
युशी ओतानी जस्तै तु च्याङ्ग येन पर्यटकीय स्थलको अवलोकन गर्ने पर्यटकहरुको संख्या बढी छ। उनीहरुमध्ये प्रायःजसोले आफूद्बारा "मे बाह्र" बिनाशकारी भूकम्प उत्पन्न भएपछि त्यहाँको वास्तविक अवस्थाबारे जानकारी लिन खोजेका छन्। तु च्याङ्ग येन पर्यटकीय स्थल र भूकम्प उत्पन्न केन्द्रीय क्षेत्र अर्थात् यिङ्ग स्यौ शस्तीबीच दशौं किलोमिटरको दूरी मात्र छ भने भूकम्पबाट पर्यटकीय स्थलका अधिकांश ठाउँलाई ध्वस्त पारिएको थियो। गत वर्षको सेप्टेम्बर महिनाको अन्त्यसम्म मात्र त्यस पर्यटकीय स्थल सर्वसाधारणका लागि पुन:खोलिएको छ। तु च्याङ्ग येन शहरको पर्यटन ब्यूरोअन्तर्गत् बजार विभागका जिम्मेवार व्यक्ति चाङ्ग चोङ्ग शङ्गका अनुसार, हाल तु च्याङ्ग येन पर्यटकीय स्थलमा हरेक दिन छ हजारजना पर्यटकको स्वागत गरिन्छ। उहाँले पर्यटकीय स्थल भूकम्प हुनुअघिको स्तरलाई नाघ्ने सम्भावना हुने ठहर लिनुभएको छ। उहाँ यसरी भन्नुहुन्छ:
सन् 2009देखि यता विशेषगरी वसन्त चाडको लामो बिदालगायत् यस वर्षका अघिल्ला तीन महिनासम्म पर्यटकको स्वागत गर्ने मात्रा र पर्यटनसम्बन्धी आम्दानीको तथ्याङ्कअनुसार, हाम्रो पर्यटकीय स्थल पुन:खुला भएको अवस्था निकै राम्रो देखिएको छ। पर्यटकको संख्या र आम्दानीको अवस्था मोटामोटी रुपमा सन् 2008को सोही अवधिको स्तरसँग उस्तै रहेको छ। यस वर्षभित्र त्यस स्तरलाई सन् 2007को शतप्रतिशतसम्म पुन:उकासिनेमा हामी विश्वस्त छौं।

भूकम्पग्रस्त क्षेत्रको पर्यटनको पुन:स्थापना गर्नका लागि बिनाशकारी भूकम्प गएपछि स छ्वानका विभिन्न स्थानले पर्यटकीय स्थलमा ध्वस्त पारिएका प्रबन्धहरु तथा बाटाहरुको पुन:मर्मत जोडतोडसँग गरेका छन्। हाल स छ्वान प्रान्तको सदरमुकाम छङ्ग तु शहरको यातायात विभागले जोडतोडसँग नौवटा मुख्य राजमार्गको निर्माण गरिरहेको छ। यसअतिरिक्त, विभिन्न स्थानका पर्यटन विभागहरुले स्थानीय पर्यटकीय स्थल, यातायात र अतिथिलगायतका आधारभूत अवस्थाबारे जानकारी दिइने प्रचार—प्रसार-पत्र बनाएर विभिन्न होटेल र पर्यटनसम्बन्धी स्टेशन आदि ठाउँमा वितरण गरेका छन्। जर्मनी पर्यटक माट्टियास जेहरिङ्गका अनुसार, केही पर्यटकीय स्थल घुम्ने क्रममा बिनाशकारी भूकम्पबाट छाडिएको संकेत पटक्कै देखिएको छैन। उनी यसरी भन्छन्:
भूकम्पग्रस्त क्षेत्रसम्बन्धी अधिकांश चित्र र रिपोर्टहरु मैले हेरेको छु। साथै तु च्याङ्ग येन शहरमा भूकम्पबाट ध्वस्त पारिएका आबासभवनहरु पनि मैले देखेको छु। हालआएर भूकम्पबाट छाडिएका संकेत मानिसले देख्नै पाउँदैनन्। पुन:स्थापना कार्य तीव्र गतिले चलिरहेको छ।
1 2 3 4
|