फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-भूपाल दास श्रेष्ठ

(GMT+08:00) 2013-10-29 14:50:17

       

जहाँ हाम्रो स्वागतका लागि पैचीङबाट केशरी मैया दिदी र यसभन्दा अघिनै चीन पुगी सक्नु भएका प्रकाश बाबु पौडेल ज्यु तैयार भएर बस्नु भएको थियो । यसरी हामी पाँच जना नेपाली र हाम्रा गाइडका रुपमा रहनु भएको केसरी मैया दिदी लगाएत 6 जनाको टोली चीन भ्रमणको लागि तैयार भैसकेको थियो । ठुला ठुला गगन चुम्बी महलहरु व्यवस्थित शहर सन्तुलीत वातावरणीय संरक्षण र चीनीया जनताको आफ्नो देशप्रतिको ममता पाहुनाप्रति गरीने सम्मान सत्कार असल व्यवहार देखेर हामी नतमस्तक भयौं । हाम्रो यात्राको पहिलो पडाव छन्दु थियो । जहाँ हामीले त्यहाँको रमणीय वातावरणको आनन्द लियौं । हामीलाई गाइड गर्न, त्यहाँका स्थानीय एक मित्रले सहयोग गर्नु भएको थियो । छन्दुमा हामीले निकै प्राकृतिक सुन्दरताको आनन्द लियौं । जतासुकै सुन्दर भवनहरु , सुन्दर सफा बाटो, रुख, विरुवा, बिजुली बत्ती , झिलीमिली गाडीहरु तल माथि दाया बाया एकै लाइन मात्र कुदेको ब्यवस्थित शहर र धामिर्क-सांस्कृतिक भिन्नताले बन्ने सामाजिक सोच का साथै मनमोहक प्राकृतिक दृश्यावलीहरुले परिपूर्ण ठाउहरु घुमियो । त्यहाँको प्रसिद्ध धार्मिक स्थलको समेत भ्रमण गर्ने सुअवसर पाएका थियौं साथै स्थानीय।खानाको परिकारले त हामीलाई लोभ्याउनु लोभ्यायो । दोस्रो दिन प्रेरी आन्तरीक उडानबाट अर्को सुन्दर नगरी सिचुआन शहर पुग्यौं । सिचुआनमा पनि हाम्रो स्वागतका लागि स्थानीय रेडियोमा काम गर्ने अर्को मित्रले हामीलाई त्यहाँको पर्यटकीय र धार्मिक स्थलहरुको बारेमा वृस्तीत जानकारी दिनु भयो।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह