फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-भूपाल दास श्रेष्ठ

(GMT+08:00) 2013-10-29 14:50:17

        

अत्याधुनिक सञ्चारका सम्पूर्ण उपकरणले सुसजीत सी आर आइका सबै विभाग हुँदै हामी हाम्रो नेपाली विभागमा पुग्यौं । त्यहाँ नेपाली भाषा विशेषज्ञका रुपमा कायरत सुमन गौतम जीसँग भेटघाट गर्नुका साथै नेपाली विभागमा कार्यरत अन्य चिनीया मित्रसँग प्रत्यक्ष भेट्ने अवसर पायौं । कार्यरत चिनीया साथिहरुले न्यानो अभिवादन गर्नु भयो । त्यसै दिन साझमा तत्कालीन सी.आर.आइ.प्रमुख ज्यु सँग भेट्ने कार्यबुक तय भए बमोजिम हामी पाँचौं जना होटलमा पुग्यौं औंपचारिक अनौपचारिक कुराकानी पश्चात् हामीले नेपालबाट लिएर गएको मायाको चिनो उपहार सी.आर. आइ. प्रमुखलाई, नेपाली विभागलाई र कार्यरत मित्रलाई प्रदान गर्यौं । उहाँहरुले पनि हाम्रा लागि उपहारको व्यवस्था गर्नु भएकोले उपहारको आदान प्रदान पछि सहभोजमा संलग्न भयौं । हामीलाई हाम्रा चिनीयामित्रहरुले देखाउनु भएको मित्रभाव र सद्भावले हामी निकै कृतार्थ भयौं । शब्दमा बयान गर्न सक्दैनौं । चिनीया मित्रहरु कति उदार र दयालु रहेछन् भनेर । त्यहाँबाट हामी सबै चीनको अर्को प्रान्त सन्जनमा जान तम्तयार भयौं । हाम्रो साथै रहनु भएको केशरी मैया दिदि पनि सँगै सन्जन जानु भयो । सन्जनमा हामीले हङ्कङ्को एउटा अर्कै प्रारुप देख्यौं । चिनीया सरकारले हङ्कङ्को जस्तै वातावरण भएको त्यस्तै अर्को एउटा टापु निर्माण गरेको थियो । जसलाई सन्जन भनिन्थ्यो । त्यहाँको विकास क्रम देखेर हामी निकै प्रभावित भयौं । एकरात त्यही सन्जनमा बसेर भोलिपल्ट हामी हङ्कङ्को लागि प्रस्थान गर्यौं । हाम्रो यात्राभरी सँगै रहनु भएको केशरी मैया दिदि हामीसँग विदा भएर जानु भयो ।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह