china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासा र काठमाडौँबीचमा नेपाली हवाइ सेवाले पनि उडान गर्ने संभावना बढेको छ।
    (GMT+08:00) 2009-11-11 18:19:44    

           काठमाडौँमा हिजो सम्पन्न नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतबीचको संयुक्त पर्यटन प्रवर्द्धन समन्वय बैठकले ल्हासा र काठमाडौँबीचमा नेपाली विमान सेवाले पनि उडान गर्न सक्ने निष्कर्ष निकालेको छ। ल्हासाको गंगोर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका रुपमा एकमात्र स्थान काठमाडौँमा एयर चाइनाले उडान गर्दै आएको छ।

               दुवै देशको पर्यटन प्रवर्द्धन गर्न कमी कमजोरीहरु सच्याउने र सुधारका लागि संयुक्त प्रयास गर्ने सहमति गर्दै दुई दिने तेस्रो संयुक्त पर्यटन प्रवर्द्धन समन्वय बैठक हिजो काठमाडौँमा सम्पन्न भएको हो। सो बैठकमा नेपाली विमान सेवालाई काठमाडौँ ल्हासा काठमाडौँ उडानका लागि सहज बनाउने र चिनियाँ विमान सेवालाई क्यान्टन ल्हासा काठमाडौँ उडानका लागि सहज गर्ने सहमति भएको छ।

               चीनको स्वायत्त प्रदेश तिब्बत पर्यटकका लागि सर्वोत्कृष्ट गन्तव्य हो। यदि नेपाली विमान कम्पनीले पनि काठमाडौँ र ल्हासाबीचमा उडान गर्न पाउने हो भने नेपाली तथा तिब्बती पर्यटन क्षेत्रले काचुली फेर्ने निश्चित छ।

               यसैगरी दुई देशबीच संयुक्त रुपमा निजी क्षेत्रलाई सहभागी गराई पर्यटन प्रवर्द्धन गर्ने, लामाङथाङ्‍काबाट मानसरोवरसम्मको पदयात्राका लागि कार्ययोजना तयार गर्ने सहमति पनि भएको छ। सो बैठकको नेतृत्व पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सहसचिव मुरारीबहादुर कार्की र तिब्बत पर्यटन प्रशासनका उपमहानिर्देशक वाङ्‍ग सोङ्‍पिङले गर्नु भएको थियो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040