तु च्याङ्ग येनको जल परियोजनाको डिजाइनरलाई सम्झने एल वाङ्ग मन्दिर बिनाशकारी भूकम्पमा परी भत्किएको थियो। चीनको राष्ट्रिय पूरातात्त्विक वस्तु ब्यूरोले त्यस मन्दिरको मर्मत कार्यको जिम्मवारी लिने गरेको छ। प्राचीन वास्तुको नक्शाबमोजिम आधुनिक वैज्ञानिक तरिकाले मर्मत गरिनुपर्छ। तु च्याङ्ग येन शहरको पर्यटन ब्यूरोअन्तर्गत बजार विभागका जिम्मेवार व्यक्ति चाङ्ग चोङ्ग शङ्गका अनुसार, एल वाङ्ग मन्दिर दुई अथवा तीन वर्षपछि पर्यटकहरुसमक्ष पुन:खुला हुने अनुमान गरिएको छ। उहाँले हामीलाई जानकारी दिंदै भन्नुभयो:
प्राचीन वास्तुको स्वरुपबमोजिम पुन:मर्मत गर्नु नै हाम्रो सिद्धान्त हो। साथै हामीले पहिलेको मापदण्डबमोजिम् नै त्यसको पुन:मर्मत र स्थापना गर्नुपर्छ। राष्ट्रिय पूरातात्त्विक वस्तु ब्यूरो र हाम्रो देशको पूरातात्त्विक वस्तु ऐनअनुसार प्रत्येक प्राचीन वास्तुको आफ्नो लेखाइ र ब्याख्या छन्। हाम्रो पूरातात्त्विक वस्तुको संरक्षण विभागले सम्बन्धित आग्रहअनुसार वैज्ञानिक तरिकाको प्रयोग गरी पूरातात्त्विक वस्तुको संरक्षण गर्नुपर्छ।

तु च्याङ्ग येनबाहेक आ पा तिब्बती र छ्याङ्ग जातीय स्वशासित प्रिफेक्चरको नान फिङ्ग जिल्लाभित्र अवस्थित प्रसिद्ध पर्यटकीय स्थल अर्थात् च्यौ चाई कौ पर्यटन बजारको परिपाटी समष्टिगत रुपमा पुन:राम्रो बन्दैआएको देखिन्छ। आ पा तिब्बती र छ्याङ्ग जातीय स्वशासित प्रिफेक्चरका उप प्रमुख स्याउ यौ छाईका अनुसार, च्यौ चाई कौको पर्यटनसम्बन्धी आधारभूत प्रबन्ध मोटामोटी रुपमा नष्ट नभए तापनि त्यहाँतिर जाने राजमार्ग ध्वस्त पारिएकाले च्यौ चाई कौको पर्यटन अवस्थालाई केही नकारात्मक असर पारेको छ। उहाँले जानकारी दिंदै भन्नुभयो:
अहिले हाम्रा कदम यस प्रकार छन्:पहिलो, छिटोभन्दा छिटो गरी उत्तर पश्चिमी पर्यटन राजमार्गलाई खुला गर्नुपर्छ। यात्रुवाहक बस कान सु प्रान्तको लान चौ शहरबाट च्यौ चाई कौ पुग्नसक्नेछ। दोस्रो, हामीले राष्ट्रिय नागरिक विमान ब्यूरोसमक्ष के निवेदन दिनेछौं भने पैचिङ्ग, शाङ्गहाई, शन चन र क्वाङ्ग चौ यी ठूला शहरबाट च्यौ चाई कौतर्फ उड्ने प्रत्यक्ष विमानलाईन खोल्नु ज्यादै आवश्यक हुनेछ। त्यहाँ प्रत्यक्ष रुपमा विमानसेवा खुलेपछि यहाँ आउने पर्यटकहरुको संख्या ठूलो पैमानामा बढ्ने सम्भावना छ।
1 2 3 4
|