फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आकाशलाई सजाउने व्यक्तिबारेको कथा

(GMT+08:00) 2013-10-24 11:14:11

              यस थाङ्का परिषदमा थाङ्का रचना गर्ने प्रविधि अध्ययन गर्नका लागि तीन वर्षे पाठ्याक्रमको स्थापना गरिएको छ। निःशुल्क पढाई खर्च मात्र होइन विद्यार्थीले बस्न तथा खाने सेवा पनि निःशुल्क पाउनसक्छ जसबाट अनेकन् युवायुवती र केही अपाङ्ग व्यक्तिहरू पनि आकर्षित भएका छन्। बाँच्नका लागि एउटा प्रविधि सिक्ने आशा बोकेका ती विद्यार्थीहरुले यस परिषदमा आशा खोजेका छन्।

              सामान्य रुपमा कलाकारको निर्देशनमा लगभग तीन वर्षको पढाई पछि विद्यार्थी एक योग्य थाङ्का रचनाकर्ता बन्नसक्ने छ। त्यस विद्यार्थीले थाङ्का रचना गर्दै जीवन जीउनसक्ने छ।

               थाङ्का परिषद सञ्चालनमा आएदेखि हालसम्म लगातार रुपमा दुई सयभन्दा बढी थाङ्का कलाकार जम्मा गरिएको देखिन्छ। ती कलाकारहरुले आफ्नो कोर्ने कला तथा प्रविधिलाई बढाउनुका साथै परम्परागत रचना शैलीलाई तोडेर लाङ्गखाचे थाङ्का कलामा नयाँ शक्ति भित्र्याएका छन्। प्रमुख युङ्ग चु लो उले थाङ्काको परम्परागत रचना तरीका सिकेपछि पेशागत कला विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ। उहाँले भन्नुभयो: चिनियाँ परम्परागत चित्र या विदेशी चित्र होस् वा भिन्न शैलीको थाङ्का यी सबैको आ-आफ्नो विशेषता छ। हामीले यी विशेषता सिकेर आफ्नो परम्परागत कोर्ने तरिकाको माध्यमबाट लाङ्गखाचे थाङ्कामा रचना गर्दछौं जुन मेरो विचारमा अरु चित्रले यस्तो अभिव्यक्ति दिनसक्ने छैन।

            हाल यस थाङ्का परिषदका कलाकारहरुको थाङ्का रचना विदेशमा ख्याती कमाएको छ। बेलायत, जापान, अमेरिका आदि मुलुकबाट खरिद माग बढ्दै गएको छ। हरेक थाङ्का रचना संग्रह गर्न लायक बनेको छ। यस कारणले गर्दा थाङ्का रचनाको बिक्री सुव्यवस्थित पार्नु र लाङ्गखाचे थाङ्काको मार्काको संरक्षण गर्नु नै यस परिषद सामु देखापरेको नयाँ समस्या हो। यस थाङ्का परिषदको प्रदर्शनी भवनमा रहेका रचनासँग आफ्नो डाइमेन्शनल कोड Dimensional code अर्थात् परिचय रहेको छ। यसप्रति युङ्ग चु लो उले भन्नुभयो: मोबाइल फोनलाई यस डाइमेन्शनल कोडसँग जोडेपछि हरेक थाङ्काको रचना सम्बन्धी परिचय र यसका रचनाकर्ताको सम्पर्क ठेगाना थाहा पाउनसक्छ। हरेक थाङ्का र यसका रचनाकर्ताको बौद्धिक सम्पदा अधिकारको संरक्षणमा यस डाइमेन्शनल कोडले सकारात्मक भूमिका सिर्जना गर्दछ।

 


1 2
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह