फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-भूपाल दास श्रेष्ठ

(GMT+08:00) 2013-10-29 14:50:17

        

उहाँसँगको सामान्य भला कुसारी पछि साझमा सुहाओ ज्यू आउनु भयो , हाम्रो अन्तर्वार्ता लिनु भयो। पैचिंगको इतिहास ज्यादै लामो छ। कूटनैतिक आवत-जावत पनि निरन्तर रुपमा विस्तार हुदैआएको पैचिंग शहर प्राचीन इतिहास र आधुनिक दृष्य संगसंगै मिलेकाले यो शहर विभिन्न मुलुकबाट आउने पर्यटकहरुको ध्यानाकर्ण गर्न सफल आएको छहामी भोलिपल्ट विश्व चचिर्त बेइजिङको चिनको विशाल प्रखाल हेर्न पुग्यौ । एक कि.मि. टाढा केबुलकार चढी सुरुङ मार्ग हुदै हिडेर स्थानिय मानिसको अत्याधिक भिड छिचोलेर सयौं डाडाहरुको माथि पर्खाल निर्माण भएको मंगोलियनहरुको आक्ररमणबाट देशलाई बचाउन करिब दश हजार किलोमिटर. लम्बाई भएका , तीन मीटर उचाई र तीन मिटर जति चौडाई भएको नागवेली पर्खाल चिनको विशाल प्रखाल चढियो। पैचिंगमा रहेका स्तरीय , सर्वोच्च पर्यटकीय स्थलहरुमा थेन थान पार्क, मिंग वंशका श सान समाधि स्थल, गृष्म प्रासाद, पैचिंग समुद्री संग्राहालय, चीन विज्ञान र प्रविधि कक्ष पैचिंग चिडियाखाना र पैचिंग वनस्पति उद्यान, थेन आन मन चोक आदिले चीनको राजनैतिक, आर्थिक , वैज्ञानिक तथा प्राविधिक तथा सैनिक आदि पक्षहरुको विकासको अवस्था बारे जानकारी लिने सुअवसर पायौ। केही दिनको बैजिङ बसाइमा हामीले सी. आर. आइ. को नयाँ भवनमा पुग्ने अवसर पायौं।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह