china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  

                 तिब्बत स्वायत्त प्रदेश चीनको दक्षिण-पश्चिमी सीमाक्षेत्रमा पर्ने छिङ्गहाइ-तिब्बत पठारभूमिको दक्षिण-पश्चिमी भागमा पर्दछ। त्यहाँका विशेषतायुक्त प्राकृतिक दृश्य, मौलिक जातीय चालचलन तथा यथेष्ठ जातीय संस्कृतिले विश्वका धेरै पर्यटकहरुलाई आकर्षित गर्दै आएको छ। चीनको सुन्दर तिब्बतबारे अझ धेरै जानकारी लिन चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चीनको तिब्बत स्वायेत प्रदेशको जन सरकारको प्रेस कार्यालयले चालू वर्ष अर्थात 2009को अप्रिल पन्ध्र तारिखदेखि "सुन्दर तिब्बत" पर्यटनसम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताको आयोजना गर्नेछ।

    प्रतियोगिताको समयावधिः अप्रिल पन्ध्र—मे एकतीस तारिख, 2009

    प्रतियोगितामा भाग लिने नियमहरुः

    हाम्रो वेभसाइटमा आधारित यस पटकको ज्ञान-विज्ञान प्रतियोगिताका दुईवटा भाग छन्- अनलाइन प्रश्नोत्तर तथा 'मेरो मानस्पटलमा सुन्दर तिब्बत' शीर्षकको मन्तव्य।

    अनलाइन प्रश्नोत्तरका जम्मा गरी आठवटा प्रश्नका सबै ठीक उत्तरमा क्लीक गर्नुभएपछि तिब्बतसम्बन्धी मन्तव्य त्यसै वेभ-पेजमा लेख्नुभएका साथीहरुले विशेष पुरस्कार प्राप्त गर्ने मौका पाउन सक्नुहुन्छ।

    तोकिने पुरस्कारहरुः

    यस पटकको ज्ञान-विज्ञान प्रतियोगितामा भाग लिने सबै विदेशी श्रोताबीचबाट विशेष पुरस्कार प्राप्त गर्ने व्यक्ति छानिने छ। विशेष पुरस्कार प्राप्त गर्नेले चीनको भ्रमण गर्न पाउँनुहुनेछ। पुरस्कार प्राप्त गर्ने सबैको नामावली हाम्रो वेभसाइटमा सार्वजनिक गरिने छ।

                                                  विशेष नोटः पुरस्कारसम्बन्धी अन्तिम निर्णयको पूर्ण अधिकार संयोजकसँग रहनेछ।

    छाप. तिब्बत
                 तिब्बत स्वायत्त प्रदेश चीनको दक्षिण-पश्चिमी भागमा पर्छ। त्यो छिङहाई-तिब्बत पठारभूमिको दक्षिण-पश्चिमी भागमा पर्छ। त्यसका लोखा, निङचि, नारी, शिगाचे, नागु, चाम्दोलगायत् छ वटा क्षेत्र तथा ल्हासा शहर समावेश छन्।

                   यहाँ सुन्दर पहाड तथा पवित्र ताल रहनुका साथै चित्रमा देखिनेजस्तै आदिम वन रहको छ। यहाँ पठारभूमिका मूल्यवान प्राणी तथा बनस्पति रहनुका साथै विशेष शैलीका गुम्बाहरु रहेका छन्। यहाँ आफ्नो विशेषता रहेको रीतिरिवाज रहनुका साथै पुरानो संस्कृति तथा कला रहेको छ। ती विशेष प्राकृतिक तथा मानव दृश्यबाट विश्वको अरु ठाउँको तुलनामा तिब्बतको विभिन्न पर्यटन स्रोत गठन भएको छ।

    तिब्बतको यात्रा
    • विदेशी पर्यटकहरु तिब्बतमा प्रवेश गर्ने पास कसरी प्राप्त गर्ने?
                 चीनको ऐनबमोजिम विदेशी पर्यटकहरु तिब्बतको यात्रा गर्न सम्बन्धित अनुमति-पत्र पाएपछि मात्रै तिब्बतमा प्रवेश गर्न सक्छन्। तिब्बतको यात्रा अवधिमा सीमावर्ती क्षेत्रको भ्रमण गर्न चाहेमा सीमावर्ती क्षेत्रको यात्राका लागि पास पाउँन सक्छन्। विदेशी पर्यटक तिब्बत प्रवेशका लागि अनुमति-पत्रमार्फत् सीमावर्ती क्षेत्रको यात्राका लागि पास प्राप्त गर्न निवेदन दिनुपर्छ। पर्यटन एजेन्सीले निबेदकका लागि पास मिलाउँछ।
    • ल्हासा, शिगाचे, निङचिको यात्रासम्बन्धी खुराक
                 यस लेखमा तपाईंहरुका लागि ल्हासा, शिगाचे, निङचिलगायत् तिब्बतका तीनवटा सबैभन्दा मनोहर पर्यटन स्थल, स्थानीय विशेषतायुक्त खाजा तथा ती स्थानमा सबैभन्दा प्रसिद्ध सडक तथा बजारबारे जानकारी दिइएको छ। यसले तपाईंको तिब्बत-यात्राका लागि सहायता पुर्‍याउनसक्ने आशा हामीले लिएका छौं।
    ल्हासा
                 ल्हासा तिब्बत स्वायत्त प्रदेशको राजधानी हो र तिब्बतको राजनैतिक, आर्थिक तथा सांस्कृतिक केन्द्र पनि हो। यो विश्वमा सबभन्दा विशेषतायुक्त तथा आकर्षक शहरहरुमध्येको एक मानिन्छ। किनकि समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा रहेको यस शहरको एक हजार तीन सय वर्षको इतिहास छ र यस शहरमा धेरै सांस्कृतिक पूरातात्विक सम्पदा तथा प्रगाढ धार्मिक वातावरण पाइन्छ।
    सिगाचे
                    सिगाचेमा पाइने प्राचीन भवनहरुले तिब्बती वास्तु शैलीलाई कायम राख्नुका साथै हान जातिको वास्तुकलाको विशेषता पनि मिसिएको छ। तिब्बतका दोस्रा ठूला धार्मिक नेता—पेन्चेन बसोबास गर्ने तशील्हुन्पो गुम्बा सिगाचेको चिन्ह हो। पहाडको नजिकै निर्माण गरिएको यो गुम्बा विशाल देखिन्छ र ल्हासामा पर्ने पोताला दरबारसँग तुलना गर्न सकिन्छ।
    न्यीङची
                  तिब्बती भाषामा न्यीङची भनेको सूर्यको गद्दी हो। न्यीङचीमा फैलिएको वनजङ्गल जस्ताको तस्तै राम्रोसँग राखिएको छ। अग्ला-अग्ला रुखहरु, वनस्पतिको जीवन्त जीवाश्म "रुखको उनिउँ" सयौं किसिमका लालीगुराँस एवम् धेरै किसिमका वनस्पति भएकोले न्यीङचीलाई "प्राकृतिक संग्रहालय" तथा "प्राकृतिक हरित भण्डार"पनि भनिन्छ।
    सुमधुर आवाज
    · हिमालयबाट निस्कने कार्य
    · मा नीको गीत
    · वसन्त ऋतुमा रहेको ल्हासा
    चाडपर्व
                तिब्बत, चीनमा चाडपर्व सबैभन्दा बढी हुने क्षेत्रहरुमध्येको एक हो। सम्बन्धित तथ्याङ्कअनुसार, हरेक वर्ष तिब्बतका चाडपर्वको संख्या एक सयभन्दा बढी छ। अझ विशेष गरी विभिन्न क्षेत्रमा प्रत्येक महिनामा चाडपर्वहरु पनि हुन्छन्। केही चाडपर्व लगातार दश दिनभन्दा पनि लामो समयसम्म मनाइन्छ। हरेक वर्ष, तिब्बती पात्रोअनुसार पहिलो चाड अर्थात् तिब्बती जातिको नववर्ष भएपछि विभिन्न किसिमका धार्मिक, उत्पादित र मनोरञ्जनात्मक चाडपर्वहरु पछिपछि आउने गर्दछन्। तिब्बती जातिको नववर्ष, घ्युमा बत्ती बाल्ने पर्व शटन पर्व यी तीनवटा पर्व तिब्बतमा सबैभन्दा भब्य र रमाइला चाडपर्व हुन्।
    China Radio International.CRI. All Rights Reserved.
    16A Shijingshan Road, Beijing, China. 100040