फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती कागतसँग सम्बन्धित एक तिब्बतीको कथा

(GMT+08:00) 2013-10-23 17:11:11

            सन्2006 मा तिब्बतको परम्परागत कागत उत्पादन प्रविधि ‌‌‌औपचारिक रुपमा चीनको पहिलो श्रृंखला राष्ट्रिय गैरभौगोलिक साँस्कृतिक पुरातात्विक बस्तु सूचीमा राखियो। छिरुन्तोजे पनि ‌औपचारिक रुपमा निमु तिब्बती कागतको प्रचारप्रसारकर्ता बन्नुभयो। झन झन बढी स्वदेशी तथा विदेशी पर्यटकले तिब्बती कागतको अवलोकन गर्न निमु ग्रामीण क्षेत्रमा आउँछन्। त्यसपछि उहाँको मनमा तिब्बती कागतको नामलाई अझ टाढा टाढासम्म फैलाउने अठोट अझै गहन रुपमा पैदा भएको छ। अझै खुशीको कुरा के भने तिब्बती जातिको यस महान पुरातात्विक बस्तुलाई राम्ररी संरक्षण गर्दै सँसारमा प्रचारप्रसार गर्नका लागि सोही वर्ष सरकारद्बारा प्रदान गरिएको पुँजीमा निमु तिब्बती कागत उत्पादन उद्यान स्थापित भयो। छिरुन्तोजे र उहाँको कागत कारखाना यहाँ रहन थाल्यो।

            यस निमु तिब्बती कागत उत्पादन उद्यानलाई प्रदर्शनी भवन,उत्पादन भवन,गोदामले विभाजन गरिएको छ। प्रदर्शनी भवनमा प्रवेश गरी तिब्बती कागत र तिब्बती कागतबाट उत्पादित विविध कलावस्तु हेर्न सकिन्छ। यस भवनको पर्खालमा राखिएका तिब्बती कागतको इतिहास,उत्पादित प्रविधि सम्बन्धी विभिन्न फोटाहरुबाट सर्वसाधारणसमक्ष यस कागतको रहस्यमय शक्ति देखापर्दछ।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह