china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हजारौं वर्षको इतिहास बोकेको प्राचीन बस्ती ऊ चनको यात्रासम्बन्धी दोस्रो भाग
    (GMT+08:00) 2009-07-07 09:19:18    

                ऊ चन बस्तीमा पर्यटकका लागि पूर्वी र पश्चिमी भाग मात्र खुला गरिएका छन्। तीमध्ये पूर्वी भाग पश्चिमी भागभन्दा अझअघि अर्थात् सन् 2001 देखि विश्वका पर्यटकहरुसमक्ष खुला भएका हुन्। पूर्वी भागमा मुख्यत: स्थानीय परम्परागत संस्कृतिको प्रचार-प्रसार गरिन्छ। त्यस भागमा केही साना परिधिका संग्रहालयहरु पनि छन्।

                  तीमध्ये सैयौं पलङसम्बन्धी संग्रहालय, स्थानीय रीतिरिवाज संग्रहालय, काठद्बारा बनाइएका मूर्तिहरुको संग्रहालय र चीनका स्वर्गीय साहित्यकार माउ तुङ्गको निबास भवन संग्रहालय आदि हुन्। ती संग्रहालयहरु त्यति ठूला नभए तापनि सैयौं वर्षयता दक्षिणी चीनको विशेषतायुक्त इतिहासबारे पनि जानकारी दिन्छन्।

               पूर्वी भागमा रहेको सान पाई भन्ने मदिरा बनाइने घर र होङ्ग युआन थाई भन्ने कपडा रङ्गाउने घर पर्यटकका लागि अवलोकन गर्न लायक ठाउँ हुन्। सान पाई भन्ने मदिरा ऊ चन बस्तीको प्रसिद्ध मदिरा हो। त्यस मदिराको ज्यादै मीठो बास्ना रहेकाले विश्वमा निकै नामी छ। त्यहाँको मदिरा बनाइने घरमा पर्यटकले पेशागत कर्मचारीद्बारा मदिरा बनाइने रोचक प्रक्रियाको अवलोकन गरेको मात्र नभई भर्खरै बनाइएको ताजा र मीठो मदिरा पनि चाख्नसक्छन्।

                 अर्को ठाउँ अर्थात् होङ्ग युआन थाई भन्ने कपडा रङ्गाउने घरले हालसम्म लगभग एक हजार वर्षको इतिहास बोकिसकेको छ। त्यस घरमा रङ्ग्याइएको एक किसिमको नीलो कपडा विश्वप्रख्यात छ। उक्त कपडा बनाइने सबै माल-सामान प्रदुषणरहित प्राकृतिक वस्तुहरु हुन्। कपडा रङ्ग्याउने घरअगाडि केही स-साना पसलहरु छन्। पर्यटकहरु ती पसलहरुमा गएर चिनोका रुपमा एकेक वटा नीलो कपडा किन्नसक्छन्।

                 यसअतिरिक्त, ऊ चन बस्तीको पूर्वी भागमा अन्य धेरै ऐतिहासिक पर्यटकीय स्थलहरु छन्। जस्तै: स्यौ चन मन्दिर, प्राचीन चीनको थाङ्ग वंशका एकजना राजकुमारको निबास भवन, साँघुरो खाडी र स्वाङ्ग छ्याउ भन्ने प्राचीन पूल आदि छन्।

              चीनको ह नान प्रान्तबाट ऊ चन आएका युवा श्रीमान र श्रीमती दुवै नै पूल छेउ बसेर आनन्दसँग आराम गरिरहेका छन्। उनीहरु खुशीसँग भन्छन्:

               हामी हिजो यहाँ आइपुगेका थियौं। परिकल्पनाभन्दा यहाँको दृश्य झनै रमणीय छ! हामीले यहाँ तीन-चार दिनसम्म बस्ने योजना गरेका छौं। मेरा श्रीमानले भिडियो बनाउन खोज्नुभएकाले हामी यहाँ आएका हौं। पहिले हाम्रा साथीले यहाँको वातावरण निकै राम्रो छ भन्ने कुरा धेरैपटक हामीलाई बताइसकेका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040