china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "पुन:रुत्थान हुने स छ्वान . वन छ्वान भूकम्पपछिको पहिलो संझना दिवस" : सुन्दर दृश्य अझ बाँकी छ भने विश्वास लिएर पाहुनाको स्वागत
    (GMT+08:00) 2009-05-04 16:00:40    
     

                   उप प्रमुख स्याउका अनुसार, हाल हरेक दिन च्यौ चाई कौ पर्यटकीय स्थलमा स्वागत गरिने पर्यटकहरुको संख्या तीन हजार आठसयजना पुगेको छ। त्यस संख्याबाट के प्रमाणित हुन्छ भने च्यौ चाई कौ पर्यटकीय स्थलको पर्यटन पुन:रुत्थान हुने प्रवृत्ति स्पष्टसँग देखापरेको छ। उहाँ यसरी भन्नुहुन्छ:

                  कम नोक्सानी हुने आधारभूत प्रबन्धको मर्मत कार्य हामीले सिध्याइसकेका छौं। के भन्नसकिन्छ भने पर्यटकहरुका लागि हाम्रो च्यौ चाई कौ र व्हाङ्ग लोङ्ग भन्ने पर्यटकीय स्थल र हाम्रो फराकिलो घाँसे मैदानको अवलोकन गर्नु ज्यादै सुरक्षित रहेको छ।

                 स छ्वान प्रान्तको पर्यटन व्यवसायको पुनरुत्थानमा जोड दिनका लागि प्रान्तीय पर्यटन ब्यूरोले प्रान्तभरिका पर्यटकीय स्थलमा विभिन्न किसिमका सहुलियत नीति अपनाउने प्रस्ताव पनि प्रस्तुत गरेको छ। साथै प्रान्तीय पर्यटन ब्यूरोले मे महिनामा मायालु भावनालाई धन्यवाद दिने विशेष गतिबिधिको पनि आयोजना गर्ने भएको छ। बिनाशकारी भूकम्प उत्पन्न भएको एक वर्ष अर्थात् मे बाह्र तारिखका दिन पर्यटकहरुले स छ्वान प्रान्तभित्रका सबै पर्यटकीय स्थल नि:शुल्क रुपमा अवलोकन गर्नसक्नेछन्। यसबाहेक मे महिनाका अन्य दिनहरुमा पर्यटकहरुले करिब आधा मूल्यका पर्यटकीय स्थलका टिकट किनेर अवलोकन गर्नसक्नेछन्। त्यस गतिबिधिको उद्देश्य समाज र विभिन्न क्षेत्रका मित्रहरुद्बारा स छ्वानको ख्याल विचार, समर्थन र अनिवार्य सहायताप्रति धन्यवाद व्यक्त गर्नु हो।

                  यसअतिरिक्त, अझ बढी पर्यटकलाई आकर्षण गर्नका लागि स छ्वान प्रान्तका केही पर्यटन एजेन्सीहरुले पर्यटनसम्बन्धी नयाँ रोडम्याप बनाएका छन्। ती नयाँ रोडम्यापहरुमध्ये प्रकोपपछि किसानहरुको नयाँ गाउँको पुन:निर्माणसम्बन्धी यात्रा र ग्रामीण क्षेत्रको वास्तविक जीवनको अनुभवसम्बन्धी यात्रा आदि पनि समावेश छन्। छङ्ग तु शहरले "प्रकोपग्रस्त क्षेत्रमा गएर आबासभवनको पुन:निर्माण गर्नुका साथै ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यको अवलोकन गरौं" भन्ने विशेष कार्यक्रम पनि प्रस्तुत गरेको छ। तीमध्ये पश्चिमी पहाड बस्ती, आन रन प्राचीन बस्ती र फिङ्ग ल प्राचीन बस्ती लगायतका अधिकांश ग्रामीण क्षेत्रको यात्रा पनि समावेश छन्। गम्भीर भूकम्पग्रस्त यिङ्ग स्यौ बस्ती पहिले च्यौ चाई कौको पर्यटन क्रममा रहेको एउटा सानो बस्ती थियो। हालआएर झन्-झन् बढी पर्यटक यिङ्ग स्यौ बस्तीको अवलोकन गर्ने गरेका छन्। त्यो बस्ती क्रमश: विभिन्न पर्यटन एजेन्सीका नयाँ पर्यटन रोडमा हुने महत्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ।

                   एक वर्षसम्मको पुन:निर्माण भएपछि हाल स छ्वान प्रान्तको पर्यटन व्यवसाय राम्रोसँग हुदैआएको देखिन्छ। विशेषत:सन् 2009यता पर्यटनसम्बन्धी आधारभूत प्रबन्धको पुन:निर्माण र पर्यटनसम्बन्धी उपभोगलाई तेजिलो पार्ने प्रयासमार्फत स छ्वान प्रान्तको पर्यटन व्यवसाय द्रुत गतिले विकसित हुदैगएको छ। स छ्वान प्रान्तको पर्यटन ब्यूरोका प्रमुख चाङ्ग कुले हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै भन्नुभयो:

                   लगभग एक वर्षसम्मको प्रकोपपछिको पुनर्निर्माण भएपछि यस वर्षका अघिल्ला तीन महिनामा हामीले टड्कारो उपलब्धि प्राप्त गरेका छौं। गत वर्षको सोही अवधिको तुलनामा यस वर्षका अघिल्ला तीन महिनामा हाम्रो पर्यटनको आम्दानीमा बाह्र दशमलब एक प्रतिशतले वृद्धि भएको छ।

                   प्रमुख चाङ्गका अनुसार, हाल प्रकोपपछि पुनरुत्थान भइरहेको स छ्वान प्रान्तको पर्यटन व्यवसाय क्रमश: तीव्र गतिले विकसित भैरहेको छ। साथै स छ्वान प्रान्तको पर्यटन बजारको पूर्ण पुनरुत्थानप्रति उहाँ आशावादी हुनुहुन्छ। उहाँ यसरी भन्नुहुन्छ:

                 सन् 2009मा पर्यटनको कूल आम्दानी सन् 2007अर्थात् भूकम्प हुनुअघिको स्तरसम्म पुग्ने अथवा त्यसलाई नाघ्ने अनुमान गरिएको छ। हामी विश्वस्त छौं।

                   श्रोता, पुनर्निर्माणसम्बन्धी स छ्वान बासीहरुको अठोटले पर्यटकहरुको विश्वासलाई पनि क्रमश:बलियो पार्दैआएको देखिन्छ। साथै क्रमश:पुन:रुत्थान रहिरहेको पर्यटन बजार उक्त विश्वासको स्थापना गर्ने सशक्त सुनिश्चितता हुनेछ। स छ्वान प्रान्तको सुन्दर दृश्य भगवानबाट सिर्जना गरिएको हो। पुनिर्माण कार्यमा उत्तीर्ण भएपछि स छ्वानले आफ्नो सुन्दर र विश्वासिलो हाँसोमार्फत विश्वका विभिन्न स्थानका पाहुनाहरुको स्वागत् गर्दैजानेछ।


    1 2 3 4
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040