फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती कागतसँग सम्बन्धित एक तिब्बतीको कथा

(GMT+08:00) 2013-10-23 17:11:11

           कागतको उत्पादित प्रविधि चीनको प्राचिन कालको सबैभन्दा प्रसिद्ध चार आविष्कारमध्येको एक हो भने हालसम्म यसको दुइ हजार वर्षभन्दा बढी लामो इतिहास बनिसकेको छ। तिब्बती कागतको इतिहास तेह्र सय वर्षअघि सुरु भएको हो। लिखित प्रमाणपत्र बमोजिम चीनको थाङ्ग राजवँशका राजाले प्राचीन तिब्बती क्षेत्रका राजासँग विवाह सम्बन्ध स्थापना गर्नका लागि राजकुमारी वेन छङ्गलाई त्यहाँ पठाएका थिए। राजकुमारी वेन छङ्गले हान जातिद्बारा आविष्कार गरिएको कागत उत्पादित प्रविधिलाई प्राचीन तिब्बती क्षेत्रमा प्रवेश गराएकी थिइन्। त्यसपछिको एक हजारभन्दा बढी वर्षको लामो समययता उद्यमी तिब्बती जनताले कागत उत्पादित प्रविधि सिक्दै आफ्नो भौगोलिक श्रेष्ठता बोक्ने तिब्बती कागतको विकास गरेका छन्। तिब्बती कागतले तिब्बती जातिको सभ्यताको इतिहासमा निकै महत्वपूर्ण र गहन प्रभाव पारेको छ।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह