फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

          बाहिरका कुनै पनि दृश्यहरु हाम्रो आँखामा परेनन् । दिनभरि घुमेर थाकेको हुनाले निद्रा पर्ला जस्तो भयो । कृष्ण सर, सुलोचना म्याडम, भूपालजी र म एउटा रुममा थियौँ भने प्रकाशजी र केशरी दिदी अर्कै रुममा हुनुहुन्थ्यो । केही क्षणमै निधाइएछ पत्तै भएन, एकैचोटि बिहान उज्यालो भएपछि मात्र व्युझीएँ । शिआनबाट अघिबढेपछि हनान प्रान्तको श्यामनस्या, हनानकै राजधानी च्यानचौ र हुपै प्रान्तको शच्याच्वाङ भन्ने ठाउँमा हाम्रो टे्रन प्रवेश गरिसकेको थियो । टे्रनको वरण्डाबाट खेतका ठूलठूला फाँट, आधुनिक कृषिप्रणाली र शहरको दृश्य हेर्दै रेष्टुरेन्टतिर गएर बिहान 9:00 बजे खाजा खायौँ । निकै लामो रहेछ हामी चढेको टे्रन । रेष्टुरेण्ट पुग्न निकैर बेर हिँड्नु परेको थियो । अब हामी पैचिंग केही घण्टामै पुग्दैछौं भन्ने कुरा केशरी दिदीले बताउनुभयो । त्यसको 2 घण्टापछि 11 बजे हामी पैचिङ्ग पुग्यौँ । रेलस्टेशनमा हाम्रो प्रतीक्षमा सि.आर.आई. नेपाली विभागकी प्रमुख छाङहो र विदेश मामिला विभागकी प्रतिनिधि स्वागतको लागि तयार हुनुहुँदो रहेछ ।हामी टे्रनबाट ओर्लनासाथ हामीलाई देखेर उहाँहरु खुशी हुँदै हामीतफ आउनुभयो । हामी सबैजनासँग छाङहो दिदी र विदेश मामिला विभगकी प्रतिनिधिले स्वागत भेट गर्नुभयो । त्यसपछि गाडीमा हाम्रा सामान राखेर हामीलाई पैचिंगको मिन्चु होटेलमा पुर्याइयो । विदेशी पाहुनाहरुलाई अक्सर यो होटलमा राखिंदो रहेछ । 11:50 बजे होटलमा पुगेर आ-आफ्ना कोठामा ब्यागहरु राखेर केहीबेर आराम गरेपछि 1 बजे खाना खायौं र 2 बजे फरबिडन सिटी यचदष्ममभल ऋष्तथ0 घुम्न गयौँ । यसलाई दरबार सङ्ग्राहलयको नामले पनि चिनिन्छ । पैचिङ्गको बीच भागमा रहेको यो फरबिडन सिटी सन् 1406 देखि 1420 मा बनेको थियो मिङवंश र छिङवंशका 24 शासकहरुल यहीँ बसेर शासन गरेका थिए ।  72 हेक्टर क्षेत्रफलमा रहेको दरबारका 9000 (नौ हजार) वटा कोठा तथा हलहरु रहेछन् । एकदमै सफा, सुन्दर दरबारहरु हेर्दै अगाडि बढ्दा पैचिंगको प्रसिद्ध थ्येनआनमन स्क्वाएर (चोक) रहेको माओत्से तुङ स्मृति भवनमा आइपुगियो । त्यहाँबाट अगाडि हेर्दा अत्यन्तै मनोहर र विशाल टुँडिखेल (थोनआनमन चोक) मा मानिसहरु रमाइरहेका, चंगा उडाइरहेका र आफ्नै सुरमा यत्रतत्र डुलिरहेका देखिन्थे । स्मृति भवनकै अगाडि पूर्व(पश्चिम फैलिएको फुसिङमेन्नेई सडकमा तीब्र गतिमा धेरै गाडीहरु गुडिरहेका देखिन्थे । लामा(लामा र फोल्डिङ्ग भएका बसहरु पनि प्रशस्तै देखिँदारहेछन् । सन् 1976 मा निधन हुनुभएका अध्यक्ष माओको सव राखिएको सो स्मृति भवन त्यो दिन बन्द रहेकोले उहाँको सव हेर्ने सौभाग्य भने हामीले पाउन सकेनौँ । थ्येनआनमन स्क्वाएरको अगाडि सहिद स्मारक, पूर्वपट्टि चिनियाँ क्रान्ति सङ्ग्राहलय र पश्चिमपट्टि ग्रेट हल अफ द पिपुल्स रहेका थिए । यो ठाउँमा केहीबेर हामी पुन: डुल्यौँ । त्यसपछि हामी मितेरी अस्पताल गयौँ, जहाँ कृष्णसर र सुलोचना प्रधानका छोराको जन्म भएको थियो पहिले । अस्पतालबाट फर्केर 5:30 बजे डिनरमा लाग्यौँ मिन्चु होटल फर्केपछि । राति 9 बजे ऋच्क्ष् का 2 जना पत्रकार छाङहो र सुहाउ हाम्रो अन्तरवार्ता लिन आउनुभयो । पछि सो अन्तरवार्ता रेडियोबाट सुनाउनुभएको थियो ।भोलिपल्ट हामी समर प्यालेस घुम्न जानुपर्ने कुरा छाङहो दिदीले भन्नुभयो । अक्टोबर 29 तारिक बिहान 8:00 बजेसमर प्यालेस क्ग भच एबबिअभ0 को लागि हामी प्रस्थान गर्यौँ । 8:30 देखि समर प्यालेसको भ्रमण सुरु भयो । हामीलाई त्यहाँ असाध्यै जाडो भयो । नेपालमा त्यति जाडो भइसकेको थिएन, सायद पैचिङ्ग 400 उत्तरी आक्षशमा रहेको हुनाले होला । सरम प्यालेस पैचिङ्गको 20 कि.मी उत्तर पश्चिममा पर्ने 800 वर्षभन्दा बढीको इतिहास बोकेको रमणीय पार्क रहेछ जहाँ छिङवंशका राजपरिवारले गृष्म ऋतुमा यहीँ बसेर शासन गर्ने, जन्मदिन मनाउने र रमाइलो गर्ने गर्दा रहेछन् । 5 तले अग्लो मन्दिर र त्यसको अगाडि नेपालको फेवा तालभन्दा ठूलो ताल चाहिँ यसका मुख्य आकर्षण रहेछन् । त्यहाँबाट फर्केर 12:45 मा खाना खायौँ । 2 बजे हामी केही सामानहरु किन्न बजार गयौँ । 2:30 मा हामी यात्राको केन्द्रबिन्दुका रुपमा रहेको सि.आर.आई. को कार्यालयमा पुग्यौँ । त्यहाँ सि.आर.आई. का निर्देशक चाङ चन ह्वा लगायत अन्य उच्च पदस्थ पदाधिकारीहरु तथा नेपाली विभागका प्राय: सबै कर्मचारीहरु हाम्रो स्वागतका लागि तयार हुनुहुन्थ्यो ।

         


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह