यस्तो पाठनले बाहिरका मान्छेहरु हाम्रो छ्याङ जातिको संस्कृतिबारे अरु बढी ज्ञान हासिल गराउनसक्ने अनुभव मैले गरेकी छु। यसका साथै विश्वलाई अरु बढी रंग थपिने छ।

अहिले छ्याङ जातिका तीन लाख भन्दा बढी जनसंख्या छन्। तीमध्येका असी प्रतिशत भन्दा बढी जनसंख्या स छ्वान प्रान्तको आ पा तिब्बती जाति तथा छ्याङ जाति स्वायेत्त प्रिफेक्चरका माउ जिल्ला र वन छ्वान जिल्लामा बसोबास गर्छन्। आकस्मिक रुपमा गएको विनाशकारी भूकम्पले छ्याङ जातिका प्रायजसो बासिन्दाहरु बस्ने गाउँलाई विगारेको थियो। अहिले गाउँबस्तीको पुन:निर्माण प्रक्रियामा छ्याङ जातिको सांस्कृतिक विशेषतालाई जोड दिनु पुन:निर्माण कार्यको एउटा महत्वपूर्ण विषय हो। आ पा तिब्बती जाति तथा छ्याङ जाति स्वायत्त प्रिफेक्चरका उप-प्रमुख श्याउ यौ छाइले छ्याङ जातिको संस्कृतिको संरक्षण तथा पुन:निर्माण कार्य धुमधामसँग चलिरहेको जानकारी दिनुभयो।
यस पटकको भूकम्पमा हाम्रो छ्याङ जातिको बसोबास क्षेत्र माउ जिल्ला, वन छ्वान जिल्ला तथा लि जिल्ला भयंकर रुपमा प्रभावित भएका क्षेत्र थिए। हामीले छ्याङ जातिको संस्कृतिको संकलन तथा आबासको निर्माणको शैलीलाई यस पटकको पुन:निर्माण कार्यमा समावेश गरेका छौं। आबासको निर्माणमा छ्याङ जातिको सांस्कृतिक शैलीको प्रयोग गरेका छौ। जातीय संस्कृतिको संकलनबारे हामीले माउ जिल्लामा छ्याङ जातिको संस्कृति विषयक एउटा संग्रहालयको निर्माण गर्ने निश्चित पारेका छौ। अहिले यस संग्रहालयको निर्माण शुरु भइसकेको छ।
स छ्वान प्रान्तको निर्माण विभागले छ्याङ जातिको सांस्कृतिक परम्पराबमोजिम् नागरिकका लागि आबास निर्माणसम्बन्धी चित्रको तर्जुमा गरेको छ। स्थानीय बासिन्दाहरुको बस्ने चलनबमोजिम् उनीहरुको मागसँग अनुकुल रहेको आबासको डिजाइन गरिएको छ। पैछ्वानमा पर्ने जिना छ्याङ जातीय गाउँबस्ती यस्तो परिकल्पनामा पत्रमा रहेको चित्रबाट आबास भएको छ। "मे बाह्र तारिख" मा गएको विनाशकारी भूकम्पमा परी पैछ्वान जिल्लाको लै कु गाउँबस्तीका अत्याधिक आबासलाई विगारिएको थियो। खेतीमा पनि जमीन चर्किएको तथा पहिरोले ढाकिएको थियो। तर अहिले यस भूमिमा छ्याङ जातिका विशेषता तथा छवि रहेको एउटा नयाँ गाउँबस्तीको निर्माण भइसकेको छ। त्यसको नाम जिना छ्याङ जातीय गाउँबस्ती हो। जिना भनेको छ्याङ जातिको सबैभन्दा सुन्दरी देवी हुन्। जिना छ्याङ जातीय गाउँबस्ती भनेको सुन्दरी देवी बस्ने ठाउँ हो।

जिना छ्याङ जातीय गाउँबस्तीको निर्माणसम्बन्धी जिम्मेवार व्यक्ति याङ श्याउ खुनको आफ्नै योजना छ। उहाँका अनुसार, छ्याङ जातिका स्थानीय बासिन्दाहरुका लागि बसोबास गर्ने विषय पहिलो पाइला मात्र छ। त्यस भन्दा अरु महत्वपूर्ण विषय खुसीसँग रोजगारी गर्नु हो। छ्याङ जातिका सर्वसाधारणहरु यस भूमिमा अरु राम्रोसँग जीवन विताएमा मात्र छ्याङ जातिको संस्कृतिको निरन्तर रुपमा विकास हुनसक्नेछ। श्री याङ श्याउ खुनले भन्नुभयो,
भूकम्पअघि स्थानीय बासिन्दाहरुले मुख्य गरी कृषि तथा पशुपालन गरेका थिए। भूकम्पपछि छ्याङ जातिको नयाँ गाउँबस्तीको निर्माण हुनेछ। हामीले यस क्षेत्रको पर्यटक उद्योगको विकासबारे सोच-विचार गरेका छौं। अहिले हाम्रो एउटा प्रारम्भिक योजना छ। त्यो भनेको यहाँका एकहत्तर वटा परिवारको वास्तविक अवस्थाबमोजिम हामीले विभिन्न प्रकारको व्यवस्थापन गर्नेछौं। केही परिवारले आबास सम्बन्धी सेवा उपलव्ध गराउने छन् भने केही परिवारले रेस्टुराङको संचालन गर्ने छन्। त्यसका अतिरिक्त, हामीकहाँ छ्याङ जातिको नाचगान तथा बुनाइ रहेका छन्। तिनीहरुले हाम्रो स्थानीय पर्यटन उद्योगको विकासका लागि एउटा सु-अवसर ल्याउने छन्।
1 2 3 4 5
|