फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
• महामारीमा शासकीय दृष्टि

कोभिड – १९ का कारण करीब साडे २ महिनाको लकडाउन खुल्दा वुहानमा भाइरसको संक्रमण मत्थर हुने क्रममा थियो। उस्तै अवधिको लक डाउनबाट नेपाल भने महामारीको चुली नापिरहेको उल्टो दिशातिर छ।

• बिहेवारी, लकडाउन पारी (एक टिप्पणी)
चीनमा कोरोना महामारी कम हुँदैछ। सबैभन्दा पहिला कोरोनाको चपेटामा परेको वुहानमा ७६ दिने लकडाउन हटेसँगै बिहेको चहलपहल सुरु भएको छ।
• कोरोनाले सिकाएको साझा मानव भाग्य समुदायको अर्थ
प्राकृतिक प्रकोपले एसियालीलाई जसरी पीडा दिन्छ, उस्तै अमेरिकीलाई पनि दिन्छ । भाइरसले भिसा नलगाईकन संसारको परिक्रमा गर्दछ ।
• वुहानको कोरोना प्रकोपः गरे के हुन्न!
यतिखेर कोरोनाले चिनियाँ जीवन तहसनहस बनाइरहेको छ र नजाने कहिलेसम्म डामाडोल बनाउँदै जाने हो। तर संकटको घडीमा पनि चीनले जुन ढंगले १ अर्ब ४० करोड जनतामा सहजै राहतको अनुभूति गराउन सकेको छ, त्यो कुनै पनि देशका लागि अनुकरणीय विषय हो।
• कोरोना प्रतिरोधमा प्रविधिको साथ
ठूलो जनघनत्व भएको चीनमा प्रत्येक नागरिकलाई सचेत तुल्याउनु र समान सेवा उपलब्ध गराउनु चानचुने कुरा होइन। दैनिक आवश्यकता पूर्ति लगायत अस्पतालका काममा प्रविधिले पनि मानवले जस्तै टेवा पुर्याइरहेको छ।
• चिनियाँका लामा लामा औंला

भातमा चपस्टिक ठाडो पारेर गाड्नु हुँदैन। आफ्नो हातले आफूभन्दा ठूला वा सानाका भागमा खानेकुरा हालिदिनु राम्रो मानिन्छ। तर चपस्टिकमा लागेको खानेकुरा चाट्नु वा मुखभित्र खेलाउनु अशोभनीय हो। साथीभाइमाझ खाइरहेका बेला अचानक चपस्टिक खस्यो भने तुरुन्तै उठाउनुपर्छ र माफी माग्नुपर्छ।

• चीनको ७० वर्षे विकास आश्चर्यजनकः पैचिङमा बस्ने नेपालीहरू 
चीनले संसारलाई चकित पार्नेगरी हासिल गरेको गरिबी निवारण, यातायात पूर्वाधारमा विश्वकै नेतृत्वदायी द्रूत रेलमार्ग, डिजिटल प्रविधिबाट जनतामाझ सहज सेवा प्रवाह जस्ता उपलब्धी नेपालका लागि अनुकरणीय विषय हुनसक्ने उनीहरूको ठहर छ।
• चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको आकर्षक व्यक्तित्व
केही समयअघिसम्म चिनियाँ राष्ट्राध्यक्षको नेपालको भ्रमण हुने भन्ने अनुमानहरूलाई किनारा लगाउँदै अक्टोबर ९ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयले पैचिङमा पत्रकार सम्मेलन गरेर भ्रमणको मिति निश्चित गरेको छ। यसअघि चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण निकै चासोको विषय बनेको थियो।
• चीनबाट नेपालले सिक्नसक्ने विकासको मोडल
विश्वव्यापी रूपमा चीनले बहुपक्षीयतावादको वकालत गर्दै आएको छ। आफ्नो बजार अरूका लागि खुला गर्दै चीनले वैदेशिक व्यवसायका लागि समेत मञ्च उपलब्ध गराएको छ। विगत केही वर्षदेखि चीनले खुलापनलाई नै सर्वाधिक बहसमा ल्याएको विषय हो। व्यवहारिक रूपमा अनेकन खुलापनका कदम र गतिविधिले विश्वका लागि चिनियाँ बजार खुल्दै जाने संकेतहरू व्याप्त छन्।
• अरनिको, बेइजिङ र आफन्त
प्रांगणभित्र रहेको एउटा हलमा छिर्नेबित्तिकै फोटो खिच्न सकसक लागिरहेको थियो। नलागोस् पनि किन ? अचेल पर्यटन भनेकै फोटोग्राफी जो भएको छ।
• पौवाचित्र र बेइजिङका छ्याओ
विदेशमा कुनै नेपाली देख्यो कि परिवारकै सदस्यजस्तो माया लाग्ने, कुनै कुनामा नेपाली झन्डा देख्यो कि छाती त गर्वले फुल्ने...
• नेपालको प्राथमिकता राष्ट्रपतिको राजकीय भ्रमण कि बीआरआई
निकै लामो प्रतिक्षापछि चीनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा रातो कार्पेट ओछ्याएको छ। राष्ट्रपति वा प्रधानमन्त्री चुनिने बित्तिकै दक्षिणी छिमेकी भारतले भ्रमणका लागि निम्त्याउने गरेपनि चीनले अहिलेसम्म हतार गरेको थिएन। नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पार भैसक्दा बल्ल नेपालका राष्ट्रपतिले चीनको राजकीय भ्रमण गर्ने साइत जुर्‍यो।
• चीनका दुई ठूला अधिवेशनमा गुणस्तरीय विकासको बहस
वातावरणीय प्रदूषणले नीलो आकाश देख्नु नै दुर्लभ हुने यो अवधिले यसपटक कोल्टो फेरेको छ। यतिखेर विश्वको सबैभन्दा ठूलो थ्यानआनमन चोकमा पारिलो घामसँगै नीलो आकाश देख्न सकिन्छ। परिवर्तनको एउटा मानकको रूपमा यसलाई पनि लिन सकिन्छ। जुन चिनियाँ सर्वसाधारणको जीवनमा ल्याइएको ठूलो परिवर्तनको द्योतक पनि हो।
• सुँगुर वर्षको आगमनसँगै झिलिमिली बन्दै चिनियाँ बजार

धेरै चिनियाँहरूलाई नै थाहा छैन कि, परम्परागत पात्रो अनुसार यस वर्षदेखि ४ हजार ७१७ साल शुरू हुँदैछ। अङ्ग्रेजी पात्रो अनुसार सन् २०१९ को फेब्रुअरी ५ तारिखदेखि चिनियाँ नयाँ वर्ष सुरू हुँदैछ।

• खुलापन र सुधारमा चीनको ४० वर्षको चमत्कार सम्बन्धी प्रदर्शनी
संसारको सबैभन्दा ठूलो चीनको 'राष्ट्रिय संग्रहालय'मा खुलापन तथा सुधारको ४०औं वर्षगाँठको उपलब्धी देखाइएको छ। चिनियाँ खुलापनको उपलब्धी देखाइँदै गरेको नोभेम्बर १९ तारिखको त्यो बिहानीमा चीनले सफलताका साथ बयालीसौं र त्रिचालीसौं पै तौ नेभिगेसन उपग्रहको प्रक्षेपण गरेको थियो। सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट झिस्मिसेमै छाङ चङ तीन नम्बर पारवहन रकेटबाट एकै पटक दुईवटा नेभिगेसन उपग्रहको सफल प्रक्षेपण भएको त्यो क्षण चिनियाँ वैज्ञानिक उपलब्धीको एउटा सिलसिला मात्रै थियो।
• अलिबाबा र थाउपाउ अनलाइन सपिङ प्रणालीले फेरिएको चिनियाँ जीवनशैली
कुनै बेला बीईईआर बियर टाइप गर्दा स्वदेशी लोकप्रिय मदिराको नामोनिसान नदेखेका एक युवाले याहुमा चीनको बारेमा थोरै मात्रै जानकारी भेटे। तिनै युवा मा युन् अर्थात् ज्याक मा अहिले अलिबाबा र थाउपाउलाई १०२ वर्षको उमेर दिने लोकप्रिय अनलाइन सपिङ प्रणालीका अगुवा बनेका छन्।
• पैचिङका पहेंला पातहरू
शरद ऋतु लागेपछि चीनमा पर्यटनको अर्को बहार शुरू हुन्छ। पैचिङजस्ता शहरका सडक गल्लीहरू पनि वृक्षारोपणका कारण घना छन्। जब शरद ऋतु लाग्छ तब पातहरू पहेंलिन थाल्छन् र पैचिङ सुनजस्तै रसिलो देखिन्छ।
• चिनियाँ पर्यटक
चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन सजिलो होस् भन्नका लागि नेपालले निःशूल्क भिसाको व्यवस्था गरेको छ। यस्तो सुविधा चीनका लागि बढी प्राथमिकता दिने हेतुले दिइएको हो। चिनियाँहरूले विमानस्थलमै अनअराइभल भिसा पाउन सक्नेछन्।
• चिनियाँ खुलापनको ४० वर्ष
सन् २०१८ चीनले प्रारम्भ गरेको सुधार तथा खुलापनको ४० वर्ष पुगेको एउटा महत्वपूर्ण अवधि हो। जसरी वार्षिकोत्सवको समय प्रारम्भ भएको छ, त्यसैगरी चीन पनि दिनप्रतिदिन खुल्दै खुल्दै गइरहेको छ। सर्वविदितै छ, चीन विश्वको स्थिरता र सन्तुलनका लागि योगदान गर्न उन्मुख छ। धर्ती नै चलायमान हुने गरी आर्थिक विकास गरेर समाजका लागि अवसरहरू सिर्जना गर्दै गइरहेको छ।
• बाटो वरिपरि फुल्ने फूलहरू

वसन्त ऋतु सम्पूर्ण प्राणी जगतका लागि खुशियाली र उत्साहको मौसम नै हो। चीनको राजधानी बेइजिङका सडक किनारमा रोपिएका रूख विरूवाले भर्खरै पालुवा हाल्दैछन् भने कतिपय फूल प्रजाति भने सडकतर्फ चियाउँदै मुस्कुराउन खोजिरहेका देखिन्छन्।

• सन् २०१८ नेपाल-चीन सहकार्यको महत्वपूर्ण वर्ष
चीनको राजधानी बेइजिङमा विश्वव्यापी ध्यानाकर्षक दुई ठूला अधिवेशनहरू जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र चिनियाँ जनकांग्रेस (एनपीसी) प्रति विश्वका धेरै मुलुकहरूले आ-आफ्नै स्वार्थको आँखाले हेरिरहेका छन्। निकटको छिमेकी भएको नाताले आफ्नो फाइदा के हुनसक्छ भनेर नेपालले पनि सोच्नु अन्यथा होइन।
• वसन्त चाड विदेश घुम्ने ६५ लाख चिनियाँमध्ये कति जालान् नेपालमा?

चिनियाँ परम्परागत पात्रो अनुसार नयाँ वर्ष वा वसन्त चाड आइपुग्यो। एक हप्ता लामो विदा मनाउनका लागि चिनियाँहरू झिटीगुण्टा तयार पारेर, देशभित्र वा देशबाहिरको यात्राका लागि टिकट काटेर ठिक्क परेका छन्।
• नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता

'नेवारी समुदायमा कतिपय कुरा अरूलाई भन्न नहुने मान्यता छ। त्यसैले पनि कतिपय प्रचलन त पाको पुस्तासँगै लोप भएको छ। ध्वनि पात्र अहिले चिनियाँमाझ लोकप्रिय वैकल्पिक उपचार पद्धति बन्दै गएको छ'

• चीनको नयाँ युग र नेपालको अवको सपना
नेपालमा निर्वाचन हुनु ठिक अघि छिमेकी चीनले १९औं महाधिवेशनबाट नयाँ युगको शुरूवात गरेको छ। राष्ट्रपति सी चिन फिङको एक दशकको भावना समेटेको ३२ हजार अक्षरको कार्यप्रतिवेदनले ७० पटक प्रतिनिधिहरूको ताली खायो। चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगको ढोका खोलेको प्रतिवेदनमा उल्लेख छ।
• हनान प्रान्तका विकासका केही चिन्ह
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको १८औं सम्मेलनबाट सी चिन फिङले नेतृत्व लिए यता चीनको आर्थिक तथा सामाजिक विकासले उल्लेखनीय उपलब्धी हासिल गरेको छ। सीपीसीको सम्मेलन यता हनानले राजनीतिक तवरबाट निकै गहन दृष्टि पनि पाएको छ।
• चिनियाँ विश्वविद्यालयमा सँस्कृत पढाउँदै नेपाली गुरू

पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई भैरहेको छ। कान्सुको लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना विद्यार्थीहरूले असोज २४ देखि एक महिने सँस्कृत तालिम लिइरहेका हुन्।

• चिनियाँ राष्ट्रपतिको पाँच वर्षमा देशबाहिर र देशभित्रको यात्रा
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो पाँच वर्षको कार्यकालमा देशभित्र र देशबाहिर धेरै यात्राहरू गर्नुभयो। हालसालै चिनियाँ परराष्ट्र मन्त्रालयकी भाषा अनुवादक चौ यूले राष्ट्रपति सीको भ्रमणबारे सीसीटीभीको एउटा अन्तर्वार्तामा भन्नुभएको थियो- यहाँसम्म कि चीनका राष्ट्रपति सीलाई कहिलेकाहीँ त खाना खाने फूर्सत् पनि मिल्दैनथ्यो, सुक्खा विस्कुटकै भरमा पनि भ्रमण र भेटघाट गर्नुहुन्थ्यो।
• सी चिन फिङ पाँच वर्षे कार्यकालका पाँच ठूला उपलब्धी
पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति सी चिन फिङ नेतृत्वले ५ वर्षमा गरेका कामको लेखाजोखा चलिरहेको छ। सुविधाजनक सर्वसाधारणको जीवनस्तर, विश्वमा फैलिँदो चिनियाँ सँस्कृति, सामाजिक सद्भावले बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार, उन्नत प्रविधि, हाइस्पीड रेल, शेयरिङ साइकल, अनलाइन किनमेल, शिक्षा-स्वास्थ्य-रोजगारीका अवसरले पाँच वर्षमा चिनियाँ जीवनलाई थप रंगीन बनाएको छ।
• लोङमन ग्रोट्टोस-चट्टानगुफा

सम्पदा संरक्षणमा चीनले लगाएको परिश्रम र गरेको लगानी अदभूत छ। यसको प्रतिफलका रूपमा पर्यटकहरूको ओइरो लागेपछि चीनले अनन्तकालसम्म यसबाट फाइदा नै फाइदा बटुलेको हुन्छ। एकीकृत रूपमा सम्पदास्थलको निर्माण गर्दै, भएभरका हरेक सम्पदालाई मूल्यवान बनाएर चीनले सम्पदास्थलमाथिको लगानीबाट शायदै घाटा व्यहोरेको हुनुपर्छ।
• सिआरआई नेपाली सेवाको ४२औं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

सिआरआई नेपाली सेवाले ४१औं वर्ष पुरा गरी ४२औं वसन्तमा पाइला टेकेको घडीमा रेडियोसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनुभएका नेपाल-चीन सहयात्रीहरूप्रति उत्तरोत्तर प्रगतिकोका लागि हार्दिक मंगलमय शुभकामना।

1  2