गत वर्षको "मे बाह्र" तारिखमा चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको विनाशकारी भूकम्पबाट चीनको छ्याङ जातिको बसोबास क्षेत्रलाई गम्भिरताका साथ प्रभावित गरेको थियो। यस विनाशकारी भूकम्पमा परी छ्याङ जातिका केही लोक कलाकारको ज्यान जानुका साथै छ्याङ जातिको परम्परागत संस्कृतिलाई भयङ्कर रुपमा प्रभावित गरिएको छ। अहिले एक वर्ष वितिसकेको छ, छ्याङ जातिको संस्कृतिको संरक्षण तथा त्यसको निर्माण कार्यमा के कस्ता प्रगति हासिल भएका छन त? आजको विशेष कार्यक्रममा यसै विषयलाई लिएर एउटा विस्तृत विवरण सुन्नुहोस्।

यो गीत गाइरहेकी महिलाको नाम वाङ चन फाङ हो। चवालीस वर्षीय वाङ चन फाङ छ्याङ जातीय बासिन्दा हुन्। उनी स छ्वान प्रान्तको यिङ श्यु गाउँबस्तीमा बस्छिन्। उनी छ्याङ जातिको परम्परागत गीत राम्रोसँग गाउनुका साथै छ्याङ जातिको बुनाइ राम्रोसँग बनाउँछिन। उनी पाउदानी तथा स्कार्फ पनि राम्रोसँग बनाउँछिन्। छ्याङ जातिको ती परम्परागत सांस्कृतिक सीप सिक्न उनका कुनै गुरु छैनन्। उनले तिनीहरुको स्वअध्ययन गरेकी छिन्। यस कुराबारे चर्चा गर्दा उनी भन्छिन्,
मैले ती सीपहरु सिकेकी थिइनँ। आइतबार मेरी आमाको घर फर्केर मेरी आमा तथा अरु बूढीहरुले बुनेको मैले देखेँ। र आफ्नो घर फर्केपछि मैले आफ्नो यादबमोजिम बुनाइ बनाएँ।
1 2 3 4 5
|