फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
• नमस्ते फामन !
पल्लो शान्सी प्रान्तको सदरमुकाम सी आनस्थित विमानस्थलबाट करीब 120 किलोमिटर बाटो नापेपछि चीनमा बौद्धधर्मको उद्गम र उत्थानस्थल पुगिन्छ। शाक्यमुनि बुद्धको औंलाको अवशेष राखिएको मन्दिर पाउचीमा सन् 2014 को अक्टोबर 16 मा विश्वभरबाट अनेकन बौद्ध धर्मावलम्वीहरु भेला भएका थिए।
• आन्हुई जाने रेल (यात्रा संस्मरण)
एउटा स्वास्थ्यसम्बन्धी सम्मेलनमा भाग लिन भनेर हामी 2016 को अप्रिल 07 तारिखका दिन पैचिङ्गबाट आन्हुई प्रान्तको हफेई सहरतर्फको तीव्र गतिको रेल समात्न विहान सात बजेतिर निवासबाट निस्कियौं। म र मेरो साथमा रहेका पाकिस्तानी मित्र दुवै जना विदेशी, त्यसमाथि राजधानी पैचिङ्गदेखि बाहिर जानुपर्ने, नयाँ ठाउँ, विना सहयोगी, भाषिक अज्ञानता आदि कारणले हामीलाई रेल चढिनसक्दा सम्म चिन्ता र हडबडीले समातिरहेको थियो।
• मंगोलियाली दूध कारखाना
एक कप दूधको अर्थ सहरको स्वास्थ्य हो र किसानको आम्दानी हो। अर्को अर्थमा तिमी एक कप दूध दैनिक पिउँछौ भने तिमीले वास्तविक रुपमा किसानको परिवारको सम्वृद्धिका लागि सघाइरहेका छौ
• विश्वको ध्यान तान्दैछन् चीनका दुई ठूला अधिवेशन

चीनमा हरेक वर्षको मार्च तीन तारिखदेखि दुई ठूला भव्य अधिवेशन चल्छन्, जसले विश्वकै ध्यानाकर्षण गर्छन्। मार्च तीन तारिखदेखि चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन(सीपीपीसीसी)र मार्च पाँच तारिखदेखि नेसनल पिपुल्स काङ्ग्रेस (एनपीसी)अर्थात् चिनियाँ जनकाङ्ग्रेसका यी अधिवेशन अवधिभरि विश्वका आँखा चीनपट्टि सोझिएका हुन्छन्।
• चीनको ओबीओआरमा नेपाल–भारत अरुचिका अन्तर्य

ओबीओआर लगभग ९०० देखि १४०० अर्ब अमेरिकी डलरको ३५ वर्षे परियोजना हो। यस अभियानको साङ्गे सन् २०४९ मा जनगणतन्त्र चीन स्थापनाको शतवार्षिकी मनाउने बेला गर्ने योजना छ।
• अधिकार सम्पन्न हुँदै चिनियाँ महिला?
