china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    क्वाङ्ग सीका उद्योग-व्यवसायहरुको आत्मनिर्भर सिर्जनशीलताको बाटोबारे जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-07-07 18:40:17    

               दक्षिण-पश्चिमी चीनको क्वाङ्ग सी जुआङ्ग जातीय स्वायत्त प्रदेश स्थापना गरिएको पचास वर्षदेखि यता, उद्योग-व्यवसायहरु छंदै नभएको अवस्थाबाट भइसकेको अवस्थामा निरन्तर रुपमा सिर्जनशीलताको असामान्य बाटो सिर्जना गरेका छन्।  क्वाङ्ग सीका उद्योग-व्यवसायहरुबारे चर्चा गर्दा लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडडबारे चर्चा नगरी नहुने हुन्छ। लिउ चौ मेशिनरी कम्पनी लिमिटेडड चीनको मेशिनरी सामान व्यवसायमा अग्र स्थानमा रहेको छ। हाल लिउ चौ मेशिनरी कम्पनी लिमिटेडड मेशिनरी अनुसन्धान, उत्पादन, बिक्री गर्ने मेरुदण्डरुपी उद्योग-व्यवसाय हुनुका साथै चीनको मेशिनरी उद्योग-व्यवसायहरुमध्ये शेयर बिक्री गर्ने पहिलो कम्पनी भएको छ। लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडड निरन्तर रुपमा द्रूत गतिले विकसित भएको कारण लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडले सिर्जनशीलतालाई आफ्नो उद्योग-व्यवसायको विकासको महत्वपूर्ण स्थानमा राखेको छ।

               लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडअन्तर्गत् प्रविधि अनुसन्धान तथा विकास विभागका जिम्मेवार व्यक्ति चाङ अर भिङले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै आत्म गौरबका साथ भन्नुभयो---पिनगन ठूलो भएता पनि यसको प्रणाली सूक्ष्म छ। पिनगनको प्रणाली लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडद्बारा सतप्रतिशत आत्मनिर्भर रुपमा अनुसन्धान गरिएको छ। उहाँले भन्नुभयो:

             "हाम्रो पिनगन सूक्ष्म र हात बसेको यन्त्र हो। र यो एक यन्त्रमानव वा रोबोटजस्तै हो।"

              निरन्तर रुपमा आत्मनिर्भर भएर अनुसन्धान र सिर्जनशील कार्य गरी लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेड स्वदेशी मेशिनरी व्यवसायको पहिलो स्थानमा पुगेको छ। लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडले बिक्री बजारलाई विश्वका साठीभन्दा बढी मुलुक तथा क्षेत्रमा विस्तार गरेको छ। लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडअन्तर्गत अन्तर्राष्ट्रिय व्यावसायिक विभागका उप महाप्रबन्धक व्हाङ चाउ व्हाले भन्नुभयो:

             "बजारमा लिइएको भागबाट हेर्दा हामी अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली प्रतिस्पर्धात्मक संस्था भएका छौं। जस्तै भनौं भारतमा हाम्रो बजारमा लिइएको भाग 60प्रतिशत ओगटेको छ। क्याटरपिलरले बजारमा लिएको भागभन्दा हाम्रो भाग बढी भएको छ। केही विकसित मुलुकहरुमा हामी शुरुको चरणमा रहेका छौं। तर बजारलाई निरन्तर रुपमा विस्तार गर्न हामी विश्वस्त छौं। मध्य-पूर्व र अफ्रिका हाम्रा परम्परागत बजार हुन्।"

              श्री व्हाङ चाउ व्हाले चर्चा गर्नुभएको क्याटरपिलर कम्पनी विश्वका पाँच सय वटा प्रसिद्ध शक्तिशाली उद्योग-व्यवसाय हुन्। मेशिनरी निर्माण आदि क्षेत्रहरुमा क्याटरपिलर कम्पनी विश्वमा अग्रस्थानमा रहेको छ। श्री व्हाङ चाउ व्हाका अनुसार, विश्वमा मेशिनरी सामान उत्पादन गर्ने प्रसिद्ध उद्योग-व्यवसायसित शक्तिशाली प्रतिद्बन्द्बी भएको कुरा लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेड स्थापित भएको शुरुमा सपनामा पनि चिताउन नसक्ने कुरा भएको छ।

               लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडले धेरै वर्षदेखि यता वैज्ञानिक अनुसन्धानमा थप लागनी गरेको र सिर्जनशीलताको शक्तिलाई निरन्तर रुपमा विस्तार गरेको छ। लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडले हरेक वर्ष बिक्रीको आम्दानीको 4 प्रतिशत रकम अनुसन्धान तथा विकासको शुल्कको रुपमा राखेको छ। वैज्ञानिक अनुसन्धान समूह बीस जना नपुगेको विभागबाट अहिले अठारवटा प्रतिष्ठानका पाँच सय जनाभन्दा बढी मानिसहरुबाट गठिन भएको समूहमा विस्तार गरिएको छ। अनसन्धान तथा विकासको क्षमता निरन्तर रुपमा सबल भइरहेको साथसाथै लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडको बिक्री र निर्यात रकम क्रमशःबृद्धि भएको छ। प्राप्त तथ्यंकअनुसार, गत वर्षका अघिल्ला नौ महिनामा लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडको मेनिशरी सामानको बिक्री मात्रा 32 हजार 5 सय वटा पुगेको थियो। र बिक्रीको आम्दानी आठ अर्ब चिनियाँ युआन भएको थियो। भारत, मोरक्को आदि मुलुकहरुको बजारमा लिउ चौ ‌मेशिनरी कम्पनी लिमिटेडको बिक्री मात्रा विश्वमा मुख्य प्रतिद्बन्द्बीहरुको बिक्री मात्राभन्दा बढी भएको छ। श्री व्हाङ चाउ व्हाले भन्नुभयो:

             "गत वर्ष हाम्रो बिक्री मात्रा सन् 2007 सालको तुलनामा 70 प्रतिशतले बृद्धि भएको थियो। बिक्रीको कुल रकम सन् 2007 सालको तुलनामा 90प्रतिशतले बृद्धि भएको थियो।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040