
"पाण्डाहरु के-कस्ता छन त? तिनीहरुको खाना बाँस छ कि छैन? तिनीहरु राम्रोसँग समय बिताउँछन कि? ती विषयबारे मैले थाहा पाउने विचार गरेको छु।"
केही समयअघि पैचिङ्गबासी बालक च्याङ रो सिले पैचिङ्ग चिडियाखानामा नौ महिनासम्म बसेका आठ वटा पाण्डासँग बिदा लिएका छन्। ती आठवटा पाण्डा गत वर्षको मै बाह्र तारिखका दिन स छुआवानको वन छुआवानमा विनाशकारी भूकम्प गएपछि स छुआवानको व लुङबाट चीनका विभिन्न प्रान्त तथा शहरमा सारिएका त्रीसट्ठी वटा पाण्डाहरुमध्येका केही हुन्। भूकम्प गएको एक वर्षपछि धेरै पाण्डाहरुले स छुआवानमा रहेका तिनीहरुको आवास क्षेत्र फर्कँदै गएका छन। अनि ती पाण्डाहरुको घरको पुनर्निर्माण अवस्था के-कस्तो छ? पाण्डाहरुको दैनिक जीवन तथा स्वास्थ्य कस्तो छ? ती विषयहरु तपाईंलगायत् विश्वका विभिन्न ठाउँमा रहेका पाण्डाप्रेमीहरु तथा साथीहरुले ध्यान दिने कुरा हुन। आजको विशेष कार्यक्रममा तपाईंहरु मसँगै ती प्रश्नहरुको जवाफ खोज्न जाऊँ ल।
"भूमि हल्लँदाखेरी ती पाण्डाहरु हिंड्न सकेनन्। निकै डर लाग्यो। तिनीहरु एक गोलो बल जस्तो एक अर्कासँग नजिक रहे। यस्तो प्रकोपबाट पाण्डाहरुलाई दिएको मानसिक दबाव तथा क्षति एकदम ठूलो थियो।"
1 2 3 4
|