china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "पुन:रुत्थान हुने स छ्वान वन छ्वान भूकम्पपछिको पहिलो संझना दिवस" : पाण्डालाई एउटा नयाँ घर प्रस्तुत—मै बाह्र भूकम्प एक वर्षपछि पाण्डाको अवस्था
    (GMT+08:00) 2009-05-04 16:04:52    

                   चीन पाण्डा आरक्षण तथा अनुसन्धान केन्द्रको नयाँ ठेगाना निश्चित भइसक्यो र त्यो पुरानो ठेगानादेखि दश किलोमिटर टाढासम्मको कङ ता जिल्लाको ह्वाङ छाउ फिङ क्षेत्र हो। नयाँ ठेगानाको छनौट गर्दाखेरी भौगोलिक सुरक्षा, पाण्डाहरुको बस्ने बानी लगायत विविध कारक तत्वलाई विचार गरिएको छ। नयाँ घर फराकिलो र वातावरण होस वा मौसम वा पानी श्रोत सबै व लुङ क्षेत्रमा सबभन्दा राम्रो हुन्छ। पुनर्निर्माण परियोजना चालू वर्षको जुलाइमा शुरु हुने भएको छ र यस परियोजनामा लगाइएको कूल रकम एक अर्ब चालिस करोड चिनियाँ युआन भएको छ। यसबारे थप जानकारी दिँदै श्री चाङ ह मिनले भनेः

                    "हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र सरकारले हामीलाई सहायता दिएको छ। हामीलाई निकै खुशी लागेको छ र यसबाट ठूलो विश्वास पनि हामीले पाएका छौं। छोटो समयमा व लुङ पाण्डाको घरको पुनर्निर्माणलाई पूरा गर्ने हाम्रो आशा छ।"

                     पाण्डाहरुको विविधतालाई कायम गर्नका लागि भूकम्पबाट स्थगित गरिएको मानव सहयोगमा पाण्डालाई हुर्काउने तथा पाण्डालाई प्रकृतिमा फर्काउने काम चाँडै नै पुनः शुरु गर्ने आशा पनि श्री चाड ह मिनले व्यक्त गरे। आगामी दुइ/तीन वर्षमा यस कामलाई पुनः शुरु गराउन हालै भौगोलिक प्रकोपको संचालन तथा बनस्पतिको पुनः स्थापना परियोजनालाई व्यवहारमा उतार्नुपर्छ। श्री चाङ ह मिनले यसबारे ब्याख्या गर्दै भनेः

                जंगली पाण्डा हुर्कने प्रक्रिया भनेको समुद्र सतहदेखि होचो क्षेत्रबाट अग्लो क्षेत्रसम्म सर्ने प्रक्रिया हो। विभिन्न उचाइमा रहेका बाँसको जरा परिपक्व हुने समय पनि फरक-फरक हुन्छ। हरेक वर्षको मार्च/अप्रिल महिनामा पोथी पाण्डाहरुले गर्भाधारण गरेपछि शक्तिको संचय गर्न होचो क्षेत्रबाट अग्लो भागसम्म सरेर बाँसको जरा खोज्ने गर्छन्। अनि अगष्ट/सेप्टेम्बर महिनामा बच्चा पाण्डा जन्मने गर्दछन्। जंगली पाण्डाको आवास क्षेत्र तथा हुर्कने प्राकृतिक प्रक्रियाका लागि श्री चाङ ह मिनले आरक्षण क्षेत्रमा रहेका आठ सय सत्तरी वटा किसान परिवारलाई पहाडी क्षेत्रदेखि खोला तथा उपत्यकासम्म सारी पुनः बन्दोबस्त गर्ने योजना गरिरहेको बताए। यसबारे जानकारी दिँदै उनले भनेः

                     "यस परियोजनालाई चाँडै नै व्यवहारमा उतार्नुपर्छ। स्थानीय बासिन्दाहरुलाई सामूहिक रुपमा बन्दोबस्त गरी पहाडी क्षेत्रमा बाँस रोपेर पाण्डाहरुको आवास क्षेत्रलाई विस्तार गर्ने छौं। यो हामीले गर्नुपर्ने जरुरी काम हो। आगामी दुइ/तीन वर्षमा यस परियोजना सिध्याउने हामी कोशिष गर्दै जानेछौं।"


    1 2 3 4
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040