china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पेइचिङ्ग ओलम्पिक खेलकूद शुरु- क
    (GMT+08:00) 2008-08-08 22:36:46    

                    वर्षा पैचिङ्ग ओलम्पिक खेलकुद शुरु--क पैचिङ्ग समयअनुसार आज अगष्ट आठ तारिख बेलुकी "ओलम्पिक खेलकुदको गीत" चीनको राजधानी पैचिङ्गमा बजाइएको छ। यसबाट उनान्तीसौं ओलम्पिक खेलकुद औपचारिक रुपमा शुरु भएको छ। आज राती पैचिङ्गमा कोही पनि सुत्न सकेनन् ।

                  आज राती चीनभरि रमाइलो देखियो। आज राती विश्वका दुई सय पाँच मुलुक तथा क्षेत्रबाट आएका खेलाडीहरु ओलम्पिक झण्डामुनि, पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा भेला भए। आज राती विशाल ओलम्पिक परिवारको विशाल एकिकृत भन्ने लक्ष्य पूरा भयो। यो चिनियाँ जनताको हार्दिक प्रतीक्षा हो ।

                    यो सारा विश्वको ध्यानाकर्षणमा हुने उत्साहजनक बेला हो । एक अर्ब तीस करोड चिनियाँले विश्वका सारा देशसमक्ष हात उठाएर "पैचिङ्गमा तपाईंको स्वागत" भने। चीनका राष्ट्राध्यक्ष हु चिन थाउले एक अर्ब तीस करोड चिनियाँको तर्फबाट सारा विश्वलाई निमन्त्रणा पठाउँदै भन्नुभयोः "पैचिङ्ग ओलम्पिक खेलकुद सम्पूर्ण चिनियाँ जनताका हो। र विश्वका सम्पूर्ण देशका जनताको पनि हो। पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिन र अवलोकन गर्न चीन आउँनका लागि मैले चीन सरकार तथा चिनियाँ जनताका तर्फबाट सारा विश्वका विभिन्न ठाउँका मित्रहरुको स्वागत गर्दछु। पैचिङ्ग ओलम्पिक खेलकुदबारे समाचार संकलन गर्न विश्वका विभिन्न ठाउँका पत्रकारको स्वागत् गर्दछु।"

                   अब चीनले सारा विश्वको दृष्टिकोण भित्र्याइ सकेको छ। गत दुई तारिखका दिन ओलम्पिक खेलकुदको तयारीबारे पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिको अन्तिम प्रतिवेदनबारे सुन्नुभएपछि अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक रोगेले भन्नु भएको थियो- "ओलम्पिक खेलकुदको आयोजना अधिकार पैचिङ्गलाई दिएको निर्णयबारे अन्तर्राष्ट्रिय ओलम्पिक समितिले कदापि पछुतो मान्नुपर्ने छैन । अगष्ट आठ तारिख आउने बखतमा ओलम्पिक खेलकुदको विशेष आश्चर्य र कुशल संयोजन कार्यले सबै वादविवादलाई साम्य पार्नेछ।"

                   प्राप्त जानकारी अनुसार पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोह आज बेलुकी आठ बजेतिर शुरु भयो। लगभग साढे तीन घण्टासम्म चल्ने समारोहमा उद्‍घाटन घोषणा, नाचगान, मार्च-पास र ओलम्पिक खेलकुद- ज्योति बाल्ने लगायतका चार भागका कार्यक्रमहरु समावेश छन्। पैचिङ्ग ओलम्पिक खेलकुद उद्‍घाटन र समापन समारोहका प्रमुख निर्देशक चांग यी मौले सात वर्षअघि ओलम्पिक खेलकुदको आयोजनाका लागि पैचिङ्गले निवेदन गरेको क्रममा आफ्नो प्रचार-प्रसार गरेको चलचित्र "नयाँ पैचिङ्ग, नयाँ ओलम्पिक" को रचना गर्नुभएको छ। यसको चीनभित्र र बाहिरबाट उच्च मूल्याँकन गरिएको थियो। यसपटक पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहको रचनामा उहाँले के कस्तो नयाँ विचार गर्नुभएको छ त ? यसबारे जानकारी दिंदै उहाँले भन्नुभयोः "हाम्रो मात्रृभूमि चीनको पाँच हजार वर्षसम्मको इतिहास जति प्रतिभापूर्ण रहेपनि आजको उद्‍घाटन समारोहमा हामीले सारा विश्वका जनतालाई दर्शक मात्र बनाउनुहुँदैन। एउटै कुरामा भन्ने हो भने यस उद्‍घाटन समारोहलाई सुनिंदा मीठो पार्नैपर्छ, सबैलाई यसबारे सम्झना गराउनैपर्छ र सबैमा छाप छोड्नैपर्छ।"

