china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पेइचिङ्ग ओलम्विक खेलकूद शुरु- ग
    (GMT+08:00) 2008-08-08 22:41:04    

                    वर्षा पैचिङ्ग ओलम्पिक खेलकुद शुरु—ग पैचिङ्ग ओलम्पिक खेलकुदका पाँच प्रतीकमा फु वा यिंग यिंग एउटा तिब्बती सटूस हो। यो निकै बाठो हुनुका साथै दौडंदा उडे जस्तै छिटो हुन्छ। चीनमा मात्र देखिने जनावरका रुपमा रहने यिंग यिंग नै हरित् ओलम्पिक खेलकुदको द्योतक हो। पैचिङ्गमा पानीको अभाव रहेको छ। पानीको किफायत तथा पुनः प्रयोगलाई पैचिङ्ग ओलम्पिक खेलकुदका रंगशालाको निर्माणका क्रममा अग्रस्थानमा राखिएको छ। प्राकृतिक पानीको संकलन, फोहोर पानीको प्रशोधन तथा पुनः प्रयोग आदि प्रविधिको प्रयोगबाट पैचिङ्ग ओलम्पिक खेलकुदका रंगशाला क्षेत्रमा गत केही वर्षयता पानीको मिलीजुली प्रयोग दर असी प्रतिशतभन्दा बढी पुगेको छ। यसका अतिरिक्त सौर्य उर्जा, वायू उर्जा तथा भू-तापीय उर्जा स्रोत आदि हरित स्रोतसम्बन्धी प्रयोगबाट ती रंगशालामा हरित् स्रोतको आपूर्ति दर छब्बीस प्रतिशतभन्दा बढी पुगेको छ।

                      विश्वमा सौर्य उर्जामार्फत सबैभन्दा बढी विजुली निकालिने क्षेत्रहरुमध्ये यो पनि एक हो। सन 2001 मा ओलम्पिक खेलकुदको आयोजना अधिकार पाएयता पैचिङ्गले वातावरण संरक्षणमा पठाएको रकम एक खर्ब चालिस अर्ब पुगेको छ। पैचिङ्गमा बृक्षारोपणबारे जानकारी दिंदै पैचिङ्गको बगैंचा हरियाली व्यूरोका प्रमुख तुंग रुई रुंगले भन्नुभयोः "गत सालको अन्तसम्ममा पैचिङ्गमा हरियालीले ढाकिने दर त्रिचालिस प्रतिशत पुगेको छ भने पहाडी क्षेत्रमा वन जंगलको क्षेत्रफल 70.49 प्रतिशत पुगेको छ। सारा शहरमा बीस वटा प्राकृतिक संरक्षण क्षेत्रको स्थापना गरिएका छन् । यी क्षेत्रहरुले पैचिङ्ग शहरको कूल क्षेत्रफलको 8.18 प्रतिशत ओगटेका छन्।" तिब्बती सटूस आफूद्बारा थाहा नपाइने कुराबारे जानकारी लिन मन पराउँछ। त्यसैले फु वा यिंग यिंगबाट "वैज्ञानिक तथा प्राविधिक ओलम्पिक" भन्ने धारणा पनि प्रतिबिम्बित भएको छ।

                     गत मे आठ तारिखका दिन पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई सगरमाथाको चुचुरोमा पुर्‍याइयो। यसका लागि चीनको वैदेशिक तथा प्राविधिक क्षेत्रका व्यक्तिले पनि परिश्रमका साथ प्रयास गरेका थिए। यसबारे चर्चा गर्दै चीनको अन्तरिक्ष वैज्ञानिक-उद्योग समूह अन्तर्गत ज्योतिको अनुसन्धान विभागका उप-डिजाइंनर शाउ वन छिंगले भन्नुभयोः "आठ हजार मिटरभन्दा बढीको उचाइमा अक्सिजन ज्यादै कम हुन्छ। यस्तो अवस्थामा ज्योतिको आगो केही समयसम्म प्रज्वलन गरिनुपर्ने आदि शर्तलाई पूरा गराउंनु नै एउटा ठूलो चुनौति हो । गत दुई वर्षभन्दा बढी समयसम्म हामीले सँयुक्त रुपमा प्रयास गरी गणना गर्न सकिने वा नसकिने कुराको परीक्षण तथा सुधार गरी बल्ल यस कार्यलाई सफलताका साथ पूरा गरेका छौं।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040