फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-भूपाल दास श्रेष्ठ

(GMT+08:00) 2013-10-29 14:50:17

      

  मूल्यवान पूरातात्विक सम्पदा, विशाल पहाडहरु, ठूल्ठूला नदीहरु, प्राचीन कालका शान्दार वास्तु-कला, अनौठा जनावर र वनस्पतिहरु र अनगिन्ती पर्यटकीय तथा पूरातात्विक स्थलहरुको भ्रमण गर्ने अवसर पायौं । त्यसपछि हामी अर्को दिन ऐतिहासिक शहर सियन पुग्यौं । सि आन शहर चीनको पल्लो शान सि प्रान्तको सदर मुकाम , उत्तर-पश्चिमी चीनको राजनैतिक, आथिर्क तथा यातायातको केन्द्र पनि हो । बीसौं शताव्दीको सबैभन्दा महान खोज मानिएको विश्वका आठौं विशेषतायुक्त ठाउ र युनेस्कोद्बारा विश्व सम्पदा सूचीमा समावेश गरिएका पूरातात्विक स्थाल अर्थात् छिन वंशका प्रथम सम्राटको समाधि स्थल पनि सि आन शहरको लिन थोंग क्षेत्रमा अवस्थित टेराकोटा मन्दिर जहा छ हजारभन्दा बढी टेराकोटा सिपाहीहरुको संख्या रहेको विश्व प्रसिद्ध पर्यटकीय स्थलको भ्रमणले हामी कृतार्थ भयौं छ । यसका अतिरिक्त, त्यहा रहेको ता येन स्तुप, ह्वा छिंग ताल र ह्वा शान पहाड आदि रमणीय पर्यटकील स्थलहरुको पनि अवलोकन गरियो।अबको हाम्रो गन्तव्य थियो चीनको राजधानी बैजिङ । समग्र देशको मुटुको धड्कन बैजिङ शहर जान हामी साझमा ट्रेन चढेर विहान भिसमीसेमा बैजीङ रेलवे स्टेशनमा उत्रीयौं जहाँ हाम्रो स्वागतका लागी आउनु भएको थियौं छाङ्ग हो दिदी ।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह