फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

          हामीहरु एक आपसमा चिनापरिचय गरिसकेर उपहार आदान(प्रदान गर्ने कार्य गर्न थाल्यौँ । पहिले राष्टि्रय परिषदको तफबाट प्रकाशबाबु पौडेलले निर्देशक, उपनिर्देशक, एशियाली विभाग प्रमुख, विदेश मामिला विभाग प्रमुख तथा नेपाली विभागलाई नेपाली उपहारहरु प्रदान गर्नुभयो । त्यसपछि मैले पनि निर्देशकज्यू र उपनिर्देशकज्यूलाई नेपाली भादगाउँले कालो-टोपी पहिराईदिएँ । निर्देशकज्यूले कृष्णबहादुर प्रधान र सुलोचना प्रधानलाई चीनमा स्वागत गर्न पाएकोमा खुशी व्यक्ति गर्नु भयो किनकी उहाँहरु पुज्य गुरु-गुरुआमा पनि हुनुहुन्थ्यो, नेपाली विभागका कर्मचारीहरुका । अब हामी प्राविधिक पक्षको निरीक्षणतिर लाग्यौँ । स्टुडियो तथा ट्रान्समिसन हलहरु हेरेपछि सि.आर.आई. को प्रदर्शनी स्थलतफ बढ्यौँ । त्यहाँ श्रोताहरुका तफबाट प्राप्त भएका फोटाहरु, पुस्तक-पुस्तिकाहरु, उपहारहरु तथा अन्य महत्वपूर्ण वस्तुहरु सजाइएका रहेछन् । आफूले पठाएका सामाग्रीहरु पनि सजिएका रहेछन् । प्रर्दशनीपछि नेपाली विभागको कार्यालयमा छलफल तथा अन्तरक्रिया चल्यो । त्यसपछि ऋच्क्ष् का निर्देशक तथा उपनिर्देशकज्यूका तफबाट सि.आर.आई. कै हाताभित्र रहेको रेष्टुराँमा आयोजना गर्नुभएको रात्रिभोजमा सामेल भइयो । भोजपछि सि.आर.आई. कार्यालयमा आएर मात्र :ष्लशग ज्यतभितिर लाग्यौँ । होटेल पुग्दा रातिको 8 बजेको थियो । राति 9:45 बजे पुष्प अधिकारी (जो नेपाली विभागमा कार्यरत हुनुहुन्थ्यो) र छाङहो दिदीसँग भेटघाट भयो ।भोलिपल्टलाई हाम्रो यात्राको गन्तव्यको बारेमा जानकारी गराएर उहाँहरु जानुभयो । भोलिपल्ट 30 अक्टोवरको दिन बिहानै 6:15 मा उठेर हातमुख धोइ सकेर 8:05 मा खाजा खायौँ । अनि 8:30 बजे ग्रेटवाल तफको भ्रमणमा अघि बढ्यौँ । मिन्चु होटलबाट केही पश्चिम गएपछि उत्तरतफ मोडिएर ऋऋत्ख् 9ऋजष्लब ऋभलतचब भिखष्कष्यल0 को टावरलाई देब्रेतिर पार्दै चिङछाङ एक्सप्रेस रोड हुँदै हामी पैचिंगको पश्चिमोत्तर दिशातफ लाग्यौँ । पातालिङ भन्ने ठाउँमा ग्रेटवाल चढ्न केबुलकारको सुविधा रहेछ । हामी पनि केबुलकारबाट माथि डाँडामा पुगेर ग्रेटवाल माथि पदार्पण गर्यौँ । ग्रेटवालको बारेमा सानैदेखि सुनेका कुराहरु आज आफ्नै आँखाले देख्न पाएकोमा हामी सबैजना खुशी थियौँ । ईसापूर्व 7 औं शताब्दीमा निर्माण भएको भए तापनि इसापूर्व 221 देखि 210 सम्म छिन वंशका सम्राट छिनसि ह्वावागले बनाउन लगाएको यो विशाल पर्खाल 6000 माइल लामो छ । तर अहिले यो कतिपय ठाउँमा भग्नावशेषको रुपमा मात्र भएकोले पुरा लम्बाई छैन । यहाँबाट फर्केर हामी मिङवंशको तिङलिङ चिहान हेर्न गयौँ । 26.93 मी. लामो 7.12 मी. चौडा 7.4 मी. अग्लो चिहानको अवलोकन गरेपछि हामी 2.30 बजे त्यहाँबाट पनि फर्केर 3 बजे खाजा खाएर 4 बजे होटलमा आएर बस्यौँ ।

         


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह