
चीनको दक्षिण पश्चिमी भागमा पर्ने स छ्वान प्रान्त धेरै वर्षयता प्रशस्त पर्यटन स्रोत भएकाले विश्वप्रख्यात हुँदैआएको छ। तर गत वर्षको "मे बाह्र" बिनाशकारी भूकम्पबाट स छ्वान प्रान्तको पर्यटन उपभोगलाई ठूलो मात्रामा घटाइएको थियो। स छ्वान प्रान्तको मूल व्यवसायमध्येको एक अर्थात् पर्यटन व्यवसायका लागि प्रत्यक्ष नोक्सानी साट्ठी अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको थियो। लगभग एक वर्षसम्मको प्रयासमार्फत् हाल स छ्वान प्रान्तमा भूकम्पग्रस्त क्षेत्रको पर्यटन अवस्थामा पुनरुत्थान हुने प्रवृत्ति देखा परेको देखिन्छ।
जापानबाट आएका पर्यटक युशी ओतानी धेरै पटक चीन आएका थिए। "मे बाह्र" बिनाशकारी भूकम्प उत्पन्न भएपछि उनी चीनको परम्परागत संस्कृतिको सम्मानलाई लिएर फरि एकपल्ट गम्भीर रुपमा ध्वस्त पारिएको तु च्याङ्ग येन पर्यटकीय स्थल पुगेका थिए। उनले त्यहाँको वर्तमान अवस्थाबारे जानकारी लिन खोजेका थिए। पुगेपछि त्यहाँको सुरक्षित पर्यटन वातावरण देख्दा उनलाई एकदमै खुशी लागेको छ। उनी यसरी भन्छन्:
चीनको इतिहास म निकै मन पराउँछु। बाल्यकालदेखि नै मैले चीनका ऐतिहासिक किताबहरु पढ्दैआएको छु। म चीन आएको यो छैठौं पटक हो।जागिरबाट अवकाश पाएपछि म हरेक वर्ष चीन आएको छु। प्रत्येक चोटि तीन/चार हप्तासम्म म चीनमा बस्ने गर्दछु। यस पटक स छ्वान पुगेपछि भूकम्पमा ध्वस्त पारिएका अधिकांश घरबार मैले देखेको छैन। चीन पुग्नुअघि जापानी पर्यटन एजेन्सीले मलाई के बताएको थियो भने यहाँको अवस्था सामान्य बनिसकेको छ। यसो हुनाले म कुनै पनि चिन्ता नलिई नै म यहाँ पुगेको छु।
1 2 3 4
|