china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पेइचिङ्ग ओलम्विक खेलकूद शुरु- घ
    (GMT+08:00) 2008-08-08 22:43:48    
               पैचिङ्ग ओलम्पिक खेलकुदका पाँच प्रतीक फु वामध्येको एक चिंग चिंग एउटा पाण्डा हो । यसले जतातजै पुगेर त्यहाँका बासिन्दालाई रमाइलो पार्ने गरेको छ। ओलम्पिक खेलकुदको स्वागतका क्रममा चिनियाँ जनताले देखाएको ठूलो खुशीयाली तथा उत्साहबाट वास्तविक रुपमा मानवीय ओलम्पिक भन्ने धारणा प्रतिबिम्बित भएको देखिन्छ।

     

    गत जुलाई सत्ताईस तारिख बिहान पैचिङ्ग ओलम्पिक खेलकुदको ओलम्पिक ग्राम औपचारिक रुपमा खुला भयो। त्यसदिन आयोजित समारोहमा ओलम्पिक ग्रामका प्रमुख एवम् चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका उपाध्यक्ष छन् च लीले चीन सरकारका तर्फबाट ओलम्पिक ग्रामभित्र बस्ने विभिन्न देशका खेलाडी र अधिकारीको स्वागत् गर्नुभयो। सो अवसरमा उहाँले भन्नुभयोः

     

    "बासिन्दाको हित नै ओलम्पिक ग्रामको सम्पूर्ण डिजाइनको केन्द्रीय  आधार हो । विभिन्न संस्कृति र धर्म मान्ने मानिसको हेरचाह गर्न हामीले विभिन्न सूक्ष्म कुराका लागि पनि प्रयास गरेका छौं। यहाँको प्रबन्ध तथा सेवा तपाईंले मन पराउने हाम्रो आशा छ।"

     

    पैचिङ्गको ओलम्पिक बगैंचामा पर्ने ओलम्पिक-ग्रामको वातावरण रमणीय हुनुका साथै यहाँसम्म पुग्ने यातायातको  सुविधा पनि राम्रो छ। ओलम्पिक ग्रामभित्र अन्तर्राष्ट्रिय क्षेत्र, आबास क्षेत्र तथा सञ्चालन क्षेत्रगरी जम्मा तीन भाग छन्। यसमा चिनियाँ विशेषतायुक्त डिजाइन छर्लंग देखिन्छ। यसबारे जानकारी दिंदै पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिअन्तर्गत ओलम्पिक-ग्राम विभागका उप-प्रमुख तंग या फिंगले भन्नुभयोः

     

    "विभिन्न देशबाट आउंने खेलाडीलाई चीनको संस्कृतिबारे अझ राम्ररी जानकारी गराउने उद्देश्यले हामीले चिनियाँ चिया पसल खोलेका छौं। यहाँ चियाबारे चीनको परम्परागत रीतिरिवाज देखाइने कार्यक्रम छ। यसका अतिरिक्त लोककला केन्द्रमा चिनियाँ परम्परागत विशेषतायुक्त हस्त कलाका विभिन्न वस्तुहरु बनाउन सकिन्छ।"

     

    ओलम्पिक ग्रामको अन्तर्राष्ट्रिय क्षेत्रको विविध प्रबन्धबाट विदेशी खेलाडीलाई अन्तर्राष्ट्रिय सेवा उपलव्ध गराइएको छ। उदाहरणका लागि यहाँ खोलिएको पुस्तक पसलमा विश्वका विभिन्न देशका विभिन्न भाषाका समाचार पत्र, पत्रिका तथा पुस्तक पढ्न पाइन्छ।

     

    चीनको संस्कृतिबारे विदेशी मित्रहरुको ठूलो चासो छ। पैचिङ्ग ओलम्पिक खेलकुदका पाँच प्रतीक फु वाको डिजाइनबाट पनि चीनको विशेष मानवीय आकृति देखाइएको छ। यसबारे चर्चा गर्दै चीनका प्रसिद्ध चित्र- टिप्पणीकार श्वै थेन चुंगले भन्नुभयोः

     

    "हामीले डिजाइन गरेका फु वा नै मैत्रीपूर्ण तथा जीवन्त आकृति हो । यसबाट हाम्रो राष्ट्रिय संस्कृतिमा नयाँ विषय थपिनुका साथै ओलम्पिक खेलकुदमा नयाँ सांस्कृतिक विषय पनि थपिएको छ ।"

    फु वा चिंग चिंगले आशावादी भावना देखाउने गरेको छ। ओलम्पिक खेलकुदको तयारीका क्रममा चिनियाँ जनताले बहादुरी, शक्तिशाली तथा आशावादी भावना पनि देखाउने गरेका छन्।

    ओलम्पिक खेलकुदको तयारीका क्रममा चीन सार्स रोग, हिमपात र भूकम्प प्रकोपको अतिक्रमणमा परेको थियो। यी कठिनाइको सामना गर्न चीन सरकार र चिनियाँ जनताले सँयुक्त रुपमा प्रयास गरेका छन्। यसका अतिरिक्त अन्तर्राष्ट्रिय समाजले पनि चीनलाई ठूलो सहयोग उपलव्ध गराएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040