फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

        दुई घण्टाभन्दा बढी समय भइसकेको थियो हामी ल्हासा र छङदु बीचको आकाशमा विचरण गरेको । अबचाहिँ डाँडाकाँडा सकिँदै गएर मैदानी भू-भाग र त्यसमाथि चिटिक्क परेका बस्तीहरु देखिदै गए । हवाइजहाज बिस्तारै तल झर्न थाल्यो । अब केहीबेरमै विमान छङदू एयरपोर्टमा पुगेर अवतरण गर्ने सूचना विमान परिचारिकाको स्वरमा सुनियो । अब भने हामी कुहिरोले ढाकेको छङ्दु सहरको थोरै उचाइमा पुगिसकेको थियौँ । सहरको दृश्य मेरा आँखामा आएर ठोकिंदा लाग्थ्यो शहरीकरणको आदर्श नमूना यहीछङ्दू शहर हेरे पुग्छ ।नेपाली समयानुसार दिनको 2:00 बजे हामी छङ्दू विमानस्थलमा ओर्लियौं । केहीबेरको प्रतीक्षपछि हाम्रा लगेजहरु प्राप्त भए । ट्रलीमा लगेजहरु राखेर बाहिर निस्कियौँ । कोही आउने कुरा थियो तर को आउने भन्ने थाहा थिएन । एकैछिनपछि अलिपर हाम्रै साथी प्रकाशबाबु पौडेल र पछिपछि दुईजना चिनियाँ महिला सोझै हामीतिर लम्किरहनु भएको थियो । प्रकाशबाबु पौडेल करिब 1 महिना अघि नै भित्री मंगोलिया प्रान्तमा आयोजित एक कार्यक्रमका लागि चीन जानु भएको थियो र त्यसपछि पैचिङ्ग हुँदै छङदू आउनुभएको थियो । अबभने हाम्रो भ्रमण दलमा उहाँ पनि सामेल हुनुभयो र हामीलाई गाइड गर्न दोभाषको रुपमा ऋच्क्ष् को कर्मचारी केशरी मैँया (चु छङ चन) र फाङ (उहाँकी अर्को सहयोगी, जो स्थानीय प्रान्तीय रेडियोकी प्रतिनिधि हुन्) पनि हाम्रो छङदूको तीनदिने यात्राभरी साथ दिन सहभागी हुन भएको थियो । उहाँहरुले दुइटा गाडी लिएर आउनुभएको रहेछ । हाम्रा सामानहरु एउटैमा राख्यौँ र अर्को गाडीमा हामी 4 जना र प्रकाशजी लगायत 3 जना गरी 7 जना बस्यौँ र होटलतिर लाग्यौँ । 15/20 मिनेटको यात्रापछि हामी क्ष्अजजगबल क्तबच ज्यतभिमा 2:30 बजे पुग्यौँ अनि ब्यागेजहरुसाथ आ-आफ्ना कोठाहरुमा लाग्यौँ । हातमुख धोएर केही समय आराम गरियो । करिब 4 बजेतिर बेलुकाको खाना खायौँ । नेपाली समयभन्दा चीनको समय 2 घण्टा 15 मिनेट छिटो भएको हुनाले त्यतिखेर झमक्कै साँझ परिसकेको थियो । खाना खाइसकेर स्थानीय समय अनुसार 7:15 बजे हामी छङदूको साँझको दृश्य हेर्न निस्कियौँ । यो शहर हेर्दाखेरि चीनले कति विकास गरी सकेछ भन्ने कुराको प्रमाण आफ्नै आँखाले देख्न पाइयो । कृष्णबहादुर प्रधान तथा सुलोचना प्रधानले पनि पहिले आफू बसेको बेलाको चीन र अहिलेको चीनबीच धेरै भिन्नता आइसकेछ भनेर आश्चर्य प्रकट गर्नुभयो । अझ चिनियाँ जीवनशैलीमा आधुनिकताको प्रभाव निकै राम्ररी परिसकेको देख्न सकिन्थ्यो । हामी पार्कमा आकासे पुलमा र सुपरमार्केटहरुमा गएर मनोरञ्जन लिने फोटाखिच्ने र केही सामान किन्ने काम गरीसकेर फर्कियौँ । सडकमा गाडी र साइकलका ताँती देखेर हामी रोमाञ्चित भयौँ ।

     


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह