china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थाइ वानमा बसोबास गरिरहनुभएकी मङ्गोलियाली महिला कवि सि मु रुङ्गबारेको कथाको पहिलो भाग
    (GMT+08:00) 2009-09-09 16:47:07    

          आजको र अर्को हप्ताको यस चिनियाँ व्यक्तित्व कार्यक्रममा हामीले थाइ वानमा बसोबास गरिरहनुभएकी मङ्गोलियाली महिला कवि सि मु रुङ्ग बारेको कथाबारे जानकारी दिन चाहन्छौं।

           गएको शताव्दीको असी र नब्बेको दशकमा मङ्गोलियाली महिला कवि सि मु रुङ्ग चीनको जल डमरुको दुई किनारमा निकै प्रसिद्ध हुनुहुन्थ्यो। उहाँका मीठा मीठा कविताहरुबाट एक पुस्ताका व्यक्तिहरुलाई प्रभाव पारिएको छ। सि मु रुङ्ग मङ्गोलियाली जातिको परम्परागत परिवारमा जन्मनुभएपनि हुर्कनुभएको ठाउँ चाहिं मङ्गोलियाली चउर मैदानबाट हजारौं हजार किलोमिटर निकै टाढा लामो थाइ वान हो। यता निकट दर्जनौं सालमा उहाँले आफ्नै भ्याएसम्मको शक्ति र क्षमता लिंदै आफ्नै जन्मथलो भित्री मङ्गोलियाली स्वायत्त प्रदेशमा आई चर्ने-चराउने संस्कृतिको खोजतलाशी गरी जन्मथोको सम्झना बारेको चिन्तालाई हटाउनुहुँदै आएको छ। हाल उहाँले "सप्नाको जमिनको खोज"र" मङ्गोलियाली पाठ्यक्रम"नाउँका दुई वटा कृतिहरुको प्रकाशन गर्नुभएको छ। उहाँले ती कृतिहरुमा मङ्गोलियाली जातिको सम्झना भावनाको चित्रण गर्नुभएको छ। मित्रहरु अब हामीले तपाईंहरुलाई थाइ वानमा बसोबास गरिरहनुभएकी मङ्गोलियाली जातिय महिला कवीबारे जानकारी दिन चाहन्छौं।  

            मित्रहरु भर्खरै सुन्नुभएको चाहिं श्रीमती सि मु रुङ्गबाट लेखिएको"फुल फुलेको एउटा रुख"नाउँको कविता हो। "म सबभन्दा सुन्दर हुँदाखेरी कसरी तिमीलाई मसंग भेटाउँछु?हामीलाई विहे गर्न दिलाउनुहोस् भन्नाका लागि मैले बुद्धका अगाडी झण्डै पाँच सय वर्षदेखि विनम्र अनुरोध गर्दै आएको छु"। गएको शताव्दीको असी दशकको अन्तमा चिनियाँ युवा युवतीहरुले यस्तै कविताका वाक्य पढ्दा आआफ्नो मन गद गद भएर आआफ्ना प्रेमिका साथीहरुलाई माया भाव देखाउँथे।

              श्रीमती सि मु रुङ्गका कृतिहरु बारम्बार सम्पादन गरी प्रकाशित गरिएको शाङ्ग हाइ सांस्कृति प्रकाशन संस्थाका सम्पादक श्री छन स्यान फाले भन्नुभयोः

              उहाँका कृतिहरुसंग मानिसहरुमाथि प्रभाव पार्ने मानसिक पृष्ठभूमि छ। हामीले श्रीमती सि मु रुङ्गका किताबहरुमा आआफ्नो अभाव भएका चीजबीजहरुलाई भेटाउन सक्छौं। ती के हुन् भने यौवन、 सदिच्छा、भावना、 प्रौण、 सुअवसर आदि युवा युवतीहरुयुक्त तत्वहरु। तिनले अभावको आपूर्ति गरी मनोभावनालाई सबल र धनी पार्दै आएका छन्। त्यसको अतिरिक्त केही जवानहरुले जीवन यापनमा अव्यवहारिक गरी नाम मामका लागि हतार पतार गर्दै आएका छन्। अन्तमा उनीहरुलाई पनि थकाइ लाग्यो र त्यसैले उनीहरुले आआफ्नो मानसिक जन्मथलो पाउन खोज्दै आएका छन्। यहाँ भन्नुपर्ने कुरा के हो भने श्रीमती सि मु रुङ्गका कविताहरुले उक्त मानसिक जन्मथलोलाई भेटाउने बाटोमा कायम राख्दै आएका कुराहरु देखाउँछन् र मानिसहरुलाई आआफ्नो मानसिक जन्मथलो भेटाउन सहायता दिन सक्छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040