china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा सबै जनतालाई मूलभूत चिकित्सा सेवा उपलव्धसम्बन्धी दोस्रो भाग
    (GMT+08:00) 2009-09-09 16:54:44    

          छिंग व्हा विश्वविद्यालयअन्तर्गत सार्वजनिक व्यवस्थापन क्याम्पसको स्वास्थ्य र विकास अध्ययन केन्द्रका सहायक प्रमुख श्रीमती हु लिनले चर्चा गर्दै "ग्रामीण क्षेत्रलाई महत्वपूर्ण बिन्दुको रुपमा रहेको" चिकित्सा सेवासम्बन्धी नयाँ चरणको सुधारसम्बन्धी नीतिबाट चीनका व्यापक किसानहरु सबैभन्दा बढी लाभ प्राप्त हुने विचार व्यक्त गर्नुभयो:

          "यस पटकको चिकित्सा सेवासम्बन्धी सुधार कार्यको एक महत्वपूर्ण कुरा के हो भने निष्पक्षताको समस्याको समाधान। अघि यसबाट कम लाभ प्राप्त हुने ठाउँ ग्रामीण क्षेत्र हो। त्यसैले सार्वजनिकता र निष्पक्षताको निर्देशनमा यस योजना ग्रामीण बासिन्दाहरुलाई बढी लाभ दिलाउनुपर्ने कुरातर्फ उन्मुख भएको छ। यसले ग्रामीण क्षेत्रमा टाउन्शीप र जिल्लास्तरीय स्वास्थ्य चिकित्सकहरुले कुन कुन काम गर्नुपर्ने कुरा प्रष्टसँग प्रस्तुत गरेको छ"।

          गाउँघरमा ध्यान दिनुबाहेक सहरमा आर्थिक स्थिति कमजोर भएका मानिसहरुको चिकित्सा सुनिश्चितता र चिकित्सा सेवासम्बन्धी विषय पनि भावी सुधारको महत्वपूर्ण बिन्दु बनेको छ। थाहा भएअनुसार ती मानिसहरुमा टाट पल्टेका उद्योग व्यवसाय र कठिन स्थितिमा गुज्रन पुगेका उद्योग व्यवसायका कामदार र अवकाश लिएका मानिसहरु, गैर सार्वजनिक स्वामित्वयुक्त उद्योग व्यवसायका कामदारहरु तथा सहरका बृद्ध व्यक्ति, अपाँगहरु र बालबालिकाहरु समावेश छन्।

          पैचिङ विश्वविद्यालयअन्तर्गत चिनियाँ आर्थिक अनुसन्धान केन्द्रका उप प्रमुख एवम् चिनियाँ राज्य परिषद्‍अन्तर्गत सहरबासीको आधारभूत चिकित्सा र वीमासम्बन्धी परीक्षण कार्य मूल्याङ्कन विशेषज्ञ दलका सदस्य प्रोफेसर ली लिंगले वर्तमान अन्तर्राष्ट्रिय बैंकींग संकट लगातार फैलिइरहेको परिप्रेक्ष्यमा चीन सरकारले चिकित्सा स्वास्थ्य परिपाटीको जोडतोडसँग सुधार गर्नुको विशेष महत्वको रहेको छ भन्नुभयो:

          "चिकित्सा परिपाटीको सुधार कार्यले सर्वसाधारणका लागि डाक्टरलाई हेर्न गाह्रो परेको र महंगो भएको समस्याको मात्र समाधान गरेको होइन, अझ यसबाट सर्वसाधारणको स्वास्थ्यलाई सुनिश्चित तुल्याउन हितकर हुनुका साथै आर्थिक विकास गर्नतर्फ पनि सघाउ पुग्नेछ"।

          बितेका दश वर्षभन्दा लामो समयमा चीनको चिकित्सा र स्वास्थ्य कार्य सामूहिक कल्याणको दृष्टिबाट सुरु भई बजारमूलक बाटोको सर्भेक्षण गर्न खोज्दैआएको छ। अहिलेसम्म उक्त कार्य पुन: सामूहिक कल्याणको बाटोमा फर्केको देखिन्छ।

          यस आवाज एकजना पुराना चिकित्सकले बताएको आवाज हो। उनका अनुसार, उनी पहिले निकै व्यस्त थिए। दिनभरि अर्थात् चौब्बीस घण्टासम्म आराम हुने समय पटक्कै थिएन। जुन बेला रोगी आए पनि त्यहाँ डाक्टर हुनुपर्छ।

          यसवर्ष सतसट्ठी वर्षको उमेरका पुराना चिकित्सक छ्यु फङ्ग यिङ्ग निकै प्रभावित छन्। चालीस वर्षअघि उनी गाउँमा रहेका एकजना चिकित्सक थिए। सन् 1968को अन्तमा उनी विश्वविद्यालयबाट स्नातक भएपछि ल्याउ निङ्ग प्रान्तको पा पाऊ गाउँमा रहेको चिकित्सा चौकीमा एकजना "गाउँले डाक्टर"बनिसकेका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040