china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विनाशकारी भूकम्पबाट प्रभावित छ्याङ जातिको संस्कृतिको पुन:निर्माण
    (GMT+08:00) 2009-05-04 16:03:04    

                  छ्याङ जातिकी एक जना बासिन्दा श्रीमति श छ‍ङ आनले भूकम्पअघि खास गरी कृषि कार्य गरेकी थिइन्। अहिले उनले नयाँ आबासमा सरेर आफ्नो घरबाट बनाइएको छ्याङ जातिको विभिन्न प्रकारको हाते कल्ला वस्तु तथा छ्याङ जातिको विशेषता रहेको परालबाट बनाइएको जुत्ता लिएर नयाँ निर्माण गरिएको चोकमा व्यापार गर्न थालेकी छिन्। अहिले पर्यटकहरुको संख्या त्यति धेरै नभएतापनि उनले आफ्नो भविश्यबारे पूर्ण विश्वास लिएका छिन्।

                  पर्यटन उद्योगको विकास भएपछि मेरो व्यापार अवश्य नै राम्रो हुनेछ। अरु बढी पर्यटक हाम्रो छ्याङ जातिको गाउँबस्ती घुम्नसक्ने आशा मैले लिएकी छु।

                  चीनले नयाँ तर्जुमा गरेको "छ्याङ जातिको सांस्कृतिक तथा पर्यावरणीय संरक्षण क्षेत्र सम्बन्धी परिकल्पना"मा छ्याङ जातिको बसोबास क्षेत्रलाई व्यापारिक तथा कल्लात्मक मूल्य रहेको वस्तुको विकास गर्न प्रोत्साहित दिइएको छ। केही विशेषज्ञले जातीय विशेषताको उचित विकासले स्थानीय बासिन्दाहरुको जीवनमा सुधार गर्नुका साथै संस्कृतिको विकासलाई अघि बढाउनसक्ने ठहर गर्नुभएको छ।

                  छ्याङ जातिकी महिला वाङ चन फाङ गीतबाट उनको भावना व्यक्त गरिरहेकी छिन्। यस गीतको बोल यस प्रकार छन्, नयाँ निर्माण गरिएको आबासमा बच्चाबाट बृद्धा-बृद्धसम्म बसोबास गर्नसक्छन्। सुनौलो डोरीले तपाईं र मेरो मनलाई जोडेको छ।

                  छ्याङ जातिको संस्कृति एउटा सुनौलो डोरीजस्तै छ। त्यसले छ्याङ जाति तथा अरु चिनियाँहरुको मन जोडेको छ। विनाशकारी भूकम्पबाट प्रभावित छ्याङ जातिको संस्कृतिको पुन:निर्माण सफल हुनसकोस् भन्ने शुभकामना हामी सबैले छ्याङ जातिलाई दिएका छौं।


    1 2 3 4 5
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040