निङची
निङची क्षेत्र तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी भागमा पर्छ। त्यो यारलुङ जाङबो नदीको मध्य तथा तल्लो भागमा पर्छ। त्यो समुद्र सतहदेखि तीन हजार मिटर अग्लो ठाउँमा पर्छ। त्यहाँको सबैभन्दा होचो ठाउँ समुद्र सतहदेखि एक सय बाउन्न मिटरमा पर्छ। त्यहाँको मौसम रसिलो छ र त्यहाँ मनोहर दृश्यहरू छन्। निङचीमा धेरै गुम्बाहरु छन्। तीमध्ये तिब्बती बौद्ध धर्मका गुम्बाहरुबाहेक तिब्बती बौद्ध धर्मभन्दा पुरानो स्थानीय धर्म बोन धर्मका गुम्बाहरु छन्। मानव दृश्यका अतिरिक्त, निङचीको प्राकृतिक दृश्य पनि प्रशस्त छ। तीमध्ये नामज्याबार्वा शिखर, यारलुङ जाङबो उपत्यका, बासुम को ताल समावेश छन्।
 CRI अन-लाइन
1 2 3 4 5 6 7
|