बतको स्रोत-साधनको खपत तथा वातावरणीय दबाउलाई ठूलो हदमा खुकुलो पारी तिब्बतको वातावरणीय संरक्षण कार्य तथा पर्यावरणीय निर्माणमा ठूलो भूमिका निर्वाह गरेको छ। चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता लोरोङ ड्रादुलले भन्नुभयो, तिब्बत स्वायत्त प्रदेश छिङ हाई-तिब्बत पठारभूमिको केन्द्रीय स्थानमा रहेको छ। त्यसको पर्यावरणीय स्थान निकै महत्वपूर्ण छ। तथापि तिब्बतको वातावरण एकदम कम्जोर छ। तिब्बतप्रति चीनको केन्द्रीय सरकार तथा अरु प्रान्तको सहायता तिब्बतको वातावरणीय कार्यका लागि सबैभन्दा ठूलो योगदान भएको ठहर मैले गरेको छु। हामीले यस रकमकमार्फत उत्पादनको विकास गर्नसक्छौं। विश्वमा दक्षिणी ध्रुव तथा उत्तरी ध्रुवबाहेक म अरु ठाउँ गएको छु। मेरो विचारमा ल्हासाको वायु सबैभन्दा शुद्ध तथा सफा रहेको छ।

                   हाल चीनको अर्थ मन्त्रालय तथा अरु प्रान्त र शहरले उपलव्ध गराएको सहायता तिब्बत स्वायत्त प्रदेशको आयमध्येको नब्बे प्रतिशत भन्दा बढी रहेको छ। यो तिब्बतको स्थानीय अर्थतन्त्रको तीब्र विकासका लागि एउटा महत्वपूर्ण प्रेरक शक्ति हो। जसले तिब्बतका आधारभूत प्रबन्धहरु तथा विकासको वातावरणमा ठूलो सुधार गरेको छ। पर्यावरणमा निश्क्रिय असर पर्न नदिन तिब्बतले पर्यटन, तिब्बती चिकित्सा तथा तिब्बती औषधीलाई प्राथमिक स्थानमा राखेको विकासको रणनीतिको तर्जुमा गरेको छ।

                  हाल चीनको केन्द्रीय सरकारले "तिब्बतको पर्यावरणीय सुरक्षाको संरक्षण तथा त्यसको निर्माण सम्बन्धी परिकल्पना"को तर्जुमा गरेको छ। त्यसका अनुसार, आगामी बीस वर्षमा तिब्बतलाई क्षेत्रीय पर्यावरणको सुरक्षाको संरक्षण गर्ने एउटा अवरोधको निर्माण गरिनेछ।

                  त्यसका अतिरिक्त, यस प्रतिवेदनमा अहिले तिब्बतमा शहर र गाउँबस्तीबीचको विकासको असन्तुलनको समस्या यथावत रुपमा टड्कारो रहेको कुरा उल्लेख गरिएको छ। यसबारे श्री लोरोङ ड्रादुलले भन्नुभयो, चीनको केन्द्रीय सरकार तथा अरु प्रान्तले तिब्बतमा धेरै सुअवसरको सिर्जना गरेको छ। तथापि स्थानीय बासिन्दाहरुका समग्र गुणस्तर तुलनात्मक रुपमा पिछडिएको देखिन्छ।

                 सो प्रतिवेदनका अनुसार, आगामी दुइ वर्षमा चीनको केन्द्रीय सरकारले तिब्बतका लागि करिब असी अर्ब चिनियाँ युआन लगानी गर्नेछ। यस्तो ठूलो लगानीमा तिब्बतको आर्थिक बृद्धि उच्चस्तरमा जारी राखिनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040