                      श्री चांग यी मौले भन्नुभएजस्तै यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा चिनियाँ विशेषता छर्लंग देखिन्छ। यसबाट सारा विश्वसमक्ष गत पाँच हजार वर्षसम्म चीन राष्ट्रको गौरवान्वित संस्कृति तथा वर्तमान चीनको चहक-महक आकृतिका साथै चीनको नाटक, बाजा, कुङ्ग फु, भाषा, संस्कृति , विज्ञान तथा शिक्षाबारे पनि देखाइएको छ । यस उद्‍घाटन समारोहमा चिनियाँ विशेषता र ओलम्पिक भावना निकै मिल्दो-जुल्दो देखिन्छ भने यसबाट सारा विश्वसमक्ष चीन एउटा कस्तो मुलुक हो भन्ने बिषयबारे पनि जानकारी दिइएको छ। ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा पैचिङ्ग ओलम्पिक खेलकुदको मुख्य ज्योति बालिएको कुरा पनि सबैभन्दा आकर्षक कुरा हो । यो हरेक पटकको ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा रहने सबैभन्दा गोप्य कुरा हो। उद्‍घाटन समारोहको अन्त्यमा मात्र यसबारे स्पष्ट पार्न सकिन्छ। उद्‍घाटन समारोहका सम्बन्धित कार्यक्रमका साथै पैचिङ्ग ओलम्पिक खेलकुदका अन्य धेरै बिषयताले पनि विश्वको ध्यानाकर्षण गराएको छ। केही सञ्चार माध्यमले पैचिङ्ग ओलम्पिक खेलकुदमा चार रेकर्ड सिर्जना गरेको समाचार जनाएको छ। पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा भाग लिनुभएका विदेशी राजनीतिज्ञको संख्या निकै बढी छ। आज बेलुका आयोजना गरिएको उद्‍घाटन समारोहमा सहभागि हुनुभएका विदेशी राजनीतिज्ञहरुको संख्या पहिलेको ओलम्पिक खेलकुदको रिकर्डलाई तोडेको देखिन्छ। पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिएका खेलकुद प्रतिनिधि मण्डलको संख्या पनि उल्लेख्य छ। आज अपरान्ह आयोजित पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा विश्वका दुई सय पाँच मुलुक तथा क्षेत्रका ओलम्पिक समितिद्बारा पठाइएका दुइ सय चार वटा प्रतिनिधि मण्डलले भाग लिएका छन्। यसमा चीन, अमेरिका, इजरायल, ब्राजिल, दक्षिण अफ्रिका र अल्जेरिया आदि धेरै मुलुकहरुले आफ्नो इतिहासमा रहने सबैभन्दा बढी प्रतिनिधि पठाएका छन्। गत अगष्ट पाँच तारिखका दिन नेपालका संस्कृति, खेलकुद तथा शिक्षा मन्त्री प्रदीप नेपालको नेतृत्वमा नेपाली खेलकुद प्रतिनिधि मण्डल पैचिङ्ग आइपुगेको छ। सो प्रतिनिधि मण्डलका सेभ द मिसनका प्रतिनिधि सीताराम मास्केले पैचिङ्गस्थित राजधानी विमानस्थलमा हाम्रा सम्वाददातासँग कुराकानी गर्नुभएको छ। उहाँका अनुसार पहिलो पटक पैचिङ्ग आएको तीस जनाको प्रतिनिधि मण्डलमा आठ जना खेलाडी हुनुहुन्छ। उहाँहरुले तोइकोन्दो, एथलेटिक्स र पौडी लगायत विभिन्न खेलमा भाग लिनुहुने कार्यक्रम छ। पैचिङ्ग ओलम्पिक खेलकुदबारे समाचार संकलन गर्न आएका पत्रकारहरुको संख्या निकै बढी छ।

                   पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा दर्ता गरिसकेका र दर्ता नगरेका तीस हजारभन्दा बढी पत्रकारले तत्स्थानबाट समाचार संकलन गर्ने कार्यक्रम रहेको छ। ओलम्पिक खेलकुदको इतिहासमा पत्रकारहरुको संख्या सबैभन्दा बढी रहेको यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुद नै हो। विभिन्न तरिकामार्फत पैचिङ्ग ओलम्पिक खेलकुद हेर्ने दर्शकको संख्या अत्यन्त बढी छ। प्राप्त तथ्याँकअनुसार सारा विश्वका झण्डै चार अर्ब दर्शकले एकै साथ पैचिङ्ग ओलम्पिक खेलकुद हेर्ने कार्यक्रम रहेको छ। सो संख्याले ओलम्पिक खेलकुद हेर्ने दर्शकको संख्याबारे पहिलेको रेकर्डलाई पनि तोडेको छ। यसका अतिरिक्त पैचिङ्ग ओलम्पिक खेलकुदको प्रसारण पाँच हजार चार सय घण्टाभन्दा बढी पुग्ने छ। विशेष गरी अन्तर्राष्ट्रिय ओलम्पिक समितिले इन्टर्नेट र मोबाइल आदि नयाँ सञ्चार माध्यमलाई पनि स्वतन्त्र प्रसारण संस्थाका रुपमा यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदको प्रसारण अधिकार दिएको छ । यसरी नै इन्टर्नेट र मोबाइलमार्फत पैचिङ्ग ओलम्पिक खेलकुद हेर्न पनि पाइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040