फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-भूपाल दास श्रेष्ठ

(GMT+08:00) 2013-10-29 14:50:17

 

       मैले 1 अक्टुबर 1992 का दिन श्री शैलेस्थान सि.आर.आइ मैत्री क्लबको स्थापना पश्चात सि.आर.आइ र चीनको बारेमा ब्यापक प्रचार प्रसार गर्दै ज्ञानबर्धक जानकारी दिने मात्र हैन सि.आर.आइले विभिन्न अवसर पारेर पठाएको ,प्रकाशीत गरेको पत्र पत्रिका ,फोटोहरु,पोष्टकार्ड, चीत्र इत्यादिको प्रत्यक्ष प्रदर्शनीले र सन 1994,1995,1996,1997 मा सिरहाको सिरहाली आवाज माफत सि.आर.आइ को प्रचार प्रसारकालागि लेख, रचना, लगाएतका सामाग्रीले निकै प्रभाव पार्यो फलस्वारुप सौभाग्यले यस क्लवको अध्यक्षको नाताले म भुपाल दास श्रेष्ठले सन 1997 सालमा चिन भ्रमणको शुभ अवसर पाए । मलाइ आज पनि सम्झना छ सन 1997 को त्यो स्वण्रीम अवसर जति बेला मैले सी आर आइ नेपाली सेवाको निमन्त्रणामा चीन घुम्ने विशेष अवसर प्राप्त गरेको थिए । मेरो जिवनको अविस्मणीय त्यो विशेष यात्राको 16 वर्ष भै सकेछ अहिले तर आज पनि मलाइ हिजो जस्तो लाग्छ ।म लगाएत हाम्रा मित्र टिकाराम धिमिरे चिनका लागि भाषा विशेषज्ञ कृष्ण बहादुर प्रधान र उहाकि श्रीमति चारजना काठमाण्डौंबाट चाइना साउथ वेस्टको प्लेन चढेर आकाशे मार्ग हुँद पश्चिमी चीनमा रमणीय र विशेषयुक्त जातीय रितिरीवाजयुक्त ल्हासा शहर एयर पोर्टमा उत्रिए पछि हाम्रो गन्तब्य अझ अगाडि भएको कारणले र कस्टम क्लीयर गरेर आन्तरीक हवाइ उडानबाट हामी छन्दु शहर पुग्यौं।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह