चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्थापना भएको 70 औं वार्षिकोत्सवको उपलक्ष्यमा जून महिनाको एक तारिखदेखि अक्टुबरको एकतीस तारिखसम्म सि.आर.आई.ले विश्वभरी " चिनियाँ अन्तर्राष्ट्रिय रेडियो स्थापना भएको 70 औं वार्षिकोत्सव " सम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता आयोजना गर्ने भएको छ।

           जून महिनाको शुरुमा नेपाली सेवाले आफ्नो प्रसारण, र नेपाली सेवाको अन्लाइनमा सो ज्ञान विज्ञान प्रतियोगिता सम्बन्धी विशेष लेख र प्रश्नहरु प्रस्तुत गर्नेछ र साथै श्रोतालाई प्रश्न-पत्र पनि पठाउनेछ। श्रोताले आ-आफ्नो इच्छानुसार नेपाली सेवाको अन्लाइन वा प्रश्न-पत्र मार्फत् यस प्रतियोगितामा सहभागि हुन सक्नुहुनेछ... ... 

नियम र पुरस्कार
         अक्टुबर एकतीस तारिखपछि सि.आर.आई.का एकसट्ठी सेवाबाट जम्मा दश जना श्रोतालाई छानी विशेष पुरष्कार दिइनेछ। यसका साथै प्रथम, द्बितीय र तृतीय पुरष्कार पनि दिइनेछ। र अन्तमा हामी नेपाली सेवाको प्रसारण र अन्लाइनमा पुरष्कार हासिल गर्ने श्रोताको नामावली प्रस्तुत गर्नेछौं।
चित्रको संग्रह
         तपाईंले चित्र वा हस्तकलात्मक वस्तुद्बारा तपाईंको मनमा राखिएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलाई दिनुहुने शुभकामना तथा अपेक्षा प्रदर्शन गर्नुहुने हो भने चित्रलाई क्यामरामार्फत फोटो खिचेर हाम्रो इमेलमा पठाउनुहोस। हाम्रो इमेलको ठेगाना:xx@cri.com.cn तपाईंले पनि चिट्ठी पठाउनसक्नुहुन्छ।
जवाफको नमूना
• यान आनको गुफाबाट फैलिएको विद्युत लहरबाट तपाईँ बसेको शहरको एफ.एम.सम्म
• चीनको विकास तथा विश्वको परिवर्तनको यथोचित अभिलेखालय
• मलाई तपाईंको स्थानीय आवाज मन परेको
• नभेटेका साथी
© China Radio International.CRI. All Rights Reserved.
16A Shijingshan Road, Beijing, China. 100040