चिनियाँ राजनीतिमा महिला सहभागिता न्यून छ। अमेरिकामा पनि प्रथम महिला राष्ट्रपतिको रुपमा हिलारी क्लिन्टनलाई हेर्ने विश्वको चाहना थियो। चीनमा प्रथम महिला फङ्ग ली युआनको भूमिका बल्ल बल्ल राजनीतिक तहमा तैरिन थालेको छ। यसअघिका कुनै प्रथम महिला सार्वजनिक मामिलामा शायदै छाउँथे।
•  दक्षिणी चिनियाँ सागरको मामिला
प्रारम्भदेखिकै चीनको विरोधका बाबजुद अन्तर्राष्ट्रिय मध्यस्थता अदालतले दक्षिणी चिनियाँ सागरको विषयलाई लिएर जुलाई बाह्र तारिख उसका विरुद्ध फैसला सुनाइदियो। फिलिपिन्सद्वारा एकतर्फी रुपमा उठाइएको दक्षिण चीन सागरको यो निर्णयमा विश्व समुदाय दुई भागमा विभक्त छ। विवादित फैसलालाई लिएर अदालतप्रति नै चीनसहित कैयौं देशहरुले आपत्ति र प्रश्न खडा गरेका छन्।
• चीन घुम्न चाहने नेपालीका लागि 24 सुझाव
नेपालीहरूको आर्थिक हैसियत बढ्दै गएपछि उनीहरूको अन्तर्देशीय पर्यटन पनि बढ्दै गएको छ। कतिपय नेपालीहरु युरोप अमेरिका सपरिवार घुम्ने गरेका छन्। अव एक उदीयमान मुलुक र युरोपियनहरूको भाषामा भन्दा 'दोश्रो युरोप'को संज्ञा पाउन उद्दत चीन घुम्नका लागि पश्चिमा मात्रै नभएर नेपाली पर्यटकहरू पनि उत्तिकै लालायित देखिन्छन्।
• रमझम छ हाङ्गचौमा
विश्वका बीस आर्थिक मुलुक समूहको एघारौ जी-20 सम्मेलन चीनको चच्याङ्ग प्रान्तस्थित हाङ्गचौ शहरमा आयोजना हुँदैछ। सेप्टेम्बर 4-5 तारिख हुने दुई दिने सम्मेलन चीनले पहिलो पटक आयोजना गर्न लागेको हो भने सी चिन फिङ्गले सन् 2012 मा राष्ट्राध्यक्षको पद सम्हालेपछिको दोश्रो ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हो।
• चियै चिया चीनभरि, स्वाद भने थरी थरी

लगभग प्रायःजसो चिनियाँको हातमा तातोपानी राख्न सकिने बोत्तल वा थर्मसजस्ता साना साना भाँडाकुटी बोकिएका हुन्छन्। त्यसभित्र तातो पानी हुन्छ र झारपातहरु तैरिरहेका देखिन्छ जुन मानसिक तनाव मेट्ने तथा शारीरिक थकान घटाउने वनस्पति हो।
• सहयोग होस् त चीनको जस्तो
नेपालमा छिमेकी सम्बन्धमा एउटा उखान छ- जिउँदाको जन्ती र मर्दाको मलामी। गत वैशाख 12 गते गएको विनाशकारी भूकम्पपछि छिमेकी मित्रहरुले दिएको सहयोगी हातहरुको प्रशंसा नगरी रहन सकिँदैन। नेपालीहरु साँच्चिकै हार्दिक भएकै कारणले हो, नेपालको जनधनको क्षतिमा विश्व समुदायले हार्दिकता देखाएको र यति धेरै ढाडस दिएको। त्यसमा पनि उत्तरी छिमेकी चीनको सहयोग त अमूल्य र अतुलनीय नै हुन जान्छ।
• म एक'बहादुर'
      इसापूर्वको आठौ शताब्दीदेखि चीनमा राज्य सुरक्षाका लागि भनेर पर्खाल बनाउने प्रचलन सुरु भएको थियो। यो क्रम अनेकन राजाहरुका पालामा निरन्तर रह्यो, त्यसरी पूर्व पश्चिम उत्तर दक्षिण आदि दिशाहरुबाट पर्खालले घेरेर एउटा चीन भन्ने देशको नक्सांशन गरिएको थियो। कालान्तरमा पर्खाल बन्ने र भत्किने क्रम जारी रह्यो, अन्ततः तीनै पर्खालहरुको अवशेष हालसम्म पनि छ जुन अहिले मानव निर्मित सम्पदाका रुपमा ख्यातिप्राप्त छ।
• छिङ्गहाइः एक अदभूत सौन्दर्यभूमि---दोस्रो भाग
विश्वको पाँचौ सबैभन्दा ठूलो तथा चीनको दोश्रो ठूलो नदी ह्वाङ्ग ह अर्थात् पहेंलो नदीको उद्गम उचाइ 4 हजार 600 मिटर भन्दा माथि रहेको छ। निरन्तर परिरहने हिमपात र जमेको हिउँका साथै अन्य सहायक नदीहरु चा छ्वी, युकु चुङ्ग लिए छ्वी, खारछ्वी ‌लगायत नदीको समिश्रणबाट विशाल पहेलो नदीको विकास हुन्छ। पहेलो नदीका अन्य श्रोतमा पर्याप्त वनस्पति तालहरु र खोलाहरु पनि हुन्। पहेलो नदीको माथिल्लो भाग तीखो धारमा र पछिल्लो भाग तीव्र गतिमा बग्दछ।
• छिङ्गहाइ: एक अदभूत सौन्दर्यभूमि---पहिलो भाग
तिब्बती परम्परागत औषधीको गुणात्मक प्रविधि र स्तरलाई करीब 20 वर्ष लामो अनुसन्धानपछि सङ्ग्रहायलमा प्रामाणिक रुपमा राखिएको हो। तिब्बती औषधी प्रोसेसिङ्ग अर्थात् प्रशोधन प्रक्रिया सन्1993 देखि सुरु भएको थियो। सङ्ग्रहालयमा प्राचीन औषधी सिद्धान्त सम्बन्धी पुस्तकहरु तथा प्रविधिहरु पनि छन् जुन तिब्बत स्वशासित क्षेत्रका अलावा तिब्बतीहरु रहेका क्षेत्रहरु छिङ्गहाइ, कान्सु, सछ्वान आदिबाट अनुसन्धान गरी संकलन गरिएका हुन्।
• पवित्र थाअर गुम्बा
भौगोलिकताको हिसावले उचाइमा रहेको छिङ्गहाइ प्रान्त पवित्रताका हिसाबले पनि उचाइमा नै रहेको मान्नुपर्छ। नीलो आकाश, सेतो बादल, अनगिन्ती चिल्ला पहाडका थुम्काहरु, हिमाली जनावरहरु चरिरहेको शालीन दृष्य, ठाउँ ठाउँमा जमिरहेका हिमथुप्राहरु, अनि निश्चल छिङ्गहाइवासीहरुले मनको पवित्रतालाई प्रतिनिधित्व गर्दछन्। शाक्यमुनि बुद्धका अनुयायीहरुको जमघट नै छिङ्गहाइको समग्र भूमि नै पवित्रताले भरिएको अनुभूति हुने गर्दछ।
• मणिपत्थरको दर्शन
         छिङ्गहाइ प्रान्तको युशु प्रिफेक्चरमा एउटा पवित्र धार्मिक आस्थाको केन्द्र छ जस्को नाम भाग्यशाली ढुङ्गाले कोरिएको छ। तिब्बती पठारभूमिमा रहेको एउटा रहस्यमय स्थल जसलाई पत्थरहरुको घर नै भन्दा पनि फरक पर्दैन। पत्थर माथिको धार्मिक विश्वासलाई चित्रित गर्ने खालका यस्ता ढुँगाहरुको स्थल युशु प्रिफेक्चर क्षेत्रमा देख्न सकिन्छ जसलाई मा नि श भनिन्छ।
• नेपाल-छिङ्गहाइ हार्दिक मित्र
          क्षेत्रफलका हिसाबले पाँच गुणा ठूलो भैकन पनि नेपाल र चीनको छिङ्गहाइबीचको व्यापारिक आत्मीयता गहन छ। चीनको तिब्बतसँगको सदियौंदेखिको सुमधुर सम्बन्धको सुवास छिमेकी छिङ्गहाइको पठारसम्म पनि फैलिएको छ।दक्षिणपश्चिममा तिब्बत स्वायत्त प्रदेशसँग सीमा जोडिएको छिङ्गहाइको नाता कुनै न कुनै नेपाली व्यापारिक वस्तुसँग गाँसिएको पाइन्छ, अथवा छिङ्गहाइबासीमा नेपालप्रतिको प्रभाव सकारात्मक रुपमा परेको देखिन्छ।
1  2