आठ रिक्टर स्केलको भूकम्पले भूकम्पको केन्द्रदेखि एघार किलोमिटर नजिक पर्ने व लुङ पाण्डा आरक्षण क्षेत्रलाई ठूलो परिधिमा ध्वस्त पार्नुका साथै आरक्षण क्षेत्रमा बसेका पाण्डाहरुलाई पनि क्षति पुर्यायो। गत वर्ष गएको भूकम्पमा परेका पाण्डाहरुको अवस्थाको सिंहावलोकन गर्दै स छुआवान व लुङ पाण्डा आरक्षण तथा अनुसन्धानालयका प्रमुख पाण्डाका पिता मानिने चाङ ह मिनलाई दुःख लागेको छ। भूकम्पमा केही पाण्डा ढुँगामुनि परे भने केही पाण्डा आघात भएर बच्चा तुहिए। तिनीहरुको मायालाग्दो आँखा देखेर मानिसहरुको मनमा दुःख लाग्छ। एक वर्ष बितिसकेपछि चाङ ह मिनले प्रयोग गरेको मायाले हुर्काउने तरिकाको स्पष्ट र प्रभावकारी नतिजा आयो।

"हामीले पाण्डाहरुलाई मानसिक आराम दिँदै आएका छौं। हामीले तिनीहरुलाई सुम्सुम्याउछौँ र तिनीहरु नजिक गएर कुराकानी गर्दछौं। अग्लो ठाँउमा उभिनुको सट्टामा हामी भूमिमा पाण्डाहरुसँग सम्पर्क गर्दै आएका छौं। एक वर्षको प्रयासपछि हाम्रा पाण्डाहरु एक वर्षअघिको शारिरिक तथा मानसिक स्तरमा फर्केका छन्।"
हालै हाम्रो रेडियोका सम्बाददाताले व लुङदेखि एक सय किलोमिटर टाढा पर्ने छङ तु पाण्डा हुर्कने अनुसन्धान केन्द्रमा हरियाली रुखहरुमाझ केही पाण्डाले खेल्दै रमाइला गरिरहेका देखे। अमेरिकी सिआटलबाट छङ तु गएका श्री वासिङ्गटनले पाण्डाहरु बाँस खाइरहेको देखेर भनेः
"ती पाण्डाहरु निकै रमाइला छन। पाण्डा देखेको यो मेरो पहिलो पटक हो। विशेष गरी बच्चाहरुले खेलिरहेको दृश्य निकै रमाइलो लाग्यो। छङ तु पाण्डा हुर्काउने स्थानको डिजाइन राम्रो छ। मैले यति धेरै र ठूलो बाँसघारी देखेको थिइँन।"
पाण्डाको स्याहार सुसार गर्ने लाउ थान तथा एकजना जापानी विद्यार्थी स्वयमसेवकले पाण्डालाई खुवाउने खाना तयारी गर्दैछन। भूकम्प गएपछि चारवटा पाण्डा व लुङबाट त्यहाँ सारिए र आजकाल तिनीहरु अरु पाण्डासँगको दाँजोमा केही फरक छैनन् भन्ने लाउ थानले बताए। ती पाण्डाहरुबारे चर्चा गर्दा लाउ थानले आफ्नो छोराछोरीबारे कुराकानी गरेको जस्तै गरी भनेः
"उनीहरूलाई राम्रोसँग व्यवहार गर्यो भने मेरो कुरा सुनेर भनेको मान्छन्। ती पाण्डालाई रोग लागेमा म पशुचिकित्सकलाई भनिहाल्छु। विशेषज्ञ यहाँआएर उनीहरुलाई हेरेता पनि मलाई चिन्ता लागिरहन्छ।"
1 2 3 4
|