china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विनाशकारी भूकम्पबाट प्रभावित छ्याङ जातिको संस्कृतिको पुन:निर्माण
    (GMT+08:00) 2009-05-04 16:03:04    

                   छ्याङ जाति चीनको सबैभन्दा पुराना जातिहरुमध्येको एक हो। त्यसको तीन हजार वर्षको इतिहास छ। पुरानाकालमा छ्याङ जातिका बासिन्दाहरु मुख्य गरी चीनको उत्तर-पश्चिमी भागमा बसोबास गरेका थिए। त्यसपछि उनीहरु क्रमश: स छ्वान प्रान्तमा सरेका थिए। उनीहरु पहाडमा निर्माण भएको ढुंगाबाट बनाइएको आबासमा बसोबास गर्न मन पराउँछन्। त्यसै कारण छ्याङ जातिलाई "बादलमा रहेको जाति" कहलिएको छ। छ्याङ जातिको बुर्जा परम्परागत प्रबिधि बमोजिम निर्माण गरिएको हो। त्यसले चीन र विश्वको निर्माण इतिहासमा एउटा महत्वपूर्ण स्थान ओगटेको छ। छ्याङ जातिका पोशाक, नृत्य, वाद्यवादनको आफ्नै विशेषता छ।

                  विनाशकारी भूकम्प गएपछि चीनको पूरातात्विक वस्तु संरक्षण तथा सांस्कृतिक सम्पदाको अध्ययन संस्थाले तत्काल रुपमा सम्बन्धित गतिबिधि गरेर कार्य टोली गठन गरेको थियो। तिनीहरुले भूकम्पग्रस्त क्षेत्र गएर व्यक्ति तथा पूरातात्विक वस्तुहरुको अवस्थामाथि छानबीन गर्नुका साथै सम्बन्धित राय-सुझाव प्रस्तुत गरेका थिए। चिनियाँ सांस्कृतिक मन्त्रालयलगायत् धेरै मन्त्रालयले छ्याङ जातिका साँस्कृतिक तथा पर्यावरणीय संरक्षण क्षेत्रको स्थापना गर्न घोषणा गरेको थियो। यसका साथै चिनियाँ स‌स्कृति मन्त्रालयलगायत् धेरै मन्त्रालयले सम्बन्धित परिकल्पना सार्वजनिक गरी स छ्वान प्रान्त तथा पल्लो शान सि प्रान्तका छ्याङ जातिको बसोबास क्षेत्रलाई संरक्षणको परिधिमा राखेको थियो। त्यसका अनुसार, यस क्षेत्रमा रहेका पूरातात्विक वस्तुहरु तथा अभौतिक सांस्कृतिक सम्पदाका उत्तराधिकारीहरुको संरक्षण कार्यलाई महत्वपूर्ण विषय बनाएर चीनको अर्थ मन्त्रालयले तिनीहरुमाथि सहायता पुर्‍याउँने छ।

                    चिनियाँ संस्कृति उप-मन्त्री चौ ह फिङका अनुसार, छ्याङ जातिको आफ्नो अक्षर नभएको कारण छ्याङ जातिको संस्कृतिको बिंडो थाम्नका लागि कथ्य भाषामा जोड दिनुपर्छ। त्यसैले छ्याङ जातिको संस्कृतिका उत्तराधिकारी हरुको संरक्षणलाई सबल पार्नुपर्छ। यसका साथै डिजिडल प्रबिधिमार्फत छ्याङ जातिको संस्कृतिको प्रसारित परिधि तथा असरलाई बढाउनुपर्छ।


    1 2 3 4 5
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040