"हाम्रो फार्ममा विश्वविद्यालयबाट स्नातक शिक्षित विद्यार्थी चाहिन्थ्यो, त्यसैले मैले ल्याङ स्यान जिल्लाको पावर आपूर्ति कम्पनीबाट राजीनामा गरेर फर्कें,” छोमुले यसरी भनिन्।
धेरै वर्षअघि, छोमुका बुबाले तिब्बती लिनची शहरको स्वेघा गाउँमा मुख्यतः ढुसीखेती सम्बन्धी विज्ञान र प्रविधि प्रदर्शन पारिवारिक फार्म सञ्चालन गर्नुभएको छ। सन् २०१८ मा पैचिङको प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक भएपछि, छोमुले दृढतापूर्वक जन्मथलोको बस्तीमा राम्रो तलब पाउने कार्य त्यागेर बुबाको फार्ममा फर्किने निर्णय गरे। उनले सिकेको विज्ञानमार्फत् ढुसीको गहिरो प्रशोधनमा प्रयास गरेकी छन्। हाल उनी फार्ममा व्यवस्थापन र ई-कमर्स बिक्रीसम्बन्धी काम गर्छिन्। खेतमा नयाँ जीवन सास फेर्ने मात्र होइन, तर आफ्नो बुबालाई गरिबी र जसले फार्ममा नयाँ जैविक शक्ति थप्नुका साथै बुवाले स्थानीय मानिसहरूलाई समृद्धि हुन नेतृत्व गर्नका लागि पनि सहयोग गर्छिन्।
छोमुको अनुभव केही वर्षयता तिब्बतमा व्यवसाय सुरु गर्ने धेरै युवाहरूको जीवनको माइक्रोस्कोप हो। हाल तिब्बतको ल्हासा, लिङ्ची लगायत क्षेत्रमा छोमुजस्तै थुप्रै युवाहरू छन्। तिनीहरूमध्ये कोही तिब्बतमा जन्मेका हुन् भने केहीले तिब्बतमा विकास हुने मौका अपनाएका छन्। उनीहरू हिमाली पठारभूमिमा उद्यमशील युवाप्रतिनिधि बनेका छन्।
व्यवसाय सुरु गर्न तिब्बतले के कारणले तिनीहरूलाई आकर्षित गरेको छ? सर्वप्रथम स्थानीय अर्थतन्त्रको तीव्र विकास हो। विगतमा, तिब्बत चीनमा गरिबी दर तथा गरिबी निवारण लागत सबैभन्दा बढी र गरिबीमुक्त हुने सबैभन्दा गाह्रो क्षेत्र मानिन्थ्यो।
केही वर्षदेखि केन्द्रिय सरकारको सहयोगमा, तिब्बतले नयाँ तथा विशेषतायुक्त सांस्कृतिक र पर्यटकीय औद्योगिक प्रणाली, उच्च दक्षता भएको कृषि विज्ञान-प्रविधि पार्क र उच्च उत्पादन हुने औद्योगिक आधारको विकास गर्दैआएको छ। सन् २०१९ को अन्त्यमा तिब्बतले ऐतिहासिक रूपमा निरपेक्ष गरिबी उन्मूलन गरेको छ। सन् २०२१ मा तिब्बत र चीनका अन्य भागले सँगसँगै पूर्ण समृद्ध समाजको निर्माण पूरा गरेका छन्। चालु वर्षको पूर्वार्धमा तिब्बतको क्षेत्रीय जीडीपी १ खर्ब १८अर्ब ९४करोड ५०लाख युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ६.१ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि गति चीनको दोस्रो स्थानमा परेको छ। यी डाटाहरूबाट तिब्बतको तीव्र विकासको पुष्टि गरिएको छ। यो झन् झन् बढी युवाहरूलाई तिब्बतमा व्यवसाय सुरु गर्न आकर्षित गर्ने मुख्य शक्ति बनेको छ।