फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आकाशलाई सजाउने व्यक्तिबारेको कथा

(GMT+08:00) 2013-10-24 11:14:11

               लु व्हो जिल्ला चीनको दक्षिण पश्चिमी भागमा पर्ने स छ्वान प्रान्तको कान ची तिब्बती जातीय स्वायत्त प्रिफेक्चरमा पर्दछ। सन् 2008मा यस जिल्लाले चीनको सँस्कृति मन्त्रालयद्बारा दिइने "चीनको नागरिक साँस्कृतिक कला ग्रामीण क्षेत्र"भन्ने उपाधि पाएको थियो। यस ठूलो सम्मान स्थानीय क्षेत्रको चार सय वर्षभन्दा बढी इतिहासको लाङ्गखाचे थाङ्का -ga कलासँग घनिष्ट सम्बन्ध छ।

               तिब्बती भाषामा लाङ्गखाचेको भावार्थ "आकाशको सजावट बस्तु"भन्ने रहेको छ। लाङ्गखाचे थाङ्काको रचनाकार लाङ्गखाचे यस लु व्हो जिल्लामा जन्मेका थिए। थाङ्का रचनको चार सय वर्षभन्दा बढी इतिहास र अपेक्षाकृत पूर्ण प्रचारप्रसार शैली आदि श्रेष्ठता लाङ्गखचे थाङ्काले राखेको छ। पुस्तौं पुस्तादेखि लाङ्गखाचे थाङ्काका रचनाकार आकाशलाई सजाउने व्यक्तिहरु बनेका छन्।

             अन्य शैलीको थाङ्का भन्दा फरक यस लाङ्गखाचे थाङ्काको मुख्य विशेषता भनेको नजिकको स्पष्ट देखिनु तथा टाढाको अस्पष्ट हुनु र नजिकको ठूलो तथा टाढाको सानो भन्ने रचना तरिका हो। दश वर्षअघिदेखि लाङ्गखाचे थाङ्का कोर्नुभएको युङ्ग चु लो उले जानकारी दिएअनुसार लाङ्गखाचे थाङ्काको "सानो चित्र"भन्ने रचना प्रविधि एकदमै उत्कृष्ट छ भने यस चित्रले ठूलो प्रभाव सिर्जना गर्दछ।

             लाङ्गखाचे थाङ्काको रचना प्रविधिलाई राम्रोसँग संरक्षण र प्रचारप्रसार गर्नका लागि लु व्हो जिल्लाले थाङ्का परिषदको स्थापना गरेको छ। युङ्ग चु लो उले यस परिषदको प्रमुख पद सम्हाल्नुभएको छ। उहाँले यस थाङ्का परिषदबारे जानकारी दिँदै भन्नुभयो: विभिन्न कलाकारले यस थाङ्का परिषदमा पेशागत ज्ञान र प्रविधिको आदानप्रदान गर्दै श्रेष्ठ अनुभव सिक्नसक्ने छ।

1 2
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह