फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

           हतार-हतार हामी टे्रनमा चढ्यौँ । केहीबेरको यात्रापछि हामी हङकङको रेलवे स्टेशनमा ओर्लेर हङकङ एयरपोर्टतफ लाग्यौँ । त्यहाँबाट कृष्णबहादुर प्रधान र सुलोचना प्रधान बैङ्ककतफ लाग्नभुयो, प्रकाशजी, भूपालजी र म शा.ने.वा.नि. को प्लेनबाट काठमाडौं फर्कनु पर्ने थियो तर त्यहाँ हाम्रो टिकट रिकन्फर्म नभएको भनेर प्रवेश दिएन र मोटो रकम थप गरेमा पठाउने भनेपछि हामी आगामी फ्लाइट (4 दिनपछि) बाट फर्कने निधो गरी त्यतिन्जेल हङकङ बस्ने निर्णय गरेर एउटा गेष्ट हाउसमा गएर बस्यौँ ।हामी हङकङ पुग्नुभन्दा 2/3 महिना अघि हङकङ चीनलाई हस्तान्तरण भइसकेको थियो । अत्यन्तै विकसित हङकङ समुद्रको किनारमा र केही भाग समुद्रबीचमा अवस्थित रहेछ । हामी पनि 3 दिनसम्म हङकङका विभिन्न ठाउँहरु घुम्यौँ । कहिले पानीजहाज चढेर घुम्यौँ भने कहिले सुरुङमार्गबाट समूद्रमुनि हुँदै कोलोनबाट हङकङ गयौँ । अत्यन्तै मनमोहक र विकसित सहर घुमेर नोभेम्बर 4 तारिखका दिन पुन: शा.ने.वा.नि. को फ्लाइटबाट स्थानीय समयअनुसार दिउँसो 2:15 बजे काठमाडौं तफ लाग्यौँ । राति 9 बजे त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थलमा आइपगेर आ-आफ्ना निवासतिर लाग्यौँ । यो भ्रमण अति नै सफल रह्यो । यो भ्रमणको लागि सि.आर.आई. नेपाली विभाग हाम्रा लागि ऋणी छ जसको कारण चीनको विकास निर्माण र सांस्कृतिक पक्षको प्रत्यक्ष अध्ययन, अवलोकन र भ्रमण गर्न पाइयो । चीन र नेपालबीचको सम्बन्ध अमर रहोस् । धन्यवाद । ठेगाना :टीकाराम घिमिरे नेपाल टेलिकम,मोबाइल सेवा निदेंशनालय,पल्चोक, ललितपर, नेपाल ।


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह