फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

          बेलुका 8:30 बजे हाम्रो बासस्थान क्ष्अजजगबल क्तबच ज्यतभि पुगियो । दिनभरिको यात्राले मलाई थकित अवस्थामा पनि रामोञ्चित बनाईरह्यो । भोलिपल्ट अक्टोबर 25 को दिन बिहान 6:10 मा उठेर नित्य कर्म सिध्याई खाजा खाएर 7:25 मा केही क्षण घुम्न निस्कियौँ । 15 मिनेटमै होटलमा आयौँ किनकि शिआनको लागि हामी केही बेरमै प्रस्थान गर्नु थियो । 11:45 को फ्लाइट भएको हुनाले हामी हतार हतार 10:15 मा छङदू एयरपोर्ट प्रस्थान गर्यौँ ।निर्धारित समयमा नै छङदूबाट शिआनका लागि हामी प्रस्थान गर्यौँ । करिब 1 घण्टा 15 मिनेटको उडानपछि स्थानीय समयानुसार दिउँसो 1 बजे शिआन अन्तर्राष्टि्रय विमानस्थलमा ओर्लियौँ । त्यहाँ हामीलाई लिन स्थानीय रेडियोका प्रतिनिधि:च। एभलन आउनुभएको रहेछ । एउटा गाडीमा हाम्रा सामानहरु राख्यौँ र अर्कोमा बसेर हामी शिआनतफ लाग्यौँ । यो विमानस्थल शहरभन्दा निकै टाढा रहेछ करिब 50 किलोमटिर जति । सफा र चिल्लो अनि चौडा र सिधा सडकमा प्रतिघण्टा 120 कि.मि. का दरले गाडी अगाडी बढ्दा अत्यन्तै रमाइलो महसुस भयो । मैले केशरी दिदीलाई शिआनको बारेमा आफूले जानेको कुरा राखेँ । मलाईभन्दा तपाईलाइ थाहा रहेछ भनेर हाँस्नुभयो । कृष्णबहादुर प्रधान र सुलोचना प्रधान पनि मसुमुसु हाँस्दै मैले यात्रामा चाख राखेको बारे कुरा गर्नुभयो । यतिकैमा शिआन शहर प्रवेश गर्ने द्धारबाट अगाडि बढ्यौँ । हाम्रो गाडीह्ष्बल झउचभकक ज्यतभिमा गएर रोकियो । हाम्रो अर्को 3 दिनको बसाई यही होटलमा थियो । आधाघण्टापछि हामीलाई बाहिर घुम्न जाने भनेर बोलाइयो । हामीलाई दिदीले के भन्नुभयो भने "यो सुनौलो मौकामा आरामलाई त्यागेर जति सक्दो धेरै ठाउँ घुम्नुपर्छ ।" हामीलाई उहाँको कुरा चित्त बुझ्यो । हामी शान्षि ऐतिहासिक संग्राहालयतिर लाग्यौँ । शान्षि प्रान्त चीनका अन्य प्रान्तभन्दा ऐतिहासिक, राजनीतिक र पुरातात्विक महत्वको रहेछ । यही प्रान्तमा चीनका 13 वटा राजवंशले शासन गरेका थिए । हामीले संग्राहलयमा त्यस्तै ऐतिहासिक र पुरातात्विक प्रासादहरुको अवलोकन गर्यौँ । त्यसपछि हामी बेलुकाको 5:00 बजेतिर एउटा रेष्टुराँमा बेलुकाको खानाको लागि प्रवेश गर्यौँ । हामीले त्यहाँ धेरै परिकार ऋजष्लभकभ म्ष्कजभक हरुको स्वाद लियौँ । धेरै प्रकारका म:म:, तथा नुडल्सहरुको स्वाद पनि हामीले त्यही साँझको खानामा लियौँ । साँझ 7:15 बजेपछि हामी ह्ष्बल झउचभकक ज्यतभ फिर्कियौँ । हामीलाई होटलमा पुर्याएर मिस्टर फेंग पनि आफ्नो निवासतिर लाग्नुभयो । भोलिपल्ट हामी शिआनमा रहेको एउटा प्रसिद्ध फामन मन्दिरकोलागि बिहान 8:30 बजे निस्कियौँ ।

        


